प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युबको सत्यनिष्ठा र सम्पन्‍नता (१-५)

      • सैतान अय्युबको नियतमा शङ्‌का गर्छ (६-१२)

      • अय्युब आफ्नो सरसम्पत्ति र छोराछोरी गुमाउँछन्‌ (१३-१९)

      • अय्युब परमेश्‍वरलाई दोष लगाउँदैनन्‌ (२०-२२)

अय्युब १:१

फुटनोट

  • *

    यसको अर्थ “घृणाको पात्र” हुन सक्छ।

  • *

    वा “तिनी निर्दोष र सोझो जीवन बिताउँथे।”

मार्जिनल रेफरेन्स

  • +इज १४:१४; या ५:१०, ११
  • +उत्प ६:९
  • +अय्यु २:३

अय्युब १:३

फुटनोट

  • *

    शा., “५०० जोडी गाईवस्तु।”

  • *

    अर्थात्‌, कनानको उत्तर-पूर्वतिरका।

अय्युब १:४

फुटनोट

  • *

    वा “तोकिएको दिनमा।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ३

अय्युब १:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ८:२०; १२:७, ८
  • +उत्प १८:१७, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००९, पृ. १७

    ८/१/२००१, पृ. २०

अय्युब १:६

फुटनोट

  • *

    वा “स्वर्गदूतहरू।”

मार्जिनल रेफरेन्स

  • +उत्प ६:२; व्य ३३:२; अय्यु ३८:७
  • +१रा २२:१९; भज १०३:२०; दा ७:१३
  • +जक ३:१; मत्ति ४:१, ३; लुका २२:३१; युह १३:२; प्रका १२:९
  • +अय्यु २:१-३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ३-४

    ११/१/१९९४, पृ. १८

अय्युब १:७

मार्जिनल रेफरेन्स

  • +१प ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ४

    ११/१/१९९४, पृ. १८

    पार्थिव प्रमोदवन, पृ. १०७

अय्युब १:८

मार्जिनल रेफरेन्स

  • +उत्प ६:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १२४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१९, पृ. ४

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. १८

अय्युब १:९

मार्जिनल रेफरेन्स

  • +प्रका १२:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. १८

    पार्थिव प्रमोदवन, पृ. १०७-१०८

अय्युब १:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१; ३१:७
  • +उत्प २६:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. १८

    पार्थिव प्रमोदवन, पृ. १०७-१०८

अय्युब १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३४

    प्रहरीधरहरा,

    ४/१/२००९, पृ. ११

अय्युब १:१२

मार्जिनल रेफरेन्स

  • +अय्यु २:७

अय्युब १:१३

मार्जिनल रेफरेन्स

  • +अय्यु १:४

अय्युब १:१६

फुटनोट

  • *

    वा सम्भवतः “बिजुली चम्कियो।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. १८-१९

अय्युब १:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ११:२८

अय्युब १:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१९; भज ४९:१७; उप ५:१५; १२:७; १ ति ६:७
  • +उप ५:१९; या १:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ४

    प्रहरीधरहरा,

    ९/१/२००६, पृ. १०

    ४/१/२००६, पृ. ४

अरू

अय्यु. १:१इज १४:१४; या ५:१०, ११
अय्यु. १:१उत्प ६:९
अय्यु. १:१अय्यु २:३
अय्यु. १:५उत्प ८:२०; १२:७, ८
अय्यु. १:५उत्प १८:१७, १९
अय्यु. १:६उत्प ६:२; व्य ३३:२; अय्यु ३८:७
अय्यु. १:६१रा २२:१९; भज १०३:२०; दा ७:१३
अय्यु. १:६जक ३:१; मत्ति ४:१, ३; लुका २२:३१; युह १३:२; प्रका १२:९
अय्यु. १:६अय्यु २:१-३
अय्यु. १:७१प ५:८
अय्यु. १:८उत्प ६:९
अय्यु. १:९प्रका १२:१०
अय्यु. १:१०उत्प १५:१; ३१:७
अय्यु. १:१०उत्प २६:१२
अय्यु. १:१२अय्यु २:७
अय्यु. १:१३अय्यु १:४
अय्यु. १:१७उत्प ११:२८
अय्यु. १:२१उत्प ३:१९; भज ४९:१७; उप ५:१५; १२:७; १ ति ६:७
अय्यु. १:२१उप ५:१९; या १:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब १:१-२२

अय्युब

१ उज भन्‍ने देशमा अय्युब*+ नाम गरेका मानिस बस्थे। तिनी निर्दोष र सत्यनिष्ठ थिए।*+ तिनी परमेश्‍वरको डर मान्थे र खराब कुराहरूबाट टाढै बस्थे।+ २ तिनका सात छोरा र तीन छोरी थिए। ३ तिनका ७ हजार भेडा, ३ हजार उँट, १ हजार गाईवस्तु* र ५०० गधैनी थिए। अनि धेरै नोकरचाकर पनि थिए। त्यसैले तिनी पूर्वतिरका* मानिसहरूमध्ये सबैभन्दा धनी थिए।

