प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अप्रिल पृ. २
  • तपाईंलाई हेरेर अरूले के सिक्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंलाई हेरेर अरूले के सिक्छन्‌?
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • येशूको उदाहरण अनुकरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—नयाँ प्रकाशकलाई तालिम दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • सेवाको काम विस्तार गर्ने
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 अप्रिल पृ. २

तपाईंलाई हेरेर अरूले के सिक्छन्‌?

१. येशूका चेलाहरूले उहाँलाई हेरेर के सिके?

१ येशूले भन्‍नुभयो: “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक।” (मत्ती ११:२९) स्पष्टतः येशूले आफ्नो वचनले मात्र होइन तर असल उदाहरण बसालेर अरूलाई सिकाउनुभयो। येशूलाई हेरेर चेलाहरूले के-के सिके विचार गर्नुहोस्‌। उहाँ कोमल, दयालु र मायालु हुनुहुन्थ्यो। (मत्ती ८:१-३; मर्कू. ६:३०-३४) उहाँ साँचो अर्थमा नम्र हुनुहुन्थ्यो। (यूह. १३:२-५) सेवाको काममा येशू सँगसँगै हिंड्‌दा चेलाहरूले उहाँलाई प्रभावकारी तरिकामा अरूलाई सत्य सिकाउने अथक कामदारको रूपमा देखे। (लूका ८:१; २१:३७, ३८) सेवाको काममा हामी कसरी लाग्छौं, त्यसले अरूलाई कसरी प्रभाव पार्छ?

२. प्रचारकार्यमा भाग लिंदा हाम्रो भद्र पहिरन र असल बेहोराले कसरी घरधनीमा राम्रो छाप पार्छ?

२ घरधनीहरू: हाम्रो भद्र पहिरन, असल बेहोरा र मानिसहरूमा हामीले देखाउने साँचो चासोले घरधनीहरूलाई ठूलो छाप पार्न सक्छ। (२ कोरि. ६:३; फिलि. १:२७) हामीले बारम्बार बाइबल चलाउने तिनीहरूले याद गर्छन्‌। अरूचाहिं उनीहरूले बोल्दा हामीले ध्यान दिएर सुनेको देखेर प्रभावित हुन्छन्‌। यी क्षेत्रमा असल उदाहरण बसाल्दा मानिसहरू राज्य सन्देशप्रति कसरी खिचिन सक्छन्‌ भन्‍ने कुरालाई कहिल्यै हल्कासित नलिनुहोस्‌।

३. हाम्रा भाइबहिनीहरूमा हामीले कस्तो सकारात्मक प्रभाव पार्न सक्छौं?

३ हाम्रा भाइहरू: हामीले आफ्ना भाइहरूमा पार्न सक्ने असल प्रभावबारे पनि सोच्नुहोस्‌। क्षेत्र सेवाको लागि हाम्रो जोस देखेर अरू पनि जुरमुरिन सक्छन्‌। फलामले फलाम उध्याएझैं राम्ररी तयार पारेको हाम्रो प्रस्तुति हेरेर अरू पनि आफ्नो प्रचार-कला तिखार्न हौसिन्छन्‌। (हितो. २७:१७) चासो देखाएकाहरूको लगनशील भई सही रेकर्ड राख्ने र तुरुन्तै पुनःभेटको लागि जाने गर्दा अरू पनि त्यसै गर्न उत्प्रेरित हुन्छन्‌। सेवाको काममा पूरापूर लाग्दा हाम्रा भाइबहिनीमा सकारात्मक प्रभाव पर्नेछ।—२ तिमो. ४:५.

४. हामीले किन समय-समयमा आफ्नो उदाहरण केलाएर हेर्नुपर्छ?

४ तपाईं के भन्‍नुहुन्छ र गर्नुहुन्छ अनि तपाईंको उदाहरणले अरूमा कस्तो प्रभाव पारिरहेको छ, समय-समयमा केलाएर हेरे कसो होला? हाम्रो असल उदाहरणले यहोवालाई प्रसन्‍न तुल्याउनेछ र हामी पनि प्रेरित पावलका यी शब्दहरू भन्‍न सक्नेछौं: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।”—१ कोरि. ११:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने