बाइबलमा पाइने अनमोल धन | युहन्ना ३-४
येसुले सामरी स्त्रीलाई साक्षी दिनुभयो
येसुलाई अनौपचारिक साक्षी दिन कस्ता कुराहरूले मदत गऱ्यो?
४:७—उहाँले परमेश्वरको राज्यबारे कुरा गर्नु वा आफूलाई मसीहको रूपमा चिनाउनुको साटो पानी मागेर कुराकानी सुरु गर्नुभयो
४:९—उहाँले जातीयताको आधारमा ती सामरी स्त्रीसित भेदभाव गर्नुभएन
४:९, १२—त्यस स्त्रीले विवाद खडा हुन सक्ने कुराहरू गर्दा उहाँले कुराकानीलाई त्यतातिर मोडिन दिनुभएन।—cf-E पृ. ७७ अनु. ३
४:१०—येसुले सामरी स्त्रीले दैनिक जीवनमा देखिरहेको कुरालाई दृष्टान्तको रूपमा चलाउनुभयो
४:१६-१९—त्यस स्त्रीले अनैतिक जीवन बिताइरहेको भए तापनि येसुले तिनीसित आदरपूर्वक व्यवहार गर्नुभयो
यस विवरणले अनौपचारिक साक्षी दिनुको महत्त्व कसरी झल्काउँछ?