प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अप्रिल p. ८
  • फेरि फर्केर जाने निधो गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेरि फर्केर जाने निधो गर्नुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • निश्‍चय नै फर्केर जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • असल हृदय भएकाहरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 अप्रिल p. ८

फेरि फर्केर जाने निधो गर्नुहोस्‌!

१ “कति मीठो छलफल भयो! फेरि भेट्‌न बिर्सनुहुँदैन।” तपाईंले कहिल्यै पहिले त्यसो भनेर पछि त्यो मानिस कहाँ बस्छ भन्‍ने बिर्सनुभएको छ? छ भने, फेरि फर्कन नबिर्सन तपाईंले गर्नसक्ने एउटै मात्र तरिका लेखेर राख्नु हो।

२ सबै कुरा लेख्नुहोस्‌: “जिज्ञासु व्यक्‍तिसित गरेको कुराकानी तपाईंको मनमा ताजै हुँदा त्यस भेटसँग सम्बन्धित जानकारीहरू केही समय निकालेर लेख्नुहोस्‌। त्यस व्यक्‍तिको नाम लेखेर उसलाई कसरी चिन्‍न सकिन्छ, टिप्नुहोस्‌। उसको ठेगाना टिप्नुहोस्‌ तर अनुमान नगर्नुहोस्‌ अनि ठीक छ कि छैन घरधनीलाई सोधेर हेर्नुहोस्‌। तपाईंले कुरा गर्नु भएको विषय, पढ्‌नुभएको शास्त्र पद र प्रस्तुत गर्नुभएको प्रकाशनको नाम टिप्नुहोस्‌।

३ यदि त्यस व्यक्‍तिलाई अर्को हप्ता भेटेर कुरा गर्न कुनै प्रश्‍न छाड्‌नुभएको छ भने त्यो पनि लेख्नुहोस्‌। तपाईंले त्यस मानिस, उसको परिवार अथवा उसको धर्मबारे केही जानकारी पाउनुभएको छ? छ भने, त्यो पनि टिप्नुहोस्‌। अर्को भेटमा त्यही जानकारीको आधारमा कुरा उठाउनुभयो भने त्यस व्यक्‍तिप्रति तपाईंको कत्तिको चासो रहेछ भनेर प्रस्ट हुनेछ। अन्तमा उसलाई भेट्‌नुभएको दिन र समय अनि कहिले फर्कनेछु भनेर भन्‍नुभएको हो त्यो पनि समावेश गर्नुहोस्‌। यसरी राम्ररी टिपोट लिंदा तपाईंले स्पष्टसित सम्झनुहुनेछ र म फेरि आउनेछु भनेर तपाईंले गर्नुभएको वाचा बिर्सने सम्भावना हुँदैन।—१ तिमो. १:१२.

४ तपाईंले एक चोटि रेकर्ड भर्न सिद्धयाउनु भएपछि त्यसलाई क्षेत्र सेवकाईकै अन्य सामानहरू जस्तै झोला, बाइबल, रिजनिङ पुस्तक अनि साहित्यहरूसँगै राख्नुहोस्‌, ताकि चाहिएको बेला त्यो निकाल्न सकियोस्‌। घर घरको प्रचार कार्यमा मान्छे भेट्‌न नसकेको घरहरूको पनि रेकर्ड राख्नु बेस हो र यो तपाईंले पुनःभेट गर्नुपर्ने व्यक्‍तिहरूको टिपोटभन्दा छुट्टै राख्नुपर्छ। हो, पुनःभेट गर्नुपर्नेहरूको सही रेकर्ड राख्नुभए पनि नभए पनि तिनीहरूलाई फेरि फर्केर भेट्‌न जानु महत्त्वपूर्ण कुरा हो!

५ उक्‍त व्यक्‍तिबारे सोच्नुहोस्‌: सेवकाईको लागि तयारी गर्नुहुँदा पुनःभेट गर्नुपर्ने व्यक्‍तिहरूको टिपोट पुनरावलोकन गर्नुहोस्‌। हरेक व्यक्‍तिविशेषबारे विचार गरेर अर्को भेटमा के कुरा चलाउँदा प्रभावकारी होला सोच्नुहोस्‌। त्यस व्यक्‍तिलाई बाइबल अध्ययनमाथि चासो जगाउन के गर्नुपर्ला विचार गर्नुहोस्‌। त्यस्तो योजनाले हामीलाई सुसमाचारको अझ फलदायी सेवक बनाउनसक्छ र तपाईंको आनन्द पनि बढाउन सक्छ।—हितो. २१:५क.

६ त्यसैले अर्कोपालि सुन्‍न इच्छुक व्यक्‍तिलाई भेट्‌नुहुँदा म सम्झिहाल्छु नि भनेर तर्क नगर्नुहोस्‌। बरु, लेख्नुहोस्‌ र टिपोटहरू पुनरावलोकन गर्नुहोस्‌, त्यस व्यक्‍तिबारे सोचिरहनुहोस्‌ अनि फेरि फर्केर जाने निधो गर्नुहोस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने