प्रश्नपेटी
◼ जिल्ला अधिवेशनको बिल्ला क-कसलाई दिनुपर्छ?
अधिवेशनका बिल्लाहरूले हाम्रा भाइहरूलाई चिन्न र अधिवेशनको विज्ञापन गर्न मदत गर्छ। तथापि, त्यसलाई मनपरी बाँड्नु हुँदैन। किनकि बिल्लाले, सो लगाउने व्यक्तिले यहोवाका साक्षीहरूको मण्डलीमा राम्रो नाउँ कमाएको छ भन्ने जानकारी दिन्छ।
बिल्लामा व्यक्तिविशेष र मण्डलीको नाउँ लेख्ने ठाउँ हुन्छ। तसर्थ, त्यस व्यक्तिले उल्लिखित मण्डलीसित विचारणीय हदसम्म संगति गरेको हुनुपर्छ। यो कार्ड हरेक बप्तिस्मा प्राप्त तथा अप्राप्त प्रकाशकहरूलाई दिनु बेस हुन्छ। त्यसका साथै, बालबच्चाहरू अनि नियमित तवरमा मण्डलीका सभाहरूमा उपस्थित हुनेहरू र क्षेत्र सेवकाईमा भाग लिएर उन्नति गरिरहेका व्यक्तिहरूलाई एक एक प्रति दिनसकिन्छ। अधिवेशनको बिल्ला बहिष्कृत व्यक्तिलाई दिनु उचित हुनेछैन।
यी बिल्लाहरू उपलब्ध भएपछि प्राचीनहरूले उपरोक्त निर्देशनहरूअनुसारै वितरण भएको छ, छैन हेर्नुपर्छ।