प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 फेब्रुअरी p. १
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 फेब्रुअरी p. १

नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

१ अस्थिर संसारमा विश्‍वासमा स्थिर रहन हामीले यहोवामाथि भरोसा राख्नै पर्छ। हाम्रो दैनिक जीवनमा त्यसले कस्तो अर्थ राख्छ? यहोवामाथिको भरोसाले कसरी हाम्रो व्यक्‍तिगत तथा पारिवारिक जीवनमा असर गर्छ? यसले कसरी हामीलाई शैतानको संसारबाट आउने प्रभावको प्रतिरोध गर्न मदत गर्छ? सन्‌ २००३ सेवा वर्षको क्षेत्रीय सम्मेलन कार्यक्रमले ती प्रश्‍नहरूको जवाफ दिन्छ। यसको विषय हो, “परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌।”—भज. ३७:३.

२ अत्यन्तै खाँचोमा परेको विशेष समय वा परिस्थितिमा मात्र हामी यहोवामाथिको आफ्नो भरोसा प्रकट गर्दैनौं। यसले हाम्रो दैनिक जीवनको हरेक पक्षलाई असर गर्छ। यस कुरालाई “हरबखत यहोवामाथि भरोसा राख्नुहोस्‌” भन्‍ने सुरुको भाषणमा जोड दिइनेछ। (भज. ६२:८) “यहोवामाथि भरोसा प्रकट गर्ने” भन्‍ने चार भागमा बाँडिएको गोष्ठीले हामीलाई सफल विवाह निर्माण गर्न, परिवारभित्र उत्पन्‍न समस्याहरू समाधान गर्न र हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गर्न मदत गर्न सक्ने बाइबल आधारित जानकारी कसरी पत्ता लगाउनुका साथै त्यसलाई लागू गर्न सकिन्छ भनेर देखाउनेछ।

३ शैतानको संसारले सही र गलतबीच-को भिन्‍नतालाई बंग्याउने कोसिस गर्छ र कुन कुरा महत्त्वपूर्ण छ, कुन छैन भन्‍ने सन्दर्भमा भ्रम पैदा गर्छ। (यशै. ५:२०) “जीवनका व्यर्थताहरू विरुद्ध होसियार रहनुहोस्‌” र “खराबी त्याग्नुहोस्‌, भलाइ गर्नुहोस्‌” विषयक भाषणहरूले यहोवाका उच्च स्तरहरू पालन गर्ने हाम्रो संकल्पलाई सुदृढ पार्नेछ।—आमो. ५:१४.

४ यहोवाले वर्तमान दुष्ट रीतिरिवाजलाई नाश गर्नुहुँदा परमेश्‍वरका सेवकहरूले उहाँमाथि अझ बढी भरोसा राख्नु आवश्‍यक पर्नेछ। “संसारको दुःखकष्टबाट छुटकारा नजिकै छ” भन्‍ने जनभाषणमा यस कुरालाई प्रकाश पारिएको छ। त्यसपछि, “के तपाईं परमेश्‍वरको राज्यको निम्ति योग्य ठहरिनुहुन्छ?” भन्‍ने भाषणले हामीलाई आत्मपरीक्षण गर्न आग्रह गर्नेछ। कार्यक्रमको अन्तमा “यहोवाका प्रतिज्ञाहरूमा भरोसा राख्नुहोस्‌” भनी आग्रह गरिनेछ।

५ प्रत्येक सम्मेलनको मुख्य विशेषता भनेको बप्तिस्मा भाषण हो। बप्तिस्मा लिन चाहनेले जति सक्दो चाँडो मण्डलीको अध्यक्षलाई खबर गरिहाल्नुपर्छ ताकि आवश्‍यक प्रबन्धहरू मिलाउन सकियोस्‌।

६ यी अनिश्‍चित समयमा यहोवा मात्रै भरोसा र स्थायित्वको साँचो स्रोत हुनुहुन्छ। (भज. ११८:८, ९) त्यसैकारण आउनुहोस्‌, क्षेत्रीय सम्मेलनको सम्पूर्ण कार्यक्रममा उपस्थित भएर हामी सबैले उहाँमाथिको आफ्नो भरोसालाई बलियो बनाउन सकौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने