पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा नोभेम्बर
“युवाहरूलाई तिनीहरूका साथीहरूले एकदमै असर गर्छन्। साथीहरूको हानिकारक दबाबको प्रतिरोध गर्न हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं? [जवाफ दिने मौका दिनुहोस्] खराब सङ्गतले पार्ने हानिकारक प्रभावबारे कस्तो चेतावनी दिइएको छ, एउटा शास्त्रपद पढेर सुनाउन सक्छु कि? [घरधनीले चासो देखाएमा १ कोरिन्थी १५:३३ पढ्नुहोस्] युवाहरूले कसरी साथीहरूको दबाबको प्रतिरोध गर्न सक्छन्, यो लेखले बताएको छ।”
प्रहरीधरहरा डिसेम्बर
“हामी सबै सन्तुष्ट हुन चाहन्छौं। तपाईंको विचारमा सन्तुष्ट हुन पैसै चाहिन्छ होला? [जवाफ दिने मौका दिनुहोस्] आफूसित भएको थोरै कुरामा सन्तुष्ट रहनेबारे परमेश्वरका एक उपासकले के भनेका छन्, तपाईंलाई देखाऊँ कि? [घरधनीले चासो देखाएमा फिलिप्पी ४:११, १२ पढ्नुहोस्] यस पत्रिकाले सन्तुष्टिका पाँच रहस्य बताएको छ।”