प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 फेब्रुअरी p. १
  • स्मरणार्थ उत्सवको अघि र पछि—थप गतिविधिको अवसर!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थ उत्सवको अघि र पछि—थप गतिविधिको अवसर!
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
  • ‘सुसमाचारको साक्षी दिनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००८
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • स्मरणार्थको समयलाई अझै रमाइलो बनाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 फेब्रुअरी p. १

स्मरणार्थ उत्सवको अघि र पछि​—⁠थप गतिविधिको अवसर!

१. मार्च, अप्रिल र मे महिनामा आफ्नो राज्य गतिविधि बढाउन विचार गर्नुपर्ने कस्ता कारण हामीसित छन्‌?

१ आउँदो स्मरणार्थ उत्सवको अघि र पछि के तपाईं प्रचारकार्यमा अझ धेरै भाग लिन सक्नुहुन्छ? त्यो समयमा थुप्रै ठाउँमा मौसम राम्रो हुनुका साथै दिन पनि लामो हुन्छ। केही प्रकाशकहरूले काम वा स्कूलबाट छुट्टी हुने भएकोले त्यो समय क्षेत्र सेवामा प्रयोग गर्न सक्नेछन्‌। अप्रिल १७ मा हुने स्मरणार्थ उत्सवमा उपस्थित हुन चासो दिने व्यक्‍तिहरूलाई निम्तो बाँड्‌ने काममा हामी अप्रिल २ तारिखदेखि विशेष अभियानमा भाग लिनेछौं। त्यसपछि उपस्थित भएकाहरूको चासो बढाउन र अप्रिल २५ मा दिइने विशेष भाषणको निम्तो दिन हामी प्रयास गर्नेछौं। पक्कै पनि मार्च, अप्रिल र मे महिनामा आफ्नो राज्य गतिविधि बढाउन विचार गर्नुपर्ने थुप्रै कारण छन्‌।

२. प्रचारकार्यमा अझ धेरै भाग लिने एउटा सर्वोत्तम तरिका के हो?

२ सहायक अग्रगामी सेवा: प्रचारकार्यमा अझ धेरै भाग लिने एउटा सर्वोत्तम तरिका सहायक अग्रगामी गर्नु हो। हामी सबै नै व्यस्त छौं। त्यसकारण साधारणतया यसका लागि पूर्व-तयारीका साथै आफ्नो तालिकामा छाँटकाँट गर्नुपर्ने हुन्छ। (हितो. २१:⁠५) सायद तपाईं आफ्नो दैनिक कामकाजबाट कम महत्त्वपूर्ण कुराहरू पछि सार्न सक्नुहुन्छ होला। (फिलि. १:​९-११) मण्डलीका अरूले पनि सहायक अग्रगामी गर्न सक्छन्‌ कि भनेर थाह लगाउन सहायक अग्रगामी गर्ने आफ्नो इच्छा बताउनुभए कसो होला?

३. परिवारहरूले अझ धेरै कसरी गर्न सक्छन्‌?

३ आगामी साँझको पारिवारिक उपासनाको दौडान परिवारको रूपमा के-कस्तो लक्ष्य राख्न सकिन्छ, छलफल गर्नु राम्रो हो। (हितो. १५:२२) यसरी परिवारका सबै एकसाथ मिलेर काम गर्दा परिवारका एक वा त्योभन्दा धेरै सदस्यले केही महिना सहायक अग्रगामी गर्न सक्नेछन्‌। तपाईंलाई यसो गर्न सकिंदैन जस्तो लाग्छ भने नि? सायद कुनै-कुनै साँझ प्रचारकार्यमा भाग लिएर वा सप्ताहन्तमा अझ धेरै समय बिताएर परिवारले आफ्नो गतिविधि बढाउन सक्छन्‌।

४. आउँदो स्मरणार्थ उत्सवको अघि र पछि प्रचारकार्यमा अझ धेरै भाग लिएर तपाईं कस्ता आशिष्‌ प्राप्त गर्न सक्नुहुन्छ?

४ यहोवाको सेवामा हामीले गरेका सम्पूर्ण कार्यहरू उहाँले याद गर्नुहुन्छ र हाम्रा त्यागहरूको उहाँ कदर गर्नुहुन्छ। (हिब्रू ६:१०) यहोवा र अरूलाई दिंदा आनन्द प्राप्त हुन्छ। (१ इति. २९:९; प्रेषि. २०:३५) के तपाईं आउँदो स्मरणार्थ उत्सवको अघि र पछि आफ्नो गतिविधि बढाएर अझ धेरै आनन्द र आशिष्‌ प्राप्त गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने