प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 फेब्रुअरी p. ३
  • छरछिमेकमा ज्योति वाहकहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छरछिमेकमा ज्योति वाहकहरू
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • “ज्योति वाहकहरू” जिल्ला सम्मेलनहरूमा थुप्रा आशिषहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “ज्योति वाहकहरूका” १९९२-को जिल्ला सम्मेलन
    हाम्रो राज्य सेवकाई—१९९२
  • ज्योति वाहकहरूको हैसियतमा हाम्रो महान्‌ नमुनालाई पछ्याउने
    हाम्रो राज्य सेवकाई—१९९५
  • शान्ति र सुरक्षा ल्याउने परमेश्‍वरको उपायको प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 फेब्रुअरी p. ३

छरछिमेकमा ज्योति वाहकहरू

१ हाम्रा छिमेकीहरूका लागि ज्योति वाहकहरू हुनुपर्ने आवश्‍यकतालाई हालसालैको जिल्ला सम्मेलन धाएपछि हामीले अझ बढी महसुस गरेका छौं। (मत्ती ५:१५) सम्मेलनका कार्यक्रमहरूमा प्रस्तुत गरिएका जानकारीहरूलाई जसै हामी विचार गर्छाँ र आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रयत्न गर्छाँ, साँचो उपासनामा हामी यहोवाको अझ नजिक पुग्छौं र यहोवाको प्रतिज्ञाहरू बारे जान्‍न अरूहरूलाई मदत गर्नसक्छौं।

२ शुक्रवारका दिन, बिहानको सभाको अन्ततिर वील दिस वर्ल्ड सरभाइभ? (Will This World Survive?) शीर्षक भएको एउटा पर्चाको विमोचन गरिएको थियो। यस पर्चाले गर्दा ज्योति वाहक हुने हामीले पाएको सुअवसरमा अझ वृद्धि हुनगयो। यस पर्चालाई कसरी चलाउन सकिन्छ भन्‍ने कुरालाई देखाउन शनिवार बिहान देखाइएको प्रदर्शनीहरू अति मदतकारी थियो। यस पर्चाका साथ-साथै अन्य तीनवटा पर्चाहरू पनि चाँडै नै उपलब्ध हुनेछ भनेर त्यतिबेला घोषणा गरिएको थियो। ती पर्चाहरूको शीर्षक कमफर्ट फोर द डिप्रेस्ड (Comfort for the Depressed), इन्ज्वाइ फ्यामिली लाइफ (Enjoy Family Life) र हू रियली रूल्स द वर्ल्ड? (Who Really Rules the World?) हुन्‌। मौका पाउने बित्तिकै यसको प्रयोग गर्न यी सुविधाजनक साधनहरू सधैं आफूसँग राख्नुहोस्‌ भनेर प्रोत्साहन पनि दिइएको थियो। यी चारैवटा पर्चाहरू अहिले अङ्‌ग्रेजी भाषामा उपलब्ध भएको र मण्डलीहरूले हामीहरूसँग मगाउन सक्छन्‌ भनेर हाम्रो राज्य सेवकाई-को यस अङ्‌कको ‘घोषणाहरू’ स्तम्भमा देख्न पाउँदा तपाईंलाई खुशी लाग्ने छ। चाँडै नै यी पर्चाहरूलाई अरू भाषाहरूमा पनि उपलब्ध गराउन हामीहरू सक्षम हुनेछौं भनेर हामी आशा गर्दछौं।

३ शनिवार दिउँसो “येशू ख्रीष्टको प्रकाशमा मुक्‍ति” नामक भाषणको अन्ततिर डज गड रियली केयर अबाउट अस? (Does God Really Care About Us?) शीर्षक भएको एउटा सुन्दर नयाँ पुस्तिकाको विमोचन गरिएको थियो। परमेश्‍वरले दुःख-कष्ट हुने अनुमति किन दिनुहुन्छ? के दुःख-कष्टको कहिल्यै अन्त हुनेछ? आखिरी दिनमा छौं भनेर हामी कसरी भन्‍न सक्छौं? पृथ्वीलाई प्रमोदवनमा कसरी परिवर्तन गरिने छ? परमेश्‍वरको नयाँ संसारमा हामीले कसरी अनन्त जीवन प्राप्त गर्न सक्छौं? जस्ता प्रायः मानिसहरूले सोध्ने थुप्रै प्रश्‍नहरूको उत्तर सुन्दर चित्रहरूले भरिएको यस रङ्‌गीन पुस्तिकाले दिने छ। नयाँ अध्ययनहरूको थालनी गर्न यो पुस्तिका एउटा उत्तम साधन हुनेछ। वितरणका लागि अहिले यो पुस्तिका पनि अङ्‌ग्रेजी भाषामा उपलब्ध छ र समयमा अन्य भाषाहरूमा पनि यो पुस्तिका प्राप्त गर्ने हामी आशा गर्छाँ।

४ “ज्योति वाहकहरू” जिल्ला सम्मेलनमा हामीले पाएका प्रशस्त आध्यात्मिक आहारका लागि हामी कत्ति आभारी छौं! आफूले सिकेका कुराहरूलाई होसियारीका साथ प्रयोगमा ल्याएर र यहोवालाई चिन्‍न र सेवा गर्न सबै ठाउँका मानिसहरूलाई मदत दिन यी नयाँ प्रकाशनहरूलाई सद्‌विवेककासाथ चलाएर, परमेश्‍वरको आध्यात्मिक ज्योतिको वाहकहरूको रूपमा हामी आफ्नो हार्दिक मूल्याङ्‌कन प्रदर्शन गर्नमा लागिरहौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने