प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • एलिहु परमेश्‍वरको पक्षमा बोल्छन्‌ (१-३७)

        • परमेश्‍वरले तिनको पक्षमा न्याय गर्नुभएन भनेर अय्युबले बताए (५)

        • साँचो परमेश्‍वरले कहिल्यै दुःख दिनुहुन्‍न (१०)

        • अय्युबमा बुद्धिको कमी देखिन्छ (३५)

अय्युब ३४:५

मार्जिनल रेफरेन्स

  • +अय्यु २९:१४; ३३:९
  • +अय्यु २७:२

अय्युब ३४:६

मार्जिनल रेफरेन्स

  • +अय्यु ९:१७, १८

अय्युब ३४:७

फुटनोट

  • *

    शा., “अपमानलाई पानीझैँ पिउने।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ५-६

अय्युब ३४:८

मार्जिनल रेफरेन्स

  • +हित १:१०, १५; ४:१४

अय्युब ३४:९

मार्जिनल रेफरेन्स

  • +अय्यु ९:२२-२४; ३५:३

अय्युब ३४:१०

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४; रोमी ९:१४; हिब्रू ६:१०
  • +उत्प १८:२५; २इ १९:७; भज ९२:१५

अय्युब ३४:११

मार्जिनल रेफरेन्स

  • +१इ २८:९; भज ६२:१२; हित २४:१२; यर्मि ३२:१९; इज ३३:२०; रोमी २:६; २कोरि. ५:१०; गला ६:७; १प १:१७; प्रका २२:१२

अय्युब ३४:१२

मार्जिनल रेफरेन्स

  • +या १:१३
  • +भज ८९:१४; ९७:२; ९९:४; रोमी २:११

अय्युब ३४:१४

मार्जिनल रेफरेन्स

  • +भज १०४:२९; उप १२:७; यसै ४२:५; प्रे १७:२५

अय्युब ३४:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१९; भज १४६:४; उप ३:२०

अय्युब ३४:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२८; उप ८:२-४; १०:२०

अय्युब ३४:१९

मार्जिनल रेफरेन्स

  • +व्य १०:१७; २इ १९:७; प्रे १०:३४; रोमी २:११; एफि ६:९
  • +अय्यु ३१:१३-१५; हित २२:२

अय्युब ३४:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:२९; भज ७३:३, १९; दा ५:३०; प्रे १२:२१-२३
  • +१स २५:३८

अय्युब ३४:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ६:५; २इ १६:९; अय्यु ३१:४; हित ५:२१; १५:३; यर्मि १६:१७; ३२:१९; १प ३:१२

अय्युब ३४:२२

मार्जिनल रेफरेन्स

  • +भज १३९:११, १२; यसै २९:१५; यर्मि २३:२४; आमो ९:३; हिब्रू ४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१७, पृ. १०-११

अय्युब ३४:२४

मार्जिनल रेफरेन्स

  • +इज २१:२६, २७; दा २:२१; ४:२५

अय्युब ३४:२५

मार्जिनल रेफरेन्स

  • +होसे ७:२
  • +१स ४:१७; दा ५:३०

अय्युब ३४:२६

मार्जिनल रेफरेन्स

  • +गन १२:१०

अय्युब ३४:२७

मार्जिनल रेफरेन्स

  • +१स १५:११
  • +भज २८:५

अय्युब ३४:२८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२२, २३; या ५:४

अय्युब ३४:३०

फुटनोट

  • *

    वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु १३:१६; २७:८

अय्युब ३४:३१

मार्जिनल रेफरेन्स

  • +दा ९:७; रोमी ३:२३

अय्युब ३४:३५

मार्जिनल रेफरेन्स

  • +अय्यु ३५:१६; ३८:२; ४२:३

अय्युब ३४:३६

फुटनोट

  • *

    वा सम्भवतः “हे बुबा, अय्युबको जाँच होस्‌।”

अय्युब ३४:३७

मार्जिनल रेफरेन्स

  • +अय्यु १०:१; १९:६
  • +अय्यु ३५:२

अरू

अय्यु. ३४:५अय्यु २९:१४; ३३:९
अय्यु. ३४:५अय्यु २७:२
अय्यु. ३४:६अय्यु ९:१७, १८
अय्यु. ३४:८हित १:१०, १५; ४:१४
अय्यु. ३४:९अय्यु ९:२२-२४; ३५:३
अय्यु. ३४:१०व्य ३२:४; रोमी ९:१४; हिब्रू ६:१०
अय्यु. ३४:१०उत्प १८:२५; २इ १९:७; भज ९२:१५
अय्यु. ३४:१११इ २८:९; भज ६२:१२; हित २४:१२; यर्मि ३२:१९; इज ३३:२०; रोमी २:६; २कोरि. ५:१०; गला ६:७; १प १:१७; प्रका २२:१२
अय्यु. ३४:१२या १:१३
अय्यु. ३४:१२भज ८९:१४; ९७:२; ९९:४; रोमी २:११
अय्यु. ३४:१४भज १०४:२९; उप १२:७; यसै ४२:५; प्रे १७:२५
अय्यु. ३४:१५उत्प ३:१९; भज १४६:४; उप ३:२०
अय्यु. ३४:१८प्रस्थ २२:२८; उप ८:२-४; १०:२०
अय्यु. ३४:१९व्य १०:१७; २इ १९:७; प्रे १०:३४; रोमी २:११; एफि ६:९
अय्यु. ३४:१९अय्यु ३१:१३-१५; हित २२:२
अय्यु. ३४:२०प्रस्थ १२:२९; भज ७३:३, १९; दा ५:३०; प्रे १२:२१-२३
अय्यु. ३४:२०१स २५:३८
अय्यु. ३४:२१उत्प ६:५; २इ १६:९; अय्यु ३१:४; हित ५:२१; १५:३; यर्मि १६:१७; ३२:१९; १प ३:१२
अय्यु. ३४:२२भज १३९:११, १२; यसै २९:१५; यर्मि २३:२४; आमो ९:३; हिब्रू ४:१३
अय्यु. ३४:२४इज २१:२६, २७; दा २:२१; ४:२५
अय्यु. ३४:२५होसे ७:२
अय्यु. ३४:२५१स ४:१७; दा ५:३०
अय्यु. ३४:२६गन १२:१०
अय्यु. ३४:२७१स १५:११
अय्यु. ३४:२७भज २८:५
अय्यु. ३४:२८प्रस्थ २२:२२, २३; या ५:४
अय्यु. ३४:३०अय्यु १३:१६; २७:८
अय्यु. ३४:३१दा ९:७; रोमी ३:२३
अय्यु. ३४:३५अय्यु ३५:१६; ३८:२; ४२:३
अय्यु. ३४:३७अय्यु १०:१; १९:६
अय्यु. ३४:३७अय्यु ३५:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब ३४:१-३७

अय्युब

३४ अनि एलिहुले यसो भनेर आफ्नो कुरा अघि बढाए:

 २ “ए बुद्धिमान्‌ मानिस हो, मेरो कुरा सुन्‍नुहोस्‌।

ए बुज्झकी मानिस हो, मेरो कुरामा कान थाप्नुहोस्‌।

 ३ जसरी जिब्रोले खानेकुरा चाख्छ,

त्यसैगरि कानले पनि सुनेको कुरा जाँच्छ।

 ४ त्यसैले आउनुहोस्‌, के सही छ, फैसला गरौँ।

अनि के उचित छ, सँगै बसेर निर्णय गरौँ।

 ५ किनकि अय्युबले यसो भन्‍नुभयो, ‘म निर्दोष छु+

तैपनि परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएन।+

 ६ ममाथि अन्याय भयो भनेर के मैले झूट बोलेको हुँ र?

मैले कुनै गल्ती गरेको छैनँ तैपनि म असह्‍य पीडा भोग्दै छु।’+

 ७ घोर अपमान हुँदा समेत चुपचाप बस्ने*

अय्युबजस्तो त को होला र?

 ८ उहाँ त गलत काम गर्नेहरूसित उठबस गर्नुहुन्छ।+

उहाँ दुष्टहरूसित लाग्नुभएको छ।

 ९ उहाँले यसो भन्‍नुभयो, ‘परमेश्‍वरलाई खुसी पारेर

मानिसले के पाउँछ र?’+

१० त्यसैले हे समझदार मानिसहरू हो, यो कुरा याद राख्नुहोस्‌:

साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न,+

सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।+

११ उहाँ मानिसलाई त्यसको कामअनुसार इनाम दिनुहुन्छ+

र त्यसले गरेको गलत निर्णयको नतिजा भोग्नदेखि रोक्नुहुन्‍न।

१२ परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न;+

सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्‍न।+

१३ कसले उहाँलाई पृथ्वीको रेखदेख गर्न खटायो?

सारा संसारमाथि शासन गर्न कसले उहाँलाई नियुक्‍त गऱ्‍यो?

१४ उहाँले मानिसहरूमाथि आफ्नो नजर लगाएर

तिनीहरूको जीवन र सास खोस्नुभयो भने+

१५ सबै मानिस सखाप हुनेछन्‌

र सारा मानिसजाति माटोमा मिल्नेछ।+

१६ त्यसैले तपाईँ समझदार हुनुहुन्छ भने

मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस्‌।

१७ के न्याय मन नपराउने व्यक्‍ति न्यायासनमा बस्नु ठीक हो?

वा उच्च ओहदामा बस्ने धर्मी व्यक्‍तिको विरोध गर्नु तपाईँलाई ठीक लाग्छ?

१८ के तपाईँ राजालाई ‘ए नालायक’ भन्‍नुहुन्छ?

वा सबैको सम्मान पाएको मानिसलाई ‘ए दुष्ट’ भन्‍नुहुन्छ?+

१९ ठूलाबडाहरूको पक्ष नलिने

बरु धनी-गरिब दुवैलाई समान व्यवहार गर्ने एक जना हुनुहुन्छ।+

तिनीहरू सबै उहाँकै हातका कामहरू हुन्‌।+

२० तिनीहरू त मध्यरातमा अचानक मर्छन्‌।+

तिनीहरू थरथर काँप्छन्‌ र मर्छन्‌।

उच्च ओहदामा भएकाहरूसमेत ओहदाबाट हटाइन्छन्‌ र यसमा मानिसको कुनै हात हुँदैन।+

२१ किनकि परमेश्‍वरको नजर मानिसमाथि रहन्छ।+

त्यसका सबै चाल उहाँ देख्नुहुन्छ।

२२ दुष्ट काम गर्नेहरू घोर अन्धकार वा गहिरो खाडलमा समेत

उहाँको नजरबाट लुक्न सक्दैनन्‌।+

२३ किनकि कुनै पनि मानिसको न्याय गर्न

परमेश्‍वरले पहिल्यै तारिख दिइरहनुपर्दैन।

२४ अधिकार पाएको व्यक्‍तिलाई ओहदाबाट हटाएर अर्कोलाई नियुक्‍त गर्न

परमेश्‍वरले छानबिन गरिरहनुपर्दैन।+

२५ किनकि तिनीहरूको सबै काम उहाँलाई थाह छ।+

रातमा उहाँ तिनीहरूलाई ओहदाबाट हटाउनुहुन्छ र तिनीहरूको पतन हुन्छ।+

२६ तिनीहरूले गरेको दुष्ट कामको दण्ड

उहाँ सबैले देख्नेगरि दिनुहुन्छ।+

२७ किनकि तिनीहरू उहाँको मार्गबाट तर्केका छन्‌+

र उहाँका आज्ञाहरूलाई हल्कासित लिन्छन्‌।+

२८ तिनीहरूले गर्दा गरिबहरू उहाँलाई पुकार्न बाध्य हुन्छन्‌

र असहायको रोदन उहाँको कानमा पर्छ।+

२९ परमेश्‍वरले जवाफ नदिँदा कसले उहाँलाई औँला ठड्‌याउन सक्छ र?

उहाँले आफ्नो अनुहार लुकाउनुहुँदा कसले उहाँलाई देख्न सक्छ र?

चाहे त्यो मानिस होस्‌ वा सिङ्‌गो जाति, उहाँ त्यसै गर्नुहुन्छ

३० ताकि भक्‍तिहीन* मानिसले शासन गर्न नपाओस्‌+

र मानिसहरूलाई पासोमा नपारोस्‌।

३१ कसैले पनि परमेश्‍वरलाई यसो भन्‍न सक्दैन:

‘मैले गल्ती नै नगरे पनि तपाईँले मलाई सजाय दिनुभयो।+

३२ मैले के बिराएँ, मलाई देखाइदिनुहोस्‌

र म त्यो दोहोऱ्‍याउनेछैनँ।’

३३ उहाँको निसाफ तपाईँलाई चित्त बुझेन भन्दैमा तपाईँको मागअनुसारै उहाँले न्याय गर्नुपर्छ र?

यसबारे तपाईँ आफैले निर्णय गर्नुपर्छ, मैले होइन।

तपाईँलाई सबथोक थाह छ भने लौ मलाई पनि बताउनुहोस्‌।

३४ मेरो कुरा सुन्‍ने बुद्धिमान्‌ जोसुकैले

अनि समझदार जोसुकैले मलाई यसो भन्‍नेछ:

३५ ‘अय्युब हावामा बोल्नुहुन्छ,+

उहाँको बोलीमा बुद्धिको कमी देखिन्छ।’

३६ अय्युबको पूरा जाँच होस्‌।*

किनकि उहाँ दुष्ट मानिसले जस्तो जवाफ दिनुहुन्छ।

३७ पाप गरिसकेर उहाँ अझै परमेश्‍वरको विद्रोह पनि गर्दै हुनुहुन्छ।+

उहाँ खिल्ली उडाउँदै ताली पिट्‌नुहुन्छ

र साँचो परमेश्‍वरलाई दोष लगाउन छोड्‌नुहुन्‍न।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने