बुँदा ६
शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने
युहन्ना १०:३३-३६
सारांश: शास्त्रपद पढेपछि तुरुन्तै अर्को बुँदामा नजानुहोस्। तपाईँले पढ्नुभएको शास्त्रपद र जोड दिन खोज्नुभएको बुँदाबीचको सम्बन्ध श्रोताले बुझे कि बुझेनन्, पक्का गर्नुहोस्।
कसरी गर्न सकिन्छ?
मुख्य शब्दहरू खुट्ट्याउनुहोस्। शास्त्रपद पढेपछि त्यसको जुन भाग मुख्य बुँदासित सम्बन्धित छ, त्यसैमा जोड दिनुहोस्। सम्बन्धित शब्दहरू दोहोऱ्याउनुभयो वा प्रश्न सोध्नुभयो भने श्रोताले मुख्य शब्दहरू खुट्ट्याउन सक्नेछन्।
मुख्य बुँदामा जोड दिनुहोस्। तपाईँले शास्त्रपद पढ्नुको कारणबारे पहिल्यै प्रस्ट पार्नुभएको छ भने शास्त्रपदका मुख्य शब्दहरूले त्यसलाई कसरी समर्थन गर्छ, व्याख्या गर्नुहोस्।
सरल तरिकामा बुझाउनुहोस्। मुख्य बुँदासित कुनै सम्बन्ध नभएको भागको व्याख्या नगर्नुहोस्। छलफल गरिएको विषयबारे तपाईँका श्रोतालाई के-कति थाह छ, त्यो विचार गर्नुहोस्। त्यसपछि शास्त्रपदको कुरा सरल र स्पष्ट तरिकामा बताउन श्रोतालाई कति जानकारी दिनुपर्छ भनेर निर्णय गर्नुहोस्।