प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 नोभेम्बर p. ४
  • तिनीहरूलाई “फेरि” सुन्‍न मदत दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूलाई “फेरि” सुन्‍न मदत दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • चासो भेटाउनु भएको ठाउँमा फेरि जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • बाइबल—संकष्टमय संसारमा सान्त्वना र आशाको स्रोत
    हाम्रो राज्य सेवकाई—१९९४
  • बाइबल—परमेश्‍वरले सबैका लागि दिनुभएको निर्देशन पुस्तक
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 नोभेम्बर p. ४

तिनीहरूलाई “फेरि” सुन्‍न मदत दिनुहोस्‌

१ “हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्‍नेछौं।” (प्रे. १७:३२) पावलले अरैयापागसमा दिएको प्रसिद्ध भाषण सुनेपछि केहीले यसरी आफ्नो प्रतिक्रिया व्यक्‍त गरे। त्यसैगरी आज पनि प्रथम भेटमा हामीले बाँडेको राज्य समाचारबारे केही मानिसहरू अझै धेरै सुन्‍न इच्छुक हुन्छन्‌।

२ चासो बढाउन फर्कंदा हामी अझ धेरै कुराहरू सिकाउँछौं। राम्रो तयारीले सकारात्मक परिणामहरू हासिल गर्न हामीलाई मदत गर्नेछ। स्कूल गाइडबूक को पृष्ठ ५१ ले यसरी सल्लाह दिन्छ: “सर्वप्रथम विषयवस्तुलाई टेवा दिने तर्कहरू स्पष्टसित बुझ्नुहोस्‌। प्रस्तुत तर्कहरूको कारण बुझ्ने यत्न गर्नुहोस्‌। ती विचारहरूलाई आफ्नै शब्दहरूमा ढाल्न सक्नुहुन्छ कि जाँच्नुहोस्‌। शास्त्रीय प्रमाणहरूलाई राम्ररी बुझ्नुहोस्‌। शास्त्रपदहरूलाई प्रभावकारी ढङ्‌गमा प्रयोग गर्न तयार हुनुहोस्‌।”

३ तपाईंले “द बाइबल—गड्‌स वर्ड अर म्यान्स?” पुस्तक प्रस्तुत गर्नु भएको थियो भने, यसो भन्‍न सक्नुहुन्छ:

▪“अगिल्लो भेटमा हामीले बाइबलमा किन भरोसा राख्न सक्छौं भनी छलफल गरेका थियौं। मैले तपाईंसित छोडेको पुस्तकले ‘बाइबल किन पढ्‌ने?’ भन्‍ने प्रश्‍न उठाउँछ। [पृष्ठ ५ को परिचय पढ्‌नुहोस्‌ र अन्तिम प्रश्‍नको जवाफ दिने मौका दिनुहोस्‌।] मानवजातिलाई रुमल्याउने सम्पूर्ण समस्याहरूको समाधान परमेश्‍वर आफैले छिट्टै गर्नुहुनेछ भनी बाइबलले बताउँछ र त्यस्तो आनन्दित समयमा पाइने आशिष्‌हरूको फाइदा उठाउन चाल्नु पर्ने मार्गतर्फ यसले डोऱ्‍याउँछ। [भजनसंग्रह ११९:१०५ पढ्‌नुहोस्‌।] यो पुस्तक व्यक्‍तिगत तथा पारिवारिक अध्ययन सहायकको रूपमा तयार पारिएको हो। यसलाई प्रयोग गर्ने तरिका तपाईंलाई देखाउन पाए म खुशी हुनेथिएँ।”

४ “तपाईं किन बाइबलमा विश्‍वास गर्न सकनु हुन्छ” पर्चा छोड्‌नु भएको ठाउँहरूमा यसो भन्‍न सक्नुहुन्छ:

▪“हाम्रो भविष्य कस्तो होला भनी थाहा पाउन हामी सबै रुचाउँछौं। विद्यमान संसारिक अवस्थाहरूलाई हेर्दा हाम्रो भविष्य कस्तो होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] के हुनेछ भनी मानिसहरूले अड्‌कल्न मात्र सक्छन्‌ तर पक्कै के हुनेछ त्यो परमेश्‍वर जान्‍नुहुन्छ। [यशैया ४६:१० पढ्‌नुहोस्‌।] प्रमोदवनरूपी नयाँ संसारका आशिष्‌हरूको आनन्द हामीले चाँडै उठाउनेछौं भनी बाइबलले भविष्यवाणी गर्छ भनी थाहा पाउँदा शायद तपाईं छक्क पर्नु होला। [पृष्ठ ४ को तेस्रो अनुच्छेद पढ्‌नुहोस्‌।] यस अद्‌भुत प्रतिज्ञाबारे म तपाईंलाई थप कुरा बताउन चाहन्छु।”

५ पुस्तक वा “हाम्रा समस्याहरू” जस्तो पुस्तिका प्रस्तुत गर्नुभएको ठाउँहरूमा पुनःभेट गर्न लाग्नुभएको छ भने, शायद यो सुझाव प्रभावकारी साबित होला:

▪“हालै मैले बाइबलमा आधारित प्रकाशन छाडेको थिएँ र त्यसबाट पूर्ण रूपले फाइदा उठाउने मदत दिन फेरि आउने वचन पनि दिएको थिएँ। अरूसित मित्रैलो सम्बन्ध कायम राख्नु हाम्रा अधिकांश समस्याहरूको समाधान हो। यो कसरी गर्न सकिन्छ, त्यसबारे बाइबलमा राम्रो सुझाव पाइन्छ र न्यु वर्ल्ड ट्रान्सलेशन ले हामीलाई चाहिएको कुरा भेट्टाउन सजिलो पार्छ। [पृष्ठ १५९५ पल्टाउनुहोस्‌ र “प्रेम” शीर्षक अन्तर्गत हेर्नुहोस्‌। पहिलो कोरिन्थी १३:४; कलस्सी ३:१४; १ पत्रुस ४:८ जस्ता पदहरूमा ध्यान खिंच्नुहोस्‌। यी शास्त्रपदहरूलाई प्रयोग गर्दा कसरी असल नतिजाहरू प्राप्त हुन्छन्‌ छोटकरीमा बताउनुहोस्‌।] हाम्रा समस्याहरूका लागि बाइबलले दिने व्यवहारिक समाधानको यो एउटा उदाहरण हो। अर्को पटक म तपाईंलाई बाइबलले हामीलाई आनन्द र शान्ति खोज्न मदत गर्ने अर्को तरिका देखाउन चाहन्छु।”

६ परमेश्‍वरको वचनको सही ज्ञानजस्तो अरूलाई दिनसक्ने बहुमूल्य सम्पत्ति अरू केही छैन। यस्तो ज्ञानले परमेश्‍वरको भय राख्न र मानिसहरूलाई अनन्त आशिष्‌हरू ल्याउने उहाँको मार्गमा हिंड्‌न प्रोत्साहित गर्न सिकाउँछ।—हितो. २:२०, २१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने