प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अक्टोबर pp. ५-६
  • क्षेत्र सेवा समूहबाट कसरी लाभ उठाउन सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवा समूहबाट कसरी लाभ उठाउन सकिन्छ?
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
  • क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
    हाम्रो राज्य सेवा—२०१५
  • सामूहिक साक्षीकार्यले आनन्द ल्याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • खण्ड ३: क्षेत्र सेवकाइको निम्ति एउटा केन्द्र
    हाम्रो राज्य सेवकाई—१९९१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 अक्टोबर pp. ५-६

क्षेत्र सेवा समूहबाट कसरी लाभ उठाउन सकिन्छ?

१. मण्डली पुस्तक अध्ययनका के-कस्ता लाभहरू अहिले पनि क्षेत्र सेवा समूहमार्फत पाउन सकिन्छ?

१ के तपाईं मण्डली पुस्तक अध्ययनका रमाइला कुराहरू अहिले पनि सम्झनुहुन्छ? समूहमा थोरै भाइबहिनी भएकोले एकअर्कासित कुराकानी गर्न सजिलो हुन्थ्यो। भाइबहिनीसित अझै घनिष्ठ हुन सकिन्थ्यो र यसले हामीलाई आफ्नो विश्‍वास बलियो बनाइराख्न मदत गऱ्‍यो। (हितो. १८:२४) पुस्तक अध्ययन निरीक्षकलाई प्रत्येक भाइबहिनीको अवस्थाबारे थाह हुन्थ्यो अनि तिनले त्यसैअनुसार व्यक्‍तिगत रूपमा प्रोत्साहन दिन सक्थे। (हितो. २७:२३; १ पत्रु. ५:२, ३) यस्ता लाभहरू हामी अहिले पनि क्षेत्र सेवा समूहमार्फत पाउन सक्छौं।

२. समूहका भाइबहिनीसित घनिष्ठ हुन हामी कसरी अग्रसर हुन सक्छौं?

२ अग्रसर हुनुहोस्‌: साधारणतया क्षेत्र सेवा समूह पनि मण्डली पुस्तक अध्ययन समूहजस्तै सानो हुन्छ। प्रचारकार्यमा “एकजुट भई” लाग्दा एकअर्कासितको मित्रता बलियो हुन्छ। (फिलि. १:२७) तपाईं समूहका को-कोसित प्रचारमा जानुभयो? के तपाईं यस सम्बन्धमा “ठूलो मन”-को हुन सक्नुहुन्छ? (२ कोरि. ६:१३) अथवा कहिलेकाहीं आफ्नो समूहको कसैलाई साँझको पारिवारिक उपासनामा वा खाना खान बोलाउन सक्नुहुन्छ कि? कुनै-कुनै मण्डलीमा क्षेत्र सेवा समूहहरूले अतिथि वक्‍तालाई पालैपालो खाना खान बोलाउँछन्‌। अतिथि वक्‍ता खानाको लागि बस्न नसक्ने भए तापनि समूहका भाइबहिनीहरू भने सँगै खाना खाँदै प्रोत्साहनदायी कुराकानी गर्छन्‌।

३. क्षेत्र सेवा समूहमा गोठालोले गर्ने हेरचाह पाउने के-कस्ता मौका हामीसित छन्‌?

३ अहिले हामी हप्ताको दुई चोटि मात्र सभामा भेला हुन्छौं तर यसको अर्थ समूह निरीक्षकले गोठालोको रूपमा भाइबहिनीलाई कम हेरविचार गरे पनि हुन्छ भन्‍ने होइन। समूह निरीक्षक भाइबहिनीलाई व्यक्‍तिगत तवरमा प्रोत्साहन दिन र क्षेत्र सेवाको लागि तालिम दिन खटाइएका हुन्‌। यदि समूह निरीक्षकले तपाईंसित क्षेत्र सेवामा सँगै जाने प्रबन्ध मिलाएका छैनन्‌ भने तपाईंले नै सँगै जाने प्रस्ताव राखे कसो होला? साथै सेवा निरीक्षक पनि प्रत्येक महिनाको एउटा सप्ताहन्तमा एउटा समूहसित क्षेत्र सेवामा भाग लिन्छन्‌। थोरै क्षेत्र सेवा समूह भएका साना मण्डलीहरूमा भने सेवा निरीक्षकले प्रत्येक समूहसित वर्षको दुई पटक क्षेत्र सेवामा भाग लिने प्रबन्ध मिलाउन सक्छन्‌। तपाईंको समूहमा सेवा निरीक्षक आउँदै छन्‌ भने क्षेत्र सेवामा भाग लिन के तपाईं आफ्नो कामकुरा छाँटकाँट गर्नुहुन्छ?

४. (क) क्षेत्र सेवाको सभा कसरी व्यवस्थित गरिन्छ? (ख) क्षेत्र सेवाको सभाको लागि आफ्नो घर प्रयोग गर्न दिनु किन राम्रो हो?

४ सप्ताहन्तमा प्रचारकार्यको लागि प्रत्येक समूह फरक-फरक ठाउँमा भेला हुँदा थुप्रै लाभ उठाउन सकिन्छ। यसरी लगभग एउटै समयमा समूहअनुसार प्रचारको लागि भेला हुँदा प्रकाशकहरूलाई क्षेत्र सेवाको सभा हुने ठाउँसम्म पुग्न र सायद प्रचार गर्ने इलाकासम्म पुग्न सजिलो हुन्छ। तुरुन्तै प्रकाशकहरूलाई मिलाउन सकिन्छ र ढिलासुस्ती नगरी इलाकामा जान सजिलो हुन्छ। साथै समूह निरीक्षकलाई आफ्नो समूहका भाइबहिनीलाई ध्यान दिन पनि सजिलो हुन्छ। तथापि अवस्थाअनुसार दुई वा सोभन्दा धेरै समूह एकै ठाउँमा भेला हुन पनि सक्छन्‌। महिनाको पहिलो शनिबार अथवा प्रहरीधरहरा अध्ययनपछि सम्पूर्ण मण्डली प्रचारको लागि सँगै भेला हुँदा भाइबहिनी आफ्नो समूहअनुसार बस्नु अक्सर राम्रो हुन्छ। साथै क्षेत्र सेवाको सभाको समापन प्रार्थना गर्नुअघि समूह निरीक्षकलाई आ-आफ्नो समूहका भाइबहिनीलाई मिलाउन समय दिनुहोस्‌।—“तपाईं आफ्नो घर प्रयोग गर्न दिन सक्नुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।

५. अहिले मण्डली पुस्तक अध्ययन नभए तापनि हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौं?

५ हुन त अहिले मण्डली पुस्तक अध्ययन छैन तैपनि यहोवाले हामीलाई उहाँको इच्छा गर्न चाहिने सबै कुरा दिइरहनुहुनेछ। (हिब्रू १३:२०, २१) यहोवाको सुरक्षा पाएकोले हामीलाई कुनै कुराको अभाव हुनेछैन। (भज. २३:१) क्षेत्र सेवाको समूहद्वारा हामी थुप्रै आशिष्‌ पाउन सक्छौं। अग्रसर भयौं अनि ‘उदारतासाथ छऱ्‍यौं’ भने हामीले “प्रशस्तै कटनी” गर्नेछौं।—२ कोरि. ९:६.

[पृष्ठ ६-मा भएको चित्र]

तपाईं आफ्नो घर प्रयोग गर्न दिन सक्नुहुन्छ?

क्षेत्र सेवाको लागि भेला हुन चाहिनेजति घर उपलब्ध नभएकोले कुनै-कुनै मण्डलीका क्षेत्र सेवा समूहहरू सप्ताहन्तमा एक ठाउँमा भेला हुन्छन्‌। क्षेत्र सेवाको सभा मण्डलीको एउटा प्रबन्ध भएकोले सभाको लागि आफ्नो घर प्रयोग गर्न दिनु साँच्चै ठूलो सुअवसर हो। के तपाईं आफ्नो घर प्रयोग गर्न दिन सक्नुहुन्छ? आफ्नो घर भव्य छैन भन्दैमा पछि नहट्‌नुहोस्‌। एल्डरहरूले तपाईंको घर भेला हुनको लागि कत्तिको पायक पर्छ, सो विचार गर्नेछन्‌। साथै पहिले मण्डली पुस्तक अध्ययनको लागि घर छनौट गर्दा जे-जस्ता कुराहरूमा ध्यान दिइन्थ्यो, ती पनि हेर्नेछन्‌। तपाईं आफ्नो घर प्रयोग गर्न दिन चाहनुहुन्छ भने आफ्नो समूह निरीक्षकलाई जानकारी दिनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने