भजनसङ्ग्रह
निर्देशकलाई; कोरहवंशीको+ एउटा भजन।
४९ हे सबै मानिस हो, कान थापेर सुन।
संसारका समस्त बासिन्दा हो, ध्यान दिएर सुन।
२ साना र ठूला,
धनी र गरिब सबैले सुन।
३ मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ,
मेरो मनको चिन्तनले+ समझ प्रकट गर्नेछ।
४ बुद्धिले भरिएको उपदेशमा म ध्यान दिनेछु;
वीणा बजाएर म उखानको अर्थ खोल्नेछु।
५ दुःखको दिन आउँदा
र मेरो विनाश भएको हेर्न चाहने मानिसहरूको कुकर्मले घेरिँदा म किन डराउने?+
७ तिनीहरूमध्ये कसैले पनि मोल तिरेर आफ्नो भाइलाई छुटाउन सक्दैन;
परमेश्वरलाई उसको फिरौतीको मोल तिनीहरूले तिर्न सक्दैनन्।+
८ (उनीहरूको जीवनको फिरौतीको मोल असाध्यै धेरै छ,
तिनीहरूले त्यो कहिल्यै तिर्न सक्दैनन्);
९ यस्तो कोही मानिस छैन, जो सधैँ बाँचिरहन्छ र जसले चिहान देख्नु पर्दैन।+
१० तिनीहरूले बुद्धिमान् मानिस पनि मरेको देख्छन्;
मूर्ख र बेसमझ मानिस पनि सँगै नाश भएर जान्छन्,+
उनीहरूको धनसम्पत्ति अरूकै हुनेछ।+
११ आफ्नो निवास सदा रहिरहोस् भन्ने उनीहरू चाहन्छन्,
आफ्नो निवासस्थान पुस्तौँसम्म रहिरहोस् भन्ने इच्छा गर्छन्।
उनीहरूले आफ्नै नामबाट आफ्नो ठाउँको नाम राखेका छन्।
१३ मूर्ख मानिसहरूको अवस्था यस्तै हुन्छ।+
तिनीहरूको पछि लाग्ने र तिनीहरूको फोस्रो कुरामा रमाउनेहरूको अवस्था पनि यस्तै हुन्छ। (सेला)
१४ तिनीहरू भेडाझैँ मारिनेछन् र चिहानमा* पुग्नेछन्।
मृत्यु तिनीहरूको गोठालो हुनेछ;
निर्दोष मानिसहरूले बिहान तिनीहरूलाई अधीन गर्नेछन्।+
तिनीहरूको सम्झना बिस्तारै हराएर जानेछ;+
१५ तर परमेश्वरले मलाई मृत्युको पन्जाबाट मोल तिरेर छुटाउनुहुनेछ,+
उहाँले मलाई बलियो गरी समाउनुहुनेछ। (सेला)
१६ मानिसले प्रशस्त धनसम्पत्ति कमाएको देखेर
अनि उसको गौरव बढेको देखेर नडराऊ।
१९ तर अन्तमा ऊ पनि आफ्नो पितापुर्खासँगै मिल्छ;
उसले फेरि कहिल्यै ज्योति देख्नेछैन।
२० यो कुरा नबुझ्ने मानिस, चाहे उसले जतिसुकै मानसम्मान कमाएको किन नहोस्,+
ऊ मरिजाने पशुतुल्य हुन्छ।