राज्य प्रचारकहरूका रिपोर्ट
हाम्रो मसीही सेवकाईको शोभा बढ़ाउने चालचलन
प्रेरित पत्रुसले मसीहीहरूलाई नसिहत दिएकाछन्: “अन्य-जातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ।” (१ पत्रुस २:१२) हाम्रो असल चालचलनद्वारा हामी “परमेश्वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा बढ़ाउँछौं” भनी प्रेरित पावलले देखाएकाछन्। (तितस २:१०) असल चालचलनका निम्ति विश्वभरी यहोवाका साक्षीहरू प्रसिद्ध छन्। केही उदाहरणहरूलाई हेर्नुहोस्।
असल चालचलनबारे शिक्षकको अनुभव
◻ वाचटावर सोसाइटीको कोस्टा रिका शाखाबाट आएको रिपोर्ट अनुसार, त्यस देशमा नौजवानहरूको एउटा ठूलो सङ्ख्याले असल चालचलनको उदाहरण कायम गरेकोछ। सच्चाइमा तिनी कसरी आए भनेर एउटा भाइ भन्दछन्। तिनको बयान यस प्रकार छ: “मलाई सबै भन्दा बढ़ी आकर्षित गर्ने कुरा नौजवान र वयस्क दुवैका असल चालचलन थिए तर खासगरी नौजवानहरूका असल चालचलन। शिक्षकको रूपमा काम गर्दा, साक्षीहरूलाई नियालेर हेर्ने मौका मैले स्कूलमा पाउँथिएँ। र यहोवाका साक्षीको एउटा परिवारको घरमा म बस्ने भएकोले, केटा-केटीहरूका चालचलन त्यहाँ पनि हेर्ने गर्थिएँ।
“मेरा स्कूलमा पढ़ने यहोवाका साक्षीहरू र अन्य विद्यार्थीहरू बीचको भिन्नता स्पष्टसित देखिन्थियो। साक्षीहरू सदानै ठीक समयमा आउँथे र सभ्य थिए, झूट कहिले बोल्दैन थिए, र सँधैनै आफ्ना पाठहरू पूरा गर्दथिए। अरू विद्यार्थीहरूले जाँचमा साधारणतया चोरी गरेता पनि, यिनीहरू चाहिं आफ्नो जाँच इमान्दारीपूर्वक दिन्थे। साथै, म शिक्षक भएको हुनाले, म प्रति यिनीहरू धेरै नम्रतापूर्वक आदर देखाउँद थिए। स्कूलमा र म बस्ने गरेको घरका नौजवान साक्षीहरूबाट प्रभावित भएर यस धर्मबारे मैले अनुसन्धान गर्न थालें र अन्ततोगत्वा सच्चाइलाई स्वीकार गरें।”
एउटा सम्मेलनमा असल मसीही चालचलनबाट राम्रो फल प्राप्त हुन्छ
◻ एल साल्भाडोरको पश्चिमी भागको एउटा मण्डलीमा एक जना यहोवाका साक्षीले आफ्नै खास दुईजना भाइहरूसँग सुसमाचारबारे कुरा गर्ने इच्छा गरे। एक जनाले सुने र यहोवाका साक्षीहरूसित बाइबल अध्ययन शुरू गरे। अर्को भाइ चाहिं प्रिन्स आफ पिस भन्ने इभ्यान्जिलिकल गिर्जाका सदस्य थिए, र तिनले आफ्नो भाइलाई भने: “तिमी मसँग कुरै नगर, तिमीले शैतानको स्वार्थपूर्ति गर्दछौ।”
जिल्ला सम्मेलनको समयमा, अध्ययन गरिरहेका भाइले यस भाइलाई सम्मेलनमा जान आमन्त्रण दिए। त्यस भाइले भने: “हुन्छ, मपनि आउँछु; साक्षीहरूको त्रुटिहरू फेलापार्न म त्यहाँ जानेछु।” दुवै भाइहरू सँगै सम्मेलनमा उपस्थित भए। त्यहाँ सम्मेलनमा उपस्थित हुनेहरूको ठूलो सङ्ख्या र त्यहाँको सुव्यवस्था देखेर इभ्यान्जिलिकल भाइ बहुतै प्रभावित भएर भने कि तिनले यस्तो पहिले कहिले देखेकै थिएन। उ घर फर्किए पछि, उसले आफ्नो भाइलाई भने: “हात बढ़ाऊ।” “के कालागि?” भाइले सोधे। “त्यसै तिम्रो हात देऊ न,” तिनले जवाफ दिए। तिनीहरूले हात मिलाए, र इभ्यान्जिलिकल गिर्जामा लागेका भाइले भने: “अब देखि म यहोवाका साक्षीहरूसँगै पढ्छु। मैले आफूलाई कस्तो कुराहरूबाट बञ्चित गराइरहेछु, मलाई थाहै भएन।” अब तिनी पनि परमेश्वरको राज्यको सुसमाचारको सक्रिय र उत्साही प्रचारक भएका छन्। (w91 6/1)