कुराकानी थाल्ने उदाहरण
सेप्टेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“सबै जनालाई साथी चाहिन्छ भन्ने कुरामा तपाईं पनि सहमत हुनुहुन्छ होला, होइन र? साथीको कुनचाहिं गुणको तपाईं अत्यन्तै मोल गर्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्] साथी छान्दा हामी किन होसियार हुनुपर्छ भनी जोड दिने केही धर्मशास्त्रीय सिद्धान्तहरू तपाईंलाई देखाउन सक्छु?” घरधनी इच्छुक छन् भने जुलाई-सेप्टेम्बर अङ्कको प्रहरीधरहरा दिनुहोस्। त्यसपछि पृष्ठ १८ को पहिलो उपशीर्षक पढ्नुहोस् र सँगै छलफल गर्नुहोस्। घरधनी सहमत भएमा दिइएका शास्त्रपदमध्ये कम्तीमा एउटा पद पढ्नुहोस्। पत्रिका दिनुहोस् र फेरि भेटेर अर्को प्रश्नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा जुलाई-सेप्टेम्बर
“बेलाबेलामा हामी सबैलाई विगतको तीतो सम्झनाले पिरोल्छ। सायद तपाईंलाई ‘यी तीता सम्झनाहरू मेरो मनबाट कहिल्यै नहराउने पो हुन् कि’ भन्ने लाग्ला। तपाईंको विचारमा हामी यस्तो समस्यासित कसरी डट्न सक्छौं? [जवाफ दिने मौका दिनुहोस्] यसबारे अत्यन्तै सान्त्वनादायी जवाफ बाइबलमा पाउँछौ।” [घरधनी इच्छुक छन् भने यशैया ६५:१७ पढ्नुहोस्। त्यसपछि जुलाई-सेप्टेम्बर अङ्कको प्रहरीधरहरा-को पृष्ठ ३२ पल्टाउनुहोस् र अन्तिम अनुच्छेद देखाउनुहोस्। अनि यस्तो उज्ज्वल भविष्य प्रतिज्ञा गर्ने परमेश्वरसित कसरी नजिक हुन सकिन्छ भन्नेबारे अर्को पटक भेटेर छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्]