परमेश्वरको सबैभन्दा महान् उपहारप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौं?
१. हामी यहोवाप्रति विशेषगरि किन कृतज्ञ छौं?
१ यहोवाले दिनुभएको थुप्रै “असल दान”-मध्ये उहाँको प्यारो पुत्रको फिरौतीको बलिदान सबैभन्दा महान् हो। (याकू. १:१७) यसले हाम्रो पापहरूको क्षमालगायत अन्य थुप्रै आशिष् सम्भव तुल्याउँछ। (एफि. १:७) यसको लागि हामी सधैं कृतज्ञ छौं। स्मरणार्थअघि र पछिको समयमा हामी विशेषगरि यस अमूल्य उपहारमा मनन गर्न समय निकाल्छौं।
२. हामी आफ्नो र आफ्नो परिवारको फिरौतीप्रतिको कदर बढाउन के गर्न सक्छौं?
२ कदर बढाउनुहोस्: तपाईंको परिवारको कदर बढाउन मार्च ३० को स्मरणार्थअघिका हप्ताहरूमा साँझको पारिवारिक उपासनाको दौडान फिरौतीको बलिदानबारे छलफल गर्न समय निकाल्नुभए कसो होला? साथै हरेक दिन परिवारको सबै मिलेर स्मरणार्थको विशेष बाइबल पढाइ पढ्नुहोस्। फिरौतीले तपाईंलाई कसरी लाभ पुऱ्याएको छ र यहोवा, तपाईं आफै, अरूहरू र भविष्यप्रतिको तपाईंको दृष्टिकोणमा कस्तो असर पारेको छ, व्यक्तिगत रूपमा सोच्नुहोस्। स्मरणार्थमा गाइने दुईवटा नयाँ गीतहरू, गीत नं. ८ र ५ गाउन अभ्यास गर्नु पनि लाभदायी हुनेछ।—भज. ७७:१२.
३. हाम्रो कृतज्ञता हामी कसरी देखाउन सक्छौं?
३ कृतज्ञ भएको देखाउने तरिका: फिरौतीप्रतिको कदरले हामीलाई यहोवाबारे र उहाँले आफ्नो पुत्र पठाएर देखाउनुभएको महान् प्रेमबारे अरूलाई बताउन उत्प्रेरित गर्छ। (भज. १४५:२-७) केही परिवारले मार्च, अप्रिल र मे महिनाको दौडान कम-से-कम परिवारको एक जनाले सहायक अग्रगामी सेवा गरेर आफ्नो कृतज्ञता देखाउँछन्। यसो गर्न सम्भव छैन भने प्रचारकार्यमा अझ धेरै भाग लिन तपाईं “समयको पूरा सदुपयोग” गर्न सक्नुहुन्छ कि? (एफि. ५:१६, NRV) कृतज्ञ छौं भने हामी अरूलाई हामीसँगै स्मरणार्थमा उपस्थित हुन मदत दिन पनि उत्प्रेरित हुनेछौं। (प्रका. २२:१७) आफूले बोलाउने पुनःभेट, बाइबल विद्यार्थी, आफन्त, सहकर्मी र छिमेकीहरूको सूची तयार पार्न सुरु गर्नुहोस् अनि स्मरणार्थको निम्तो दिने विशेष अभियानमा पूरापूर भाग लिनुहोस्।
४. के-कस्ता तरिकामा हामी स्मरणार्थअघि र पछिका समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न सक्छौं?
४ स्मरणार्थअघि र पछिका समयले मानिसजातिका लागि यहोवाले दिनुभएको उपहारलाई हामी कत्तिको कदर गर्छौं भनी देखाउने नयाँ मौका दिन्छ। यस समयलाई हामी फिरौती र ‘ख्रीष्टको सबै अगम सम्पत्तिप्रति’ कृतज्ञता बढाउन र त्यो कृतज्ञता देखाउन प्रयोग गरौं।—एफि. ३:८.