प्रचारकार्यमा अझै उन्नति गर्ने—बाइबलले सिकाउँछ किताब चलाएर बाइबल अध्ययन कसरी गरिन्छ भनेर घरधनीलाई देखाउनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? हामीले निश्शुल्क बाइबल अध्ययन सञ्चालन गर्छौं भन्दा सायद धेरैले बुझ्दैनन्। तिनीहरू बाइबल अध्ययन भन्ने बित्तिकै कुनै समूहमा भेला भएर बाइबल पढ्ने होला अथवा स्वदेश वा विदेशमा कतै चिठ्ठी पठाएर बाइबल सिक्ने होला भन्ठान्छन्। त्यसैले सीधै अध्ययनको प्रस्ताव राख्नुभन्दा अध्ययन कसरी गरिन्छ भनेर देखाउनु भए कसो होला? केही मिनेटभित्रै ढोकैमा पनि घरधनीलाई बाइबल अध्ययन गर्नु सजिलो र शिक्षामूलक छ भनेर देखाउन सक्नुहुन्छ।
यो महिना यसो गरे कसो होला?
नयाँ बाइबल अध्ययन सुरु गर्न तपाईंले गर्नुहुने प्रयासमा आशिष् दिनुहोस् भनेर यहोवा परमेश्वरलाई प्रार्थना गर्नुहोस्।—फिलि. २:१३.
बाइबलले सिकाउँछ किताब चलाउँदै बाइबल अध्ययन कसरी गरिन्छ भनेर घरधनीलाई देखाउने प्रयास गर्नुहोस् अथवा प्रचारमा जाँदा कम्तीमा एक चोटि बाइबल अध्ययन कसरी गरिन्छ? भन्ने भिडियो देखाउनुहोस्।