प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 फेब्रुअरी p. २
  • हामी हर समय साक्षी हौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी हर समय साक्षी हौं
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!
    हाम्रो राज्य सेवकाई—२०१०
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—अनौपचारिक साक्षी दिन आफैले कुराकानी थाल्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • येसुले सामरी स्त्रीलाई साक्षी दिनुभयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • अनौपचारिक साक्षी दिएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 फेब्रुअरी p. २

हामी हर समय साक्षी हौं

१. येशूले इनारमा एउटी स्त्रीलाई साक्षी दिनुभएको विवरणबाट हामी के सिक्न सक्छौं?

१ येशू हिंड्‌नुभएको घण्टौं भइसकेको थियो। उहाँ थाक्नु र तिर्खाउनुभएको थियो। चेलाहरू खानेकुरा किन्‍न जाऊन्जेल उहाँ सामरीहरूको सहरबाहिर एउटा इनारको डिलमा आराम गर्न बस्नुभयो। येशू सामरियामा प्रचार गर्न जानुभएको थिएन। केवल त्यो बाटो हुँदै सेवाको काम गर्न उहाँ फेरि गालीलतर्फ जाँदै हुनुहुन्थ्यो। तैपनि उहाँले इनारमा पानी भर्न आएकी एउटी स्त्रीलाई साक्षी दिने मौकाको फाइदा उठाउनुभयो। (यूह. ४:५-१४) किन? किनभने येशू हर समय यहोवाको “विश्‍वासयोग्य र साँचो साक्षी” हुनुहुन्थ्यो। (प्रका. ३:१४) हर समय यहोवाको साक्षी भएर हामी येशूको अनुकरण गर्छौं।—१ पत्रु. २:२१.

२. अनौपचारिक साक्षी दिन हामी कसरी तयार हुन सक्छौं?

२ तयार हुनुहोस्‌: आफ्नो साथमा प्रकाशनहरू राखेर हामी अनौपचारिक साक्षी दिन तयार हुन सक्छौं। थुप्रै प्रकाशकले पर्चाहरू बोक्छन्‌ र ती, आफ्नो दिनचर्याको दौडान भेटिने पसले, पेट्रोल पम्पमा काम गर्ने मानिसहरू र अरूलाई दिन्छन्‌। (उप. ११:६) यात्रा गरिरहनुपर्ने एउटी बहिनीले नबिर्सिकन सधैं ब्यागमा सानो बाइबल र बाइबलले सिकाउँछ किताब बोक्छिन्‌। अनि आफूसँगै बस्ने सहयात्रीसित कुराकानी सुरु गर्ने कोसिस गर्छिन्‌।

३. हामी कसरी कुराकानी सुरु गर्न सक्छौं?

३ कुराकानी सुरु गर्नुहोस्‌: अनौपचारिक साक्षी दिंदा बाइबल विषयबाट कुराकानी सुरु गर्नुपर्छ भन्‍ने छैन। इनारमा भेटेको त्यस स्त्रीसितको कुराकानीमा येशूले सुरुमै आफूलाई मसीह हुँ भनेर चिनाउनुभएन। तिनको जिज्ञासा जगाउँदै उहाँले पानी देऊ मात्र भन्‍नुभयो। (यूह. ४:७-९) चाडपर्व कसरी मनाउनुभयो भनी सोध्दा त्यस्तै तरिका अपनाउनु, कुराकानी सुरु गर्ने एउटा राम्रो तरिका भएको एक बहिनीले अनुभव गरेकी छिन्‌। आफू एक जना यहोवाको साक्षी भएकोले ती चाडपर्व मनाउँदिन भनेर बताउनुको सट्टा तिनी यसो भन्छिन्‌, “मैले चाडपर्व नमनाउने व्यक्‍तिगत निर्णय गरेकी छु।” प्रश्‍न सोध्ने व्यक्‍तिहरूले अक्सर जिज्ञासु भई किन भनेर सोध्छन्‌ जसले गर्दा तिनले साक्षी दिने मौका पाउँछिन्‌।

४. मत्ती २८:१८-२० ले तपाईंलाई किन उत्प्रेरित गर्छ?

४ येशूले पृथ्वीमा आफ्नो जोसिलो प्रचारकार्य सिध्याइसक्नु भए तापनि उहाँले गर्नुभएझैं अहिले पनि भइरहेको प्रचारकार्यमा उहाँ गहिरो चासो लिनुहुन्छ। (मत्ती २८:१८-२०) त्यसकारण हाम्रो नमुना येशूजस्तै हामी पनि हर समय आफ्नो विश्‍वासको जन घोषणा गर्न तयार साक्षीहरू हौं।—हिब्रू १०:२३, NW.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने