भजनसङ्ग्रह
आसापले रचेको भजन।+
५० ईश्वरहरूका ईश्वर यहोवा+ बोल्नुभएको छ;
पूर्वदेखि पश्चिमसम्म*
पृथ्वीका सारा मानिसलाई उहाँ हाजिर गराउनुहुन्छ।
२ अतिसुन्दर+ सियोनबाट परमेश्वरले आफ्नो ज्योति चम्काउनुहुन्छ।
३ हाम्रा परमेश्वर आउनुहुनेछ, उहाँ चुप लागेर बस्नुहुनेछैन।+
उहाँको अघिअघि भस्म गर्ने आगो छ+
अनि उहाँको चारैतिर ठूलो हुरीबतास चल्छ।+
५ “मेरा वफादार मानिसहरूलाई मकहाँ भेला गर,
जसले बलिदानको आधारमा मसँग करार गरेका छन्।”+
६ आकाशले परमेश्वरको न्यायको घोषणा गर्छ
किनकि उहाँ स्वयम् न्यायकर्ता हुनुहुन्छ।+ (सेला)
७ “ए मेरा मानिसहरू हो, मेरो कुरा सुन र म बोल्नेछु;
ए इस्राएल, म तेरो विरुद्धमा साक्षी दिनेछु।+
म परमेश्वर हुँ, तेरा परमेश्वर।+
८ तिमीहरूले चढाउने बलिदानको कारण मैले तिमीहरूलाई हप्काएको होइनँ,
तिमीहरूले चढाउने अग्निभेटीको कारण पनि होइन किनकि त्यो त तिमीहरूले सधैँ चढाएकै छौ।+
९ मलाई तिमीहरूको घरको बहर
वा तिमीहरूको गोठको बाख्रा चाहिएको होइन।+
१० किनकि जङ्गलका सबै जनावर मेरै हुन्,+
हजारौँ पहाडमा भएका जन्तुहरू पनि मेरै हुन्।
११ पहाडको हरेक पन्छीबारे म जान्दछु;+
जमिनका अनगिन्ती पशुहरू मेरै हुन्।
१२ मलाई भोक नै लागे पनि म तिमीहरूलाई भन्ने थिइनँ
किनकि उर्वर भूमि र त्यसमा भएका सबै थोक मेरै हुन्।+
१३ म बहरको मासु खान्छु र?
म बाख्राको रगत पिउँछु र?+
१६ तर दुष्टहरूलाई परमेश्वरले भन्नुहुनेछ:
“मेरा आज्ञाहरूबारे कुरा गर्ने+
वा मेरो करारबारे बोल्ने+ तिमीहरूको के अधिकार?
१९ तिमीहरू आफ्नो मुखले दुष्ट कुरा फैलाउँदै हिँड्छौ
अनि तिमीहरूको जिब्रो छलले भरिएको छ।+
२१ तिमीहरूले यी सबै गर्दा पनि म चुपचाप रहेँ,
त्यसैले म पनि तिमीहरूजस्तै छु भनी तिमीहरूले सोच्यौ।
तर अब म तिमीहरूलाई सुधार्छु
अनि तिमीहरूविरुद्ध आफ्नो मामिला पेस गर्छु।+
२२ ए परमेश्वरलाई बिर्सनेहरू हो, एक चोटि यो कुरा विचार गर।+
नत्र भने म तिमीहरूलाई टुक्राटुक्रा पार्नेछु र तिमीहरूलाई बचाउने कोही पनि हुनेछैन।