कुराकानी थाल्ने उदाहरण
सेप्टेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
इच्छुक घरधनीलाई तपाईं यस्तो प्रश्न सोध्न सक्नुहुन्छ: “थुप्रैले येशूलाई ‘गुरु’-को रूपमा आदर गर्छन्। तर तपाईंको विचारमा येशू वास्तवमा कस्तो मानिस हुनुहुन्थ्यो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस् ] येशू ख्रीष्टको अस्तित्वबारे पवित्र शास्त्रले के बताएको छ, तपाईंलाई देखाऊँ?” [घरधनीले हुन्छ भनेमा कलस्सी १:१५, १६ पढ्नुहोस् ] त्यसपछि जुलाई-सेप्टेम्बर अङ्कको प्रहरीधरहरा घरधनीलाई देखाउँदै पृष्ठ २८ को पहिलो उपशीर्षकमुनिको अनुच्छेद पढेर छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर बाँकी प्रश्नबारे छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा जुलाई-सेप्टेम्बर
“संसारका थुप्रै भागमा जूवातास खेल्नु निकै लोकप्रिय छ। जूवातास खेल्नुलाई तपाईं कुन दृष्टिकोणले हेर्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस् ] यस सन्दर्भमा पवित्र शास्त्रमा कस्तो मदतकारी सिद्धान्त दिइएको छ, म तपाईंलाई देखाऊँ? [घरधनीले हुन्छ भनेमा प्रस्थान २०:१७ पढ्नुहोस् ] यस पत्रिकामा जूवातास खेल्नेबारे पवित्र शास्त्रको दृष्टिकोण कस्तो छ भनेर बताइएको छ।” पृष्ठ ३० मा भएको लेख देखाउनुहोस्।