डिसेम्बरमा राज्य समाचार न. ३८ वितरण!
१. मृत्युबारे मानिसहरू कस्ता कुराहरू सोच्ने गर्छन्? ती प्रश्नहरूको जवाफ डिसेम्बर महिनामा कसरी दिइनेछ?
१ मान्छेले चाहे जुनसुकै धर्म मानोस्, मृत्यु सबैको शत्रु हो। (१ कोरि. १५:२६) थुप्रैले मान्छे मरेपछि कहाँ जान्छ र तिनलाई फेरि भेट्न पाइन्छ कि पाइँदैन होला भनेर सोच्ने गर्छन्। त्यसैले विश्वभरिका सबै मण्डलीले “के मरिसकेकाहरू फेरि बाँच्नेछन्?” भन्ने विषयको राज्य समाचार न. ३८ वितरण गर्ने काममा भाग लिनेछन्। यो एक महिना लामो विशेष अभियान डिसेम्बर १ देखि सुरु हुनेछ। यो अभियान सिद्धेपछि राज्य समाचार न. ३८ प्रचारकार्यमा पर्चाको रूपमा चलाइनेछ।
२. राज्य समाचार न. ३८ कसरी तयार पारिएको छ?
२ यो कसरी तयार पारिएको छ: राज्य समाचार न. ३८ लामोपट्टिबाट पट्याउनुपर्छ। यसो गर्दा चाखलाग्दो शीर्षकका साथै “तपाईं के भन्नुहुन्छ?—बाँच्नेछन्?, असम्भव, खै, के थाह” जस्ता वाक्यहरू झट्टै देखिन्छ। पाठकले राज्य समाचार न. ३८ खोलेर हेर्दा शीर्षकमा सोधिएको प्रश्नको जवाफ पवित्र शास्त्रले कसरी दिन्छ र यसले तिनको लागि कस्तो अर्थ राख्छ, त्यो देख्न सक्छन्। पवित्र शास्त्रमा विश्वास गर्न सकिने कारणहरू पनि तिनले देख्न सक्छन्। राज्य समाचार-को पछाडिपट्टि सोच्न लगाउने चाखलाग्दो प्रश्न सोधिएको छ र तिनलाई अझ धेरै सिक्न आग्रह पनि गरिएको छ।
३. राज्य समाचार न. ३८ कसरी वितरण गरिनेछ?
३ यो कसरी वितरण गरिनेछ: यो अभियान स्मरणार्थ र जिल्ला अधिवेशनको निम्तो पर्ची बाँड्ने अभियानजस्तै हुनेछ। एल्डरहरूलाई पठाइएको अप्रिल १, २०१३ मितिको पत्रमा बताइएझैं तिनीहरूले आफ्नो मण्डलीको इलाका कसरी ढाक्ने भनी निर्देशन दिनेछन्। थोरै इलाका भएका मण्डलीहरूले धेरै इलाका भएको छिमेकी मण्डलीहरूलाई सघाउन सक्छन्। एक चोटिमा एक हप्ताको लागि जति चाहिन्छ त्यति मात्र राज्य समाचार न. ३८ लिनुहोस्। अभियानको दौडान घर-घरको प्रचारकार्यमार्फत इलाका सबै ढाकेपछि यो सार्वजनिक साक्षीकार्यमा पनि वितरण गर्न सकिन्छ। महिना मर्नुअघि नै स्टक सिद्धिएमा अन्य साहित्य चलाउन सकिन्छ। महिनाको पहिलो शनिबार हामी बाइबल अध्ययन सुरु गर्नुमा भन्दा यो विशेष अभियानमा ध्यान दिनेछौं। सप्ताहन्तमा उपयुक्त हुँदा पत्रिकाहरू पनि दिन सकिन्छ। यस विशेष अभियानमा पूरापूर भाग लिन के तपाईं चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ?