प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अगस्त p. ७
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९६
  • नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 अगस्त p. ७

नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

तपाईं यहोवासंसँगै हिंड्‌नुहुँदा कस्ता व्यावहारिक फाइदाहरू पाउन सक्नुहुन्छ? अईश्‍वरीय पेसाबाट आउने प्रलोभनहरूको कारण राज्यको चासोलाई प्राथमिकता दिन सक्नुभएको छैन कि? (मत्ती ६:३३) संसारले जे खराब छ त्यसलाई असल बनाइरहेको कुरा स्पष्टसँग छुट्ट्याउन तपाईंलाई गाह्रो भएको छ कि? (हिब्रू ५:१४) यस विषय फेब्रुअरी २००० मा सुरु हुने “परमेश्‍वरको मार्गमा हिंडेर अहिल्यै लाभ उठाउनुहोस्‌” विषयक क्षेत्रीय सम्मेलनमा प्रष्ट पारिनेछ।—भज. १२८:१.

यस क्षेत्रीय सम्मेलनमा शनिबारको एउटा नयाँ पक्ष हुनेछ नमुना सेवा सभाको प्रस्तुति। त्यस दिनको प्रबन्धबारे तपाईंहरूलाई क्षेत्रीय निरीक्षकले मण्डलीहरूमा जानकारी दिनेछन्‌ ताकि तपाईंहरू सबै तयारी भएर आउन र पूर्णरूपमा कार्यक्रमबाट फाइदा उठाउन सक्नुहुनेछ।

“अग्रगामीहरू हो—कसरी हिंड्‌नुहुन्छ, ठीकसँग हेर्नुहोस्‌” शीर्षकले अग्रगामी सेवाको लागि समय निकाल्न बुद्धि र व्यावहारिकताको प्रयोग गर्ने तरिका देखाउनेछ। (एफि. ५:१५-१७) “असलजस्तो देखिने मार्गहरूदेखि होसियार हुनुहोस्‌” विषयले हाम्रो जीवनको हरेक पक्षमा परमेश्‍वरलाई मन पर्ने कुरा निश्‍चित गर्न सिकाउँछ। “पूरा भएका भविष्यवाणीले हामीलाई कसरी असर गर्छन्‌” विषयक भाषणले हाम्रो हृदयलाई परमेश्‍वरको वचनप्रतिको प्रेमले भर्न मदत दिनेछ। “परमेश्‍वरको मार्ग—कति लाभदायक!” विषयक जनभाषणले यहोवाको धार्मिक स्तर अनुरूप हिंड्‌दा पाइने व्यावहारिक फाइदाहरूमाथि जोड दिनेछ।

तपाईं परमेश्‍वरको एक समर्पित सेवक भई उहाँको मार्गमा हिंड्‌न चाहनुहुन्छ भने के त्यो चाहना जनसमक्ष पानीको बप्तिस्माद्वारा प्रदर्शित गर्न इच्छुक हुनुहुन्छ? हुनुहुन्छ भने मण्डलीका अध्यक्षसँग कुरा गर्नुहोस्‌। त्यसो गर्दा आवश्‍यक प्रबन्धहरू मिलाउन सकिन्छ।

यो सामयिक क्षेत्रीय सम्मेलन नचुकाउन अठोट गर्नुहोस्‌। यस दुई दिनको पूरै कार्यक्रममा उपस्थित हुनुहोस्‌। किनभने “हरेक जो परमप्रभु [यहोवा]देखि डराउँछ, जो उहाँको मार्गमा हिंड्‌छ, त्यो धन्यको हो।”—भज. १२८:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने