प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर p. ७
  • यहोवाका जनहरूको भलाइको लागि काम गर्ने गोठालाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका जनहरूको भलाइको लागि काम गर्ने गोठालाहरू
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • एल्डरहरूले गम्भीर पाप गर्ने व्यक्‍तिलाई कसरी प्रेम र कृपा देखाउन सक्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर p. ७

ख्रिष्टियन जीवन

यहोवाका जनहरूको भलाइको लागि काम गर्ने गोठालाहरू

थुप्रैले अख्तियारमा भएका मानिसहरूलाई भरोसा गर्दैनन्‌। त्यसो हुनुको कारण हामी बुझ्न सक्छौँ। किनभने अख्तियारमा भएका मानिसहरूले शक्‍तिको दुरुपयोग गरेको लामो इतिहास छ। (मिका ७:३) तर मण्डलीमा भने यहोवाका जनहरूको भलाइको लागि आफ्नो अख्तियार प्रयोग गर्न तालिम पाएका एल्डरहरू हुनु हाम्रो लागि कत्ति खुसीको कुरा हो!—एस्त १०:३; मत्ति २०:२५, २६.

एल्डरहरू संसारमा अख्तियार पाएका मानिसहरूजस्ता छैनन्‌। तिनीहरू यहोवा र उहाँका जनहरूप्रतिको प्रेमले गर्दा निरीक्षकको काम गर्न अघि सर्छन्‌। (युह २१:१६; १प ५:​१-३) येसुको निर्देशन पछ्याउँदै ती गोठालाहरू प्रत्येक प्रकाशकलाई यहोवाका उपासकहरूको परिवारको भाग महसुस गराउन र यहोवासित नजिक भइरहन मदत गर्छन्‌। तिनीहरू यहोवाका भेडाहरूलाई आध्यात्मिक तवरमा मदत गर्न अग्रसर हुन्छन्‌ अनि अकस्मात्‌ कुनै स्वास्थ्य समस्या आइपर्दा वा प्रकोप हुँदा मदत गर्न अघि सरिहाल्छन्‌। मदत चाहिँदा तपाईँको मण्डलीका एक जना एल्डरलाई तुरुन्तै सम्पर्क गर्न नहिचकिचाउनुहोस्‌।—या ५:१४.

“आफ्ना भेडाहरूको ख्याल राख्ने गोठालाहरू” भिडियोको एक दृश्‍य। एकअर्कालाई अभिवादन गर्दा एक एल्डर एलियासलाई खुसीसाथ अङ्‌गालो हाल्दै छन्‌।

आफ्ना भेडाहरूको ख्याल राख्ने गोठालाहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • मारियानाले एल्डरहरूको मदतबाट कस्तो लाभ उठाइन्‌?

  • एलियासले एल्डरहरूको मदतबाट कस्तो लाभ उठाए?

  • तपाईँले यी अनुभवहरूबाट एल्डरहरूले गर्ने कामप्रति कस्तो दृष्टिकोण राख्न मदत पाउनुभयो?

निम्न अवस्थामा कुनै एक जना एल्डरसित सम्पर्क गर्न नहिचकिचाउनुहोस्‌:

  • सम्पर्क ठेगाना वा फोन नम्बर परिवर्तन हुँदा

  • कठिन परीक्षा भोग्दा

  • लामो समयको लागि कतै जाँदा

  • गम्भीर स्वास्थ्य समस्या भोग्दा वा अस्पतालमा भर्ना हुँदा

  • गम्भीर पाप गर्दा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने