प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • बिल्हाबाट दान र नप्तालि जन्मन्छन्‌ (१-८)

      • जिल्पाहबाट गाद र असेर जन्मन्छन्‌ (९-१३)

      • लेआबाट इस्साकार र जबुलुन जन्मन्छन्‌ (१४-२१)

      • राहेलबाट युसुफ जन्मन्छ (२२-२४)

      • याकुबको वस्तुभाउ धेरै हुन्छ (२५-४३)

उत्पत्ति ३०:३

मार्जिनल रेफरेन्स

  • +उत्प २९:२९

उत्पत्ति ३०:४

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२२

उत्पत्ति ३०:६

फुटनोट

  • *

    यसको अर्थ हो, “न्यायाधीश।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२५; ४६:२३; ४९:१६

उत्पत्ति ३०:८

फुटनोट

  • *

    यसको अर्थ हो, “मेरो कुस्ती।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२५; ४६:२४; ४९:२१; व्य ३३:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००२, पृ. २९-३०

उत्पत्ति ३०:९

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२६

उत्पत्ति ३०:११

फुटनोट

  • *

    यसको अर्थ हो, “ठूलो आशिष्‌!”

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१९; गन ३२:३३

उत्पत्ति ३०:१३

फुटनोट

  • *

    यसको अर्थ हो, “सुखी, सुख।”

मार्जिनल रेफरेन्स

  • +लुका १:४६, ४८
  • +उत्प ३५:२६; ४६:१७; ४९:२०; व्य ३३:२४

उत्पत्ति ३०:१४

फुटनोट

  • *

    एक किसिमको कन्दमूल, जसले गर्भधारण गर्ने क्षमता बढाउँछ भन्‍ने विश्‍वास गरिन्थ्यो।

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २८

उत्पत्ति ३०:१५

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २८

उत्पत्ति ३०:१८

फुटनोट

  • *

    यसको अर्थ हो, “ऊ मेरो ज्याला हो।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२३; ४६:१३; ४९:१४; व्य ३३:१८

उत्पत्ति ३०:१९

मार्जिनल रेफरेन्स

  • +रुथ ४:११

उत्पत्ति ३०:२०

फुटनोट

  • *

    यसको अर्थ हो, “स्विकार्नु।”

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३२
  • +उत्प ३५:२३; ४६:१५; भज १२७:३
  • +उत्प ४६:१४; ४९:१३; व्य ३३:१८

उत्पत्ति ३०:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:१

उत्पत्ति ३०:२२

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३१

उत्पत्ति ३०:२३

मार्जिनल रेफरेन्स

  • +लुका १:२४, २५

उत्पत्ति ३०:२४

फुटनोट

  • *

    योसिपियाह नामको छोटो रूप। यसको अर्थ हो, “याहले थपिदेऊन्‌ (बढाइदेऊन्‌)।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:२४; ४५:४; व्य ३३:१३; प्रे ७:९

उत्पत्ति ३०:२५

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१५; ३१:१३

उत्पत्ति ३०:२६

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:४१; होसे १२:१२

उत्पत्ति ३०:२७

फुटनोट

  • *

    वा “प्रमाणहरूबाट।”

उत्पत्ति ३०:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:७

उत्पत्ति ३०:२९

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:३८

उत्पत्ति ३०:३०

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:९, १०

उत्पत्ति ३०:३१

मार्जिनल रेफरेन्स

  • +होसे १२:१२

उत्पत्ति ३०:३२

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. ३०

उत्पत्ति ३०:३४

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. ३०

उत्पत्ति ३०:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. ३०

उत्पत्ति ३०:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. ३०

उत्पत्ति ३०:३८

फुटनोट

  • *

    वा “उत्तेजित होऊन्‌।”

उत्पत्ति ३०:४२

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:९

उत्पत्ति ३०:४३

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:५; ३६:६, ७

अरू

उत्प. ३०:३उत्प २९:२९
उत्प. ३०:४उत्प ३५:२२
उत्प. ३०:६उत्प ३५:२५; ४६:२३; ४९:१६
उत्प. ३०:८उत्प ३५:२५; ४६:२४; ४९:२१; व्य ३३:२३
उत्प. ३०:९उत्प ३५:२६
उत्प. ३०:११उत्प ४९:१९; गन ३२:३३
उत्प. ३०:१३लुका १:४६, ४८
उत्प. ३०:१३उत्प ३५:२६; ४६:१७; ४९:२०; व्य ३३:२४
उत्प. ३०:१४उत्प २९:३२
उत्प. ३०:१५उत्प २९:३०
उत्प. ३०:१८उत्प ३५:२३; ४६:१३; ४९:१४; व्य ३३:१८
उत्प. ३०:१९रुथ ४:११
उत्प. ३०:२०उत्प २९:३२
उत्प. ३०:२०उत्प ३५:२३; ४६:१५; भज १२७:३
उत्प. ३०:२०उत्प ४६:१४; ४९:१३; व्य ३३:१८
उत्प. ३०:२१उत्प ३४:१
उत्प. ३०:२२उत्प २९:३१
उत्प. ३०:२३लुका १:२४, २५
उत्प. ३०:२४उत्प ३५:२४; ४५:४; व्य ३३:१३; प्रे ७:९
उत्प. ३०:२५उत्प २८:१५; ३१:१३
उत्प. ३०:२६उत्प ३१:४१; होसे १२:१२
उत्प. ३०:२८उत्प ३१:७
उत्प. ३०:२९उत्प ३१:३८
उत्प. ३०:३०उत्प ३२:९, १०
उत्प. ३०:३१होसे १२:१२
उत्प. ३०:३२उत्प ३१:७
उत्प. ३०:३४उत्प ३१:८
उत्प. ३०:४२उत्प ३१:९
उत्प. ३०:४३उत्प ३२:५; ३६:६, ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ३०:१-४३

उत्पत्ति

३० आफ्नो एउटै छोराछोरी नभएकोले राहेलले आफ्नी दिदीको डाह गर्न थालिन्‌ र याकुबलाई यसो भनिन्‌: “मलाई पनि छोराछोरी दिनुहोस्‌ नत्र म मर्छु।” २ यो कुरा सुनेर याकुब राहेलसित रिसले झोकिए र यसो भने: “परमेश्‍वरले नै तिम्रो कोख बन्द गरिदिनुभएको छ, तिमी किन मसित गुनासो गर्छ्यौ? के म परमेश्‍वर हुँ र?” ३ त्यसपछि तिनले भनिन्‌: “मेरी दासी बिल्हा+ तपाईँलाई दिन्छु। गएर ऊसित सम्बन्ध राख्नुहोस्‌ र उसले मेरो निम्ति छोराछोरी जन्माओस्‌ अनि ऊमार्फत मेरा पनि सन्तान हुनेछन्‌।” ४ त्यसपछि तिनले आफ्नी दासी बिल्हा याकुबलाई दिइन्‌ र याकुब तिनीसित सुते।+ ५ अनि बिल्हा गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌। ६ तब राहेलले भनिन्‌: “परमेश्‍वरले मेरो न्याय गर्नुभयो। उहाँले मेरो पुकारा सुन्‍नुभयो र मलाई एउटा छोरा दिनुभयो।” त्यसैले तिनले छोराको नाम दान* राखिन्‌।+ ७ राहेलकी दासी बिल्हा फेरि गर्भवती भइन्‌ र याकुबको निम्ति अर्को छोरा जन्माइन्‌। ८ अनि राहेलले भनिन्‌: “मैले भएभरको बल लगाएर दिदीसित कुस्ती लडेँ र अन्तमा मैले पनि जितेँ।” त्यसैले तिनले छोराको नाम नप्तालि* राखिन्‌।+

९ जब लेआले आफ्नो कोख बन्द भएको थाह पाइन्‌, तब तिनले आफ्नी दासी जिल्पाह याकुबलाई दिइन्‌।+ १० अनि लेआकी दासी जिल्पाहले एउटा छोरा जन्माइन्‌। ११ त्यसपछि लेआले भनिन्‌: “मैले कत्ति ठूलो आशिष्‌ पाएँ!” त्यसैले तिनले छोराको नाम गाद* राखिन्‌।+ १२ त्यसपछि लेआकी दासी जिल्पाहले याकुबबाट अर्को छोरा जन्माइन्‌। १३ अनि लेआले भनिन्‌: “म कत्ति सुखी! स्त्रीहरूले मलाई पक्कै सुखी भन्‍नेछन्‌।”+ त्यसैले तिनले उसको नाम असेर* राखिन्‌।+

१४ गहुँ काट्‌ने बेला रुबेन+ खेतमा डुलिरहेका थिए र तिनले त्यहाँ केही दूधेफल* भेट्टाए। तिनले त्यो दूधेफल टिपेर आफ्नी आमा लेआलाई दिए। अनि राहेलले लेआलाई यस्तो आग्रह गरिन्‌: “तपाईँको छोराले ल्याएको दूधेफल मलाई पनि अलिकति दिनुहोस्‌।” १५ तर लेआले तिनलाई यस्तो जवाफ दिइन्‌: “तिमीले मेरो पति त खोस्यौ-खोस्यौ,+ अब मेरो छोराले ल्याएको दूधेफल पनि खोस्छ्यौ?” अनि राहेलले भनिन्‌: “त्यसोभए तपाईँको छोराले ल्याएको दूधेफल मलाई दिनुहोस्‌। त्यसको साटो आजको रात तपाईँ उहाँसित सुत्नुहोस्‌।”

१६ त्यस साँझ याकुब भेडा चराएर फर्कँदै गर्दा लेआ तिनलाई भेट्‌न गइन्‌ र भनिन्‌: “तपाईँले आजको रात मसँग बिताउनुपर्छ। किनभने मेरो छोराले ल्याएको फल दिएर मैले तपाईँलाई भाडामा लिएकी छु।” त्यसैले याकुबले त्यो रात लेआसँग बिताए। १७ परमेश्‍वरले लेआको बिन्ती सुन्‍नुभयो र तिनी गर्भवती भइन्‌। अनि तिनले पाँचौँ छोरा जन्माइन्‌। १८ तब लेआले भनिन्‌: “मैले आफ्नी दासी मेरो पतिलाई दिएँ। त्यसैले परमेश्‍वरले मलाई ज्याला दिनुभएको छ।” त्यसैले तिनले छोराको नाम इस्साकार* राखिन्‌।+ १९ लेआ फेरि गर्भवती भइन्‌ र छैटौँ छोरा जन्माइन्‌।+ २० अनि लेआले भनिन्‌: “परमेश्‍वरले मेरो पोल्टो प्रशस्तगरि भरिदिनुभएको छ। अब भने मेरा पतिले मलाई स्विकार्नुहुनेछ।+ किनभने मैले उहाँको निम्ति छ जना छोरा जन्माइसकेँ।”+ त्यसैले तिनले छोराको नाम जबुलुन* राखिन्‌।+ २१ पछि तिनले एउटी छोरी पनि जन्माइन्‌ र उसको नाम दिना राखिन्‌।+

२२ आखिरमा परमेश्‍वरले राहेललाई सम्झनुभयो र तिनको बिन्ती सुनेर तिनको कोख खोलिदिनुभयो।+ २३ तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌। अनि तिनले भनिन्‌: “परमेश्‍वरले मेरो कलङ्‌क मेटाइदिनुभयो।”+ २४ त्यसैले तिनले छोराको नाम युसुफ* राखिन्‌+ अनि यसो भनिन्‌: “यहोवा परमेश्‍वरले मलाई अर्को एउटा छोरा दिनुभयो।”

२५ राहेलले युसुफलाई जन्माएको केही समय नबित्दै याकुबले लाबानलाई भने: “अब मलाई बिदा दिनुहोस्‌, म आफ्नो घर फर्कन चाहन्छु।+ २६ मलाई मेरा पत्नीहरू अनि मेरा छोराछोरी लैजान दिनुहोस्‌, जसको निम्ति मैले तपाईँको सेवा गरेँ। अब मलाई जान दिनुहोस्‌ किनभने मैले तपाईँकहाँ राम्ररी काम गरेको छु भनेर तपाईँलाई थाहै छ।”+ २७ लाबानले तिनलाई यस्तो जवाफ दिए: “तिम्रै कारणले यहोवा परमेश्‍वरले मलाई आशिष्‌ दिनुभएको छ भनेर मैले शकुनहरू हेरेर* पत्ता लगाएको छु। यदि मैले तिम्रो निगाह पाएको छु भने बिन्ती छ, यहीँ मसँगै बस।” २८ अनि तिनले अझै यसो भने: “बरु ज्याला कति चाहिन्छ, भन। म तिमीले मागेजति दिन्छु।”+ २९ याकुबले तिनलाई भने: “मैले तपाईँकहाँ कति धेरै काम गरेँ अनि तपाईँका वस्तुभाउ कति सप्रेका छन्‌, त्यो तपाईँलाई थाहै छ।+ ३० म आउनुअघि तपाईँका वस्तुभाउ थोरै थिए तर अहिले बढेर असाध्यै धेरै भएका छन्‌। म आएदेखि तपाईँमाथि यहोवा परमेश्‍वरको आशिष्‌को ओइरो लागेको छ। तर मैले आफ्नो परिवारको लागि चाहिँ कहिले बन्दोबस्त मिलाउने?”+

३१ अनि लाबानले भने: “त्यसोभए ल भन, म तिमीलाई के दिऊँ त?” याकुबले जवाफ दिए: “मलाई तपाईँको केही पनि चाहिँदैन। तर तपाईँले मेरो लागि एउटा कुरा गर्नुभयो भने म तपाईँको बगाल चराइरहन्छु अनि तिनीहरूको हेरचाह पनि गरिरहन्छु।+ ३२ आज हामी दुवै गोठमा जाऔँ। त्यसपछि तपाईँले आफ्नो बगालबाट टाटेपाटे र थोप्ले भेडाहरू, गाढा खैरो रङ्‌गका पट्ठो थुमाहरू अनि थोप्ले र टाटेपाटे बाख्रीहरू छुट्ट्याउनुहोस्‌। अबदेखि जन्मने यस्ता भेडाबाख्रा मेरो ज्याला होऊन्‌।+ ३३ अनि कुनै दिन तपाईँ मैले ज्यालास्वरूप लिएको भेडाबाख्रा हेर्न आउनुहुँदा मेरो इमानदारी जाँच्नुहोला। यदि मेरो बगालमा टाटेपाटे र थोप्लेबाहेक अरू रङ्‌गका बाख्री भेटिए अनि गाढा खैरोबाहेक अरू रङ्‌गका पट्ठो थुमा भेटिए भने ती सबै मैले चोरेको ठहरिऊन्‌।”

३४ लाबानले भने: “हुन्छ, तिमीले भनेझैँ होस्‌।”+ ३५ अनि त्यही दिन लाबानले धर्के र थोप्ले बोकाहरू अनि टाटेपाटे र थोप्ले बाख्रीहरू अलग पारे। तिनले सेतो रङ्‌गको सानो थोप्लो भएकाहरूलाई समेत अलग पारे। तिनले गाढा खैरो रङ्‌गका पट्ठो थुमाहरूलाई पनि छुट्ट्याए। त्यसपछि तिनले ती सबै आफ्ना छोराहरूको जिम्मा लगाए। ३६ त्यसपछि लाबानले आफ्नो बगाललाई त्यहाँबाट हिँडेर तीन दिन लाग्ने ठाउँमा पठाए। अनि याकुबले लाबानको बाँकी बगाल चराउन थाले।

३७ याकुबले भर्खरै काटिएका जामुन, हाडे बदाम र कटुसको रूखका हाँगाहरू लिए अनि ती हाँगाहरूको भित्र भएको सेतो भाग देखिनेगरि ठाउँठाउँमा बोक्रा ताछेर ती हाँगाहरूलाई टाटेपाटे बनाए। ३८ त्यसपछि तिनले ती हाँगाहरूलाई भेडाबाख्राले पानी खाने कुलो र डुँडमा राखे। ती भेडाबाख्रा पानी खान आउँदा तिनीहरू हाँगाहरूको सामने बाली लागून्‌* भनेर तिनले त्यसो गरेका थिए।

३९ हुन पनि ती हाँगाहरू राखिएको कुलोमा पानी खान आउनेजति सबै भालेपोथी बाली लाग्थे र तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठी ब्याउँथे। ४० त्यसपछि याकुबले यी पाठापाठीलाई अलग्गै राखे। अनि लाबानको भेडाबाख्रालाई चाहिँ धर्के र गाढा खैरो रङ्‌गका भेडाबाख्रा भएतिर फर्काइदिए। अनि तिनले आफ्नो भागमा परेका भेडाबाख्रालाई लाबानका भेडाबाख्राबाट छुट्ट्याए, तिनीहरूलाई मिसाएनन्‌। ४१ अनि बलिया-बलिया भेडाबाख्रा बाली लाग्ने बेला हुँदा याकुबले पानी खाने कुलोमा ती हाँगाहरू राखिदिन्थे र भेडाबाख्रा ती हाँगाहरूको सामने बाली लाग्थे। ४२ तर कमजोर भेडाबाख्रा बाली लाग्ने बेलामा चाहिँ याकुबले त्यहाँ ती हाँगाहरू राख्दैनथे। यसरी बलिया भेडाबाख्रा सबै याकुबका अनि कमजोर भेडाबाख्राचाहिँ लाबानका भए।+

४३ यसरी याकुब अत्यन्तै धनी भए। तिनीसँग भेडाबाख्रा, नोकरचाकर, उँट र गधाहरू प्रशस्तै भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने