प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जुलाई pp. २२-२६
  • “उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंलाई आनन्दित बनाउने योजनाहरू
  • चेला बनाउने काम—उत्कृष्ट काम
  • तपाईंको योजनाले तपाईंलाई कहाँ डोऱ्‍याउँदै छ?
  • भविष्यको लागि तपाईं कस्तो योजना बनाउनुहुन्छ?
  • पूर्ण-समय सेवाका आनन्दहरू
    हाम्रो राज्य सेवकाई—२००२
  • युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?
    युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?
  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अग्रगामी सेवा—तपाईंको लागि?
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जुलाई pp. २२-२६
एक जना जवान भाइ एउटा हातमा पूर्ण-समय सेवाको आवेदन फाराम र अर्को हातमा विश्‍वविद्यालयको पर्चा बोक्दै

“उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्‌”

“परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।”—भज. ३७:४.

गीत: ८९, १४०

तपाईंको विचार कस्तो छ?

  • कस्ता योजनाले भविष्यमा आनन्दित जीवन बिताउन मदत गर्न सक्छ?

  • पूर्ण-समय सेवामा लाग्दा युवाहरूले कस्ता कुरा सिक्न सक्छन्‌?

  • अग्रगामी सेवा गर्दा कस्ता आशिष्‌ पाइन्छन्‌?

१. युवाहरूले कस्तो निर्णय गर्नुपर्ने हुन्छ? अचाक्ली चिन्ता नगर्न केले मदत गर्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

कुनै यात्रा सुरु गर्नुअघि योजना बनाउनुपर्छ। जीवन पनि एउटा यात्रा हो। जवान छँदै तपाईंले आफ्नो जीवनको गन्तव्य तय गर्नुपर्छ। भन्‍नुको मतलब भविष्यमा के गर्ने भनेर तपाईंले जवान छँदै योजना बनाउनुपर्छ। तर योजना बनाउन सधैं सजिलो हुँदैन। हेदर बहिनी यसो भन्छिन्‌: “हामीले गर्ने निर्णयले पूरै जीवनलाई असर गर्छ। त्यसैले अलि चिन्ता लाग्छ।” तर चिन्ता नगर्नुहोस्‌। यहोवा आफ्ना जनहरूलाई यसो भन्‍नुहुन्छ: “निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।”—यशै. ४१:१०.

२. हामी आनन्दित भएको यहोवा चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौं?

२ सोचविचार गरेर भविष्यको लागि योजना बनाउन यहोवा तपाईंलाई आग्रह गर्नुहुन्छ। (उप. १२:१; मत्ती ६:२०) तपाईं आनन्दित भएको उहाँ चाहनुहुन्छ। त्यसैले उहाँले तपाईंको लागि रमणीय दृश्‍य, सुमधुर आवाज अनि मीठा-मीठा खानेकुरा दिनुभएको छ। यो कुरा पनि विचार गर्नुहोस्‌, उहाँ हाम्रो ख्याल राख्नुहुन्छ र हाम्रो जीवन सुखी होस्‌ भनेर राम्रो कुरा सिकाउनुहुन्छ। यहोवाको सल्लाह नस्विकार्ने मानिसहरूलाई उहाँ यसो भन्‍नुहुन्छ: “जस कुरामा म प्रसन्‍न हुन्‍नँ, त्यही तिमीहरूले गऱ्‍यौ। . . . हेर, मेरा दासहरूले हर्ष मनाउनेछन्‌, तर तिमीहरूचाहिं लाजमा पर्नेछौ। हेर, मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्‌।” (यशै. ६५:१२-१४) यहोवाका जनहरूले सोचविचार गरेर निर्णय गर्दा उहाँको महिमा हुन्छ।—हितो. २७:११.

तपाईंलाई आनन्दित बनाउने योजनाहरू

३. तपाईंले कस्तो योजना बनाएको यहोवा चाहनुहुन्छ?

३ तपाईंले कस्तो योजना बनाएको यहोवा चाहनुहुन्छ? आनन्दित हुन हामीले यहोवाबारे सिक्नुपर्छ अनि वफादार भई उहाँको सेवा गर्नुपर्छ। किनभने उहाँले हामीलाई यसरी नै सृष्टि गर्नुभएको हो। (भज. १२८:१; मत्ती ५:३) अर्कोतर्फ, जीवजन्तुलाई सृष्टि गरिएको तरिका भने फरक छ। तिनीहरू केवल खाने, पिउने अनि बच्चा जन्माउने काम मात्र गर्छन्‌। तर हामी मानिसले भने सुखी अनि अर्थपूर्ण जीवन बिताउन राम्रो योजना बनाएको यहोवा चाहनुहुन्छ। हाम्रो सृष्टिकर्ता यहोवा “प्रेमका परमेश्‍वर” अनि “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। उहाँले मानिसलाई “आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो।” (२ कोरि. १३:११; १ तिमो. १:११; उत्प. १:२७) यस्तो मायालु परमेश्‍वरको अनुकरण गर्नुभयो भने तपाईं आनन्दित हुनुहुनेछ। बाइबल भन्छ: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषि. २०:३५) के तपाईंले यो कुरा आफ्नो जीवनमा अनुभव गर्नुभएको छ? दिनुमा आनन्द छ भन्‍ने सत्यलाई कसैले नकार्न सक्दैन। त्यसैले तपाईंको योजना यहोवा र मानिसप्रतिको प्रेम झल्कने किसिमको होस्‌ भन्‍ने उहाँ चाहनुहुन्छ।—मत्ती २२:३६-३९ पढ्‌नुहोस्‌।

४, ५. येशू किन आनन्दित हुनुहुन्थ्यो?

४ येशू ख्रीष्टले तपाईं युवाहरूको लागि राम्रो उदाहरण बसाल्नुभएको छ। बाइबल भन्छ: ‘हाँस्ने एउटा समय छ, नाच्ने एउटा समय छ।’ (उप. ३:४) सानो छँदा येशू साथीभाइसित खेल्नुभयो होला, रमाइलो गर्नुभयो होला। त्यति मात्र होइन, उहाँ धर्मशास्त्रको गहिरो अध्ययन गर्नुहुन्थ्यो। यसले गर्दा यहोवासित उहाँको राम्रो सम्बन्ध थियो। बाह्र वर्षको उमेरमै उहाँसित धर्मशास्त्रको राम्रो ज्ञान थियो। “उहाँको जवाफ अनि समझशक्‍ति” देखेर मन्दिरका शिक्षकहरू छक्क परेका थिए।—लूका २:४२, ४६, ४७.

५ सानो छँदा मात्र होइन, वयस्क भइसकेपछि पनि येशूले यहोवा जे चाहनुहुन्छ, त्यही गर्नुभयो। यसले गर्दा येशू आनन्दित हुनुभयो। येशूले ‘गरिबहरूलाई सुसमाचार सुनाएको र अन्धाहरूले पाउने दृष्टिबारे प्रचार गरेको’ यहोवा चाहनुहुन्थ्यो। येशूले यहोवाको यो इच्छा पूरा गर्नुभयो। (लूका ४:१८) भजन ४०:८ मा येशूको भावना यसरी व्यक्‍त गरिएको छ: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु।” मानिसहरूलाई आफ्नो बुबा यहोवाबारे सिकाउन पाउँदा येशूलाई खुसी लाग्थ्यो। (लूका १०:२१ पढ्‌नुहोस्‌) साँचो उपासनाबारे एउटी स्त्रीलाई सिकाउनुभएपछि येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।” (यूह. ४:३१-३४) परमेश्‍वर र मानिसहरूलाई प्रेम गरेकोले येशू आनन्दित हुनुभयो। उहाँको अनुकरण गरेर तपाईं पनि आनन्दित हुन सक्नुहुन्छ।

६. आफ्नो योजनाबारे अनुभवी ख्रीष्टियनहरूसित कुरा गर्दा कस्तो फाइदा हुन्छ?

६ युवावस्थामै अग्रगामी सेवा सुरु गर्दा अझ आनन्दित हुन सकेको थुप्रै ख्रीष्टियनले अनुभव गरेका छन्‌। बाइबल भन्छ: “परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्‌, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्‌।” (हितो. १५:२२, NRV) त्यसैले आफ्नो योजनाबारे अनुभवी ख्रीष्टियनहरूसित कुरा गरे कसो होला? पूर्ण-समय सेवामा लाग्दा जीवनभरिलाई फाइदा पुऱ्‍याउने व्यावहारिक कुराहरू सिक्न सकिन्छ भनेर सायद ती ख्रीष्टियनहरूले तपाईंलाई बताउनेछन्‌। स्वर्गमा हुनुहुँदा येशूले आफ्नो बुबाबाट थुप्रै कुरा सिक्नुभयो। पृथ्वीमा आउनुभएपछि पनि येशूले यहोवाबाट सिकिरहनुभयो। जस्तै: मानिसहरूको मनसम्म पुग्नेगरि सिकाउँदा अनि परीक्षाको बेला सत्यनिष्ठा कायम राख्दा अपार आनन्द मिल्छ भनेर उहाँले सिक्नुभयो। (यशैया ५०:४ पढ्‌नुहोस्‌; हिब्रू ५:८; १२:२) आउनुहोस्‌, पूर्ण-समय सेवामा लाग्दा किन आनन्दित हुन सक्छौं, विचार गरौं।

चेला बनाउने काम—उत्कृष्ट काम

७. थुप्रै युवालाई चेला बनाउने काम किन मन पर्छ?

७ येशूले भन्‍नुभयो: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई . . . सिकाओ।” (मत्ती २८:१९, २०) यदि चेला बनाउने कामलाई आफ्नो लक्ष्य बनाउनुभयो भने तपाईंले अपार सन्तुष्टि दिने करिअर रोजिरहनुभएको हुनेछ। किनभने यस्तो सेवाले परमेश्‍वरको महिमा गर्छ। कुनै पनि काममा सिपालु हुन समय लाग्छ। त्यस्तैगरि चेला बनाउने काममा सिपालु हुन पनि समय लाग्छ। हालै अग्रगामी सेवा सुरु गरेका तिमोथी भाइले यसो भने: “पूर्ण-समय सेवा धेरै रमाइलो भइरहेको छ। यहोवालाई कत्ति माया गर्छु भनेर देखाउने मौका पाएको छु। सुरुमा त एउटा पनि बाइबल अध्ययन थिएन। तर अर्को इलाकामा सरेपछि एक महिनाभित्रै केही बाइबल अध्ययन पाएँ। एक जना त मिटिङ पनि आउन थाल्नुभयो। ‘अविवाहित भाइहरूका लागि बाइबल स्कुल’-बाटa दुई महिना तालिम पाएपछि मैले नयाँ असाइनमेन्ट पाएँ। त्यहाँ चार वटा बाइबल अध्ययन सुरु गर्न सकें। मलाई मानिसहरूलाई सिकाउने काम धेरै मन पर्छ। किनभने पवित्र शक्‍तिले मानिसको मन कसरी परिवर्तन गर्छ भनेर आफ्नै आँखाले देख्न सक्छु।”—१ थिस्स. २:१९.

८. केही युवाले चेला बनाउने काममा सक्दो भाग लिन के गरेका छन्‌?

८ केही ख्रीष्टियन युवाले नयाँ भाषा सिकेका छन्‌। उदाहरणको लागि, अमेरिकाका जेकबलाई विचार गर्नुहोस्‌। तिनी यस्तो लेख्छन्‌: “मेरो स्कुलका प्रायजसो साथीहरू भियतनामिज थिए। त्यतिबेला म सात वर्षको थिएँ। तिनीहरूलाई यहोवाको विषयमा बताउन चाहन्थें। त्यसैले भियतनामिज भाषा सिक्ने विचार गरें। भाषा सिक्न प्रायजसो अङ्‌ग्रेजी र भियतनामिज भाषाको प्रहरीधरहरा तुलना गरेर पढ्‌थें। नजिकैको भियतनामिज भाषाको मण्डलीमा साथीहरू पनि बनाएँ। अठाह्र वर्ष पुगेपछि अग्रगामी सेवा सुरु गरें। पछि ‘अविवाहित भाइहरूका लागि बाइबल स्कुल’ पनि गएँ। यो स्कुलले मलाई अहिलेको नयाँ असाइनमेन्टमा निकै मदत गरेको छ। अहिले सेवा गरिरहेको भियतनामिज भाषाको समूहमा म एक जना मात्र एल्डर छु। मानिसहरू मैले तिनीहरूको भाषा सिकेकोमा अचम्म मान्छन्‌। तिनीहरू मलाई आफ्नो घरमा बोलाउँछन्‌। धेरै जनासित बाइबल अध्ययन गर्न सकेको छु। केहीले त बप्तिस्मा पनि गरिसके।”—प्रेषि. २:७, ८ तुलना गर्नुहोस्‌।

९. चेला बनाउने कामले हामीलाई कस्तो कुरा सिकाउँछ?

९ चेला बनाउने कामले कुराकानी गर्ने सीप तिखार्न, काममा लगनशील हुन, आत्मविश्‍वास बढाउन र अरूसित कोमल व्यवहार गर्न अर्थात्‌ सुझबुझ चलाउन सिकाउँछ। (हितो. २१:५; २ तिमो. २:२४) साथै आफूले विश्‍वास गरेको कुरा बाइबलबाटै देखाउन सिकाउँछ र तपाईंलाई अझै आनन्दित बनाउँछ। यहोवासित अझ नजिक भएर काम गर्न पनि सिकाउँछ।—१ कोरि. ३:९.

१०. चासो नदेखाउने मानिसहरू भएको इलाकामा पनि तपाईं कसरी आनन्दित हुन सक्नुहुन्छ?

१० तपाईंको इलाकामा एकदम थोरै मानिस मात्र सुसमाचारमा चासो देखाउँछन्‌ भने पनि तपाईं चेला बनाउने काममा आनन्दित हुन सक्नुहुन्छ। चेला बनाउने काम एक जनाले होइन, सबैले मिलेर गर्ने काम हो। हामी मण्डलीका भाइबहिनीसँगै मिलेर असल हृदय भएका मानिसहरू खोज्छौं। कुनै एक जना भाइ वा बहिनीले मात्र त्यस्तो मानिस भेट्टाउँदा अनि त्यो व्यक्‍ति चेला बन्दा मण्डलीका सबै जना खुसी हुन्छन्‌। उदाहरणको लागि, चासो नदेखाउने मानिसहरू भएको इलाकामा नौ वर्ष सेवा गरेका अग्रगामी भाइ ब्रान्डन यसो भन्छन्‌: “मलाई प्रचारकार्य धेरै मन पर्छ किनभने यहोवाले हामीबाट चाहनुभएको कुरा यही हो। स्कुलको पढाइ सकेलगत्तै मैले अग्रगामी सेवा सुरु गरें। मण्डलीको जवान भाइहरूलाई प्रोत्साहन दिंