प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अक्टोबर पृ. ७
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 अक्टोबर पृ. ७

नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम

सन्‌ २००० फेब्रुअरीदेखि सुरु हुने विशेष सम्मेलन दिनको कार्यक्रमको मूल विषय हो: “परमेश्‍वरका गहीरा कुराहरू खोज्ने।” (१ कोरि. २:१०) हामी कस्ता बहुमूल्य कुराहरू सिक्नेछौं?

ज्ञानको खोजी गर्दा हासिल भएका कुराहरूबाट थुप्रै मनिसहरूले स्फूर्ति प्राप्त गर्न सकेका छैनन्‌। बाइबलले हामीलाई स्फूर्ति प्रदान गर्छ र यही कुरा क्षेत्रीय निरीक्षकले “परमेश्‍वरको वचनका कुराहरू खोज्नाले स्फूर्ति पाइन्छ” विषयक भाषणमा औंल्याउनेछन्‌। अतिथि वक्‍ताले “परमेश्‍वरको राज्य प्रचारकार्यलाई तपाईं कुन दृष्टिकोणले हेर्नुहुन्छ?” भन्‍ने प्रश्‍नबारे भाषण दिंदै परमेश्‍वरका गहीरा कुराहरू खोज्नु र सुसमाचार प्रचार गर्नुबीचको सम्बन्ध प्रस्ट पार्नेछन्‌।

परमेश्‍वरका वचनका गहीरा कुराहरू खोतल्न आमाबाबुले छोराछोरीलाई कसरी मदत गर्नसक्छन्‌? “आफ्ना छोराछोरीको हृदयमा परमेश्‍वरको वचन हालिदिनुहोस्‌” विषयक भाषणमा व्यावहारिक सुझाउहरू प्रस्तुत गरिनेछन्‌। मण्डलीमा आध्यात्मिक तवरमा परिपक्व भाइबहिनीहरूसित सरसंगत गर्दा मसीही जवानहरूमा स्वास्थ्यकर असर पर्छ। तिनीहरूमाथि कसरी असल प्रभाव पर्नसक्छ भनेर “वृद्धहरूबाट सिक्ने जवानहरू” विषयक भाषणमा प्रकाश पारिनेछ।

यहोवा गोप्य कुराहरू प्रकट गर्नुहुन्छ। अहिले हामीले परिश्रम गरेर गोप्य आध्यात्मिक धन किन खोज्नुपर्छ? अतिथि वक्‍ताले “यहोवाले क्रमिक रूपमा गहीरा कुराहरू प्रकट गर्नुहुन्छ” विषयक भाषणमा यहोवाले पुरातन अनि वर्तमान समयमा प्रकट गर्नुभएका कुराहरू बताउनेछन्‌। यस भाषणले “परमेश्‍वरका गहीरा कुराहरू खोज्ने” हाम्रो संकल्पलाई झन्‌ बलियो बनाउनेछ।

यस कार्यक्रममा उपस्थित हुन अहिल्यै योजना बनाउनुहोस्‌। यहोवाप्रतिको समर्पणलाई बप्तिस्माद्वारा जनसमक्ष प्रकट गर्न चाहनेहरूले सकभर चाँडै मण्डलीको अध्यक्षलाई बताउनुपर्छ। हामीले सुनेका कुराहरूले परमेश्‍वरका वचनका कुराहरू एक एक गरी खोज्ने हाम्रो उत्कट इच्छालाई अझ बलियो बनाउनेछ। तसर्थ, आध्यात्मिक निर्देशन पाइने यो विशेष दिनमा जसरी भए पनि उपस्थित हुनुहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने