नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
१ सञ्चारजगत् तथा सांसारिक शिक्षकहरूले भौतिक धनसम्पत्तिको महिमा गरे तापनि परमेश्वरको वचनले हामीलाई ‘असल काममा धनवान् हुनुहोस्’ भनी आग्रह गर्छ। (१ तिमो. ६:१८) यो, अप्रिल २००३ देखि सुरु हुन गइरहेको विशेष सम्मेलन दिनको विषय हो। यस सम्मेलनमा हामी कस्तो प्रोत्साहन पाउनेछौं?
२ “परमेश्वरको नजरमा धनवान् हुनुहोस्” भन्नुको अर्थ के हो भन्ने विषयमा क्षेत्रीय निरीक्षकले छलफल गर्नेछन् र तनले आध्यात्मिक धनसम्पत्ति कमाउन उत्कट प्रयास गरिरहेका कोही-कोहीसित अन्तरवार्ता लिनेछन्। अतिथि वक्ताले आफ्नो पहिलो भाषणमा परमेश्वरका जनहरूले कसरी “यस कटनीको समयमा असल काम गर्ने” प्रयास गरिरहेका छन् भनी देखाउनेछन्। आज सम्पन्न भइरहेको ईश्वर-प्रदत्त कटनीको काममा हामी कसरी अझ बढी भाग लिन सक्छौं भन्ने सन्दर्भमा विचार गर्न हामी सबैलाई प्रोत्साहित गरिनेछ।
३ मसीही जवानहरू आध्यात्मिक धनसम्पत्ति कमाउने लक्ष्यतर्फ अघि बढिरहेको देख्दा हामी हर्षले साह्रै गद्गद हुन्छौं! यसले यहोवाको महिमा गर्नुका साथै भविष्यमा सेवाका सुअवसरहरूको लागि असल जग बसाल्न युवाहरूलाई मदत गर्छ। “असल काम गरेर यहोवाको प्रशंसा गर्ने युवाहरूको सराहना गर्ने” भन्ने भागले स्थानीय तवरमा जवान मसीहीहरूले गरिरहेका असल काम प्रकाश पार्नेछ।
४ असल काम गर्दा कस्ता परिणामहरू हुन्छन्? अथिति वक्ताले यस विषयलाई “असल काममा लागिरहनुहोस् र यहोवाका आशिष्हरू पाउनुहोस्” भन्ने आफ्नो अन्तिम भाषणमा छलफल गर्नेछन्। हामीले प्रचुर मात्रामा आशिष् कटनी गर्ने चारवटा क्षेत्रबारे तिनले छलफल गर्नेछन्: (१) व्यक्तिगत रूपमा, (२) पारिवारिक रूपमा, (३) मण्डलीको रूपमा र (४) विश्वव्यापी संगठनको रूपमा।
५ यहोवालाई समर्पण गरिसकेकाहरूले बप्तिस्मा लिने सुअवसर पाउनेछन्। यदि तपाईं त्यो कदम चाल्न तयार हुनुहुन्छ भने, यसबारे तुरुन्तै मण्डलीका अध्यक्षलाई थाह दिनुहोस्।
६ तपाईंको क्षेत्रमा हुने सम्मेलनको मिति घोषणा गरेपछि, त्यहाँ उपस्थित हुने निश्चित योजना बनाइहाल्नुहोस्। सुरुको गीत र प्रार्थनामा भाग लिन सक्ने हिसाबले छिटो पुग्ने कोसिस गर्नुहोस्। विशेष सम्मेलन दिनको सम्पूर्ण कार्यक्रममा उपस्थित भई कार्यक्रम ध्यान दिएर सुनेको खण्डमा त्यसले हाम्रा परमेश्वर, यहोवाको दृष्टिकोणमा साँच्चै धनवान् हुने मार्गमा हिंडिरहन हामीलाई बलियो बनाउनेछ।