४ तिनका छोराहरूले पालैपालो* आफ्नो घरमा भोज दिने गर्थे। उनीहरू आफ्ना तीन जना दिदीबहिनीलाई पनि सँगै खानपिन गर्न बोलाउँथे। ५ आफ्ना सबै छोराको भोज दिने पालो सिद्धिएपछि अय्युब आफ्ना छोराछोरीलाई बोलाउँथे र उनीहरूलाई चोख्याउँथे। तिनी बिहान सबेरै उठ्‌थे र प्रत्येक छोराछोरीको लागि अग्निभेटी* चढाउँथे।+ किनभने अय्युब यस्तो सोच्ने गर्थे: “कतै मेरा छोराछोरीले पाप गरे कि वा मनमनै परमेश्‍वरको अपमान पो गरे कि?” तिनी सधैँ यसै गर्थे।+

६ एकदिन साँचो परमेश्‍वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+

७ यहोवाले सैतानलाई सोध्नुभयो: “तँ कहाँ पुगेर आइस्‌?” सैतानले यहोवालाई जवाफ दियो: “पृथ्वीको चारैतिर घुमफिर गरेर आएँ।”+ ८ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्‌? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।” ९ तब सैतानले यहोवालाई जवाफ दियो: “अय्युबले विनास्वार्थ तपाईँको डर मानेको हो र?+ १० तपाईँले उसलाई, उसको घरपरिवारलाई र ऊसँग भएका सबै कुरालाई चारैतिरबाट रक्षा गर्नुभएको छैन र?+ तपाईँले उसको फलिफाप गराउनुभएको छ+ र उसको वस्तुभाउ बढेर अनगिन्ती भएका छन्‌। ११ तर एक चोटि आफ्नो हात पसारेर ऊसँग भएको सबै कुरा खोसेर त हेर्नुहोस्‌। उसले तपाईँकै मुखको सामुन्‍ने तपाईँलाई सराप्नेछ।” १२ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “हुन्छ, त्यसोभए अय्युबसँग भएको सबै कुरा तेरै हातमा दिन्छु। केवल उसको शरीरलाई चाहिँ केही हानि नगर्‌।” तब सैतान यहोवाको सामनेबाट गयो।+

१३ एकदिन अय्युबका छोराछोरी आफ्नो जेठो दाइको घरमा भेला भएका थिए। तिनीहरू खाँदै र रक्सी पिउँदै थिए।+ १४ त्यसै दिन एक जना मानिस यस्तो सन्देश लिएर अय्युबकहाँ आयो: “गोरुहरू जोतिरहेका थिए र नजिकै गधाहरू पनि चरिरहेका थिए। १५ अचानक सबाका मानिसहरूले आक्रमण गरे र ती सबै लिएर गए। तिनीहरूले तपाईँका नोकरचाकरलाई तरबारले मारे। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

१६ ऊ बोल्दाबोल्दै अर्को एक जना अय्युबकहाँ आयो र यसो भन्यो: “आकाशबाट परमेश्‍वरको आगो बर्सियो* अनि त्यसले भेडाको बथान र गोठालाहरूलाई भस्म पाऱ्‍यो। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

१७ ऊ बोल्दाबोल्दै अर्को एक जना पनि अय्युबकहाँ आयो र यसो भन्यो: “कल्दियालीहरू+ तीन दल बनाएर आक्रमण गर्न आए। तिनीहरूले उँटहरू लगे र तपाईँका नोकरचाकरलाई तरबारले मारे। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

१८ ऊ बोल्दाबोल्दै फेरि अर्को एक जना अय्युबकहाँ आयो र यसो भन्यो: “तपाईँका छोराछोरी आफ्नो जेठो दाइको घरमा खाँदै र पिउँदै थिए। १९ एक्कासि मरुभूमिबाट ठूलो हुरी आयो र त्यसले घरलाई गर्ल्यामगुर्लुम ढाल्यो अनि तपाईँका सबै छोराछोरी मारिए। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

२० यो सुनेर अय्युब उठे। तिनले आफ्नो लुगा च्याते र कपाल खौरे। त्यसपछि भुईँमा घोप्टो परेर २१ यसो भने:

“आमाको गर्भबाट म नाङ्‌गै आएँ

र नाङ्‌गै फर्केर जानेछु।+

यहोवाले दिनुभयो+ र यहोवाले नै लानुभयो।

यहोवाको नामको सधैँ प्रशंसा होस्‌।”

२२ यी सबै भोगेर पनि अय्युबले परमेश्‍वरविरुद्ध पाप गरेनन्‌ वा आफूले भोगेको अन्यायको दोष परमेश्‍वरलाई लगाएनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने