सबैका लागि विशेष राज्य समाचार
१ अप्रिल २४ देखि हामीले विशेष राज्य समाचार-को वितरण सुरु गऱ्यौं जसले सबै ठाउँमा चिन्तित मानिसहरूको चासो जगाएको छ! यसको समाचार सामयिक मात्र नभई जरुरी पनि छ। हजारौं मानिसहरूसमक्ष यस समाचार पुऱ्याउन हरेक मण्डलीका प्रकाशकहरूले पूर्ण हृदयले समर्थन व्यक्त गरेका छन्। के तपाईंले पूर्ण रूपमा भाग लिन प्रयास गरिरहनुभएको छ?
२ प्रत्येक प्रकाशक तथा अग्रगामीलाई क्रमशः लगभग ५० र २५० वटा पर्चा पुग्ने गरी हरेक मण्डलीलाई राज्य समाचार पठाइएको थियो। तपाईंले कति वटा वितरण गर्न सक्नुभयो? यदि तपाईंले आशा गरे जति गर्न सक्नुभएको छैन भने, मे १४ मा यस वितरणको अन्त हुन अगाडि के बढी गर्ने विचार गर्नुभएको छ? सहायक अग्रगामीको रूपमा भर्ती हुनेबारे के सोच्नुभएको छ? सन्ध्याकालीन साक्षीजस्तो हप्ताको बीच-बीचमा हुने सेवकाईका सभाहरूबाट के तपाईं लाभ उठाउन सक्नुहुन्छ?
३ सिध्याउनुपर्ने इलाकाहरूका प्राचीनहरूले होशियारीपूर्वक विचार गर्नेछन्। इलाकाको सबै भाग ढाक्न असम्भव छ र नजीकको मण्डलीले आफ्नो इलाकामा पूर्णतया पर्चा वितरण गर्न सिध्याइ सकेको छ भने, (जुन कुनै कुनै अवसरमा मात्र हुनसक्छ) प्राचीनहरूले त्यस मण्डलीसित सम्पर्क राखेर बाँकी इलाका ढाक्न सहयोग लिनुपर्छ। हामीले पूर्ण हृदयसाथ प्रयास गर्नुको साथै मण्डलीहरूबीचको आपसी सहयोगद्वारा यस काम सम्पन्न गर्नुपर्छ।
४ नयाँ प्रकाशक र जवानहरूका साथै अरू धेरैले पनि यस कार्यमा भाग लिएको हुँदा तपाईंले यसबाट थप आनन्द महसुस गर्नुभएको होला। आशा छ, यस आनन्दको आत्मा कायम हुनेछ र राम्रो प्रतिक्रिया देखाउनेहरूलाई पुनःभेट गर्न सबैलाई प्रोत्साहन दिई नै रहनेछ। जिज्ञासुहरूको टिपोट लिएर घर-घरको रिकर्ड पर्चीलाई राम्ररी भर्न हामीलाई आग्रह गरिएको थियो। मे महिनाको अन्ततिर बाइबल अध्ययन सुरु गर्ने दृष्टिले पुनःभेट गर्न ध्यान दिनु उचित हुनेछ।
५ पुनः फर्केर जाँदा हामी के भन्नसक्छौं? तपाईंलाई यसो भन्नु प्रभावकारी लाग्ला: “हालै मैले तपाईंकहाँ छाडेको मुद्रित जानकारी सम्झनुभएको छ होला। आशा छ, तपाईंले त्यो पढ्न र त्यस विषयवस्तुमा विचार गर्न अवसर पाउनुभयो होला। सारा मानवजातिले सामना गर्नु परेको महत्त्वपूर्ण विषयलाई ढाकेकोले निश्चय नै हाम्रो समाजमा धेरैलाई यसको समाचारले उत्तेजित गरेको छ।” पृष्ठ २ का केही विचारोद्दीपक उक्तिहरू उल्लेख गर्नुहोस् र सोध्नुहोस्: “तपाईंलाई भविष्यमा हुने कुराको लागि तयार हुन हामीले के गर्नु आवश्यक छ जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। चासो देखाएमा राज्य समाचार-को पृष्ठ २-४ का अरू बुँदाहरू छलफल गर्नुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रस्ताव राख्नुहोस् वा त्यो सम्भव छैन भने कुनै ताजा पत्रिका दिनुहोस्।
६ यदि तपाईंलाई अर्को मण्डलीमा काम गर्न निम्त्याइएको छ भने, तपाईंले भेटाउनुभएको जिज्ञासु व्यक्तिहरूका नाउँ र ठेगाना त्यस मण्डलीलाई दिन नबिर्सनुहोस् ताकि त्यस मण्डलीका प्रकाशकहरूले पुनःभेट गर्न सकोस्। त्यस्तैगरि, तपाईंलाई पुनःभेट गर्न भनिएको छ भने तदारुकतासाथ जानुहोस्।
७ यस राज्य सामाचार-को विशेष वितरणले हामी सबैलाई उत्तेजित र राज्य प्रचार-कार्यमा यथासम्भव प्रयास गर्न उत्प्रेरित गरेको छ। यस ठूलो अभियानले सफलता पाउनेछ र यहोवाको महान् नाउँ तथा उद्देश्यबारे सबै मानिसलाई यसले सजग पार्नेछ भनी हामी निर्धक्क हुनसक्छौं। (यशै. १२:४, ५) हामीले जति बढी गर्न सक्यौं, हाम्रो आनन्द त्यति नै बढ्नेछ—भज. १२६:३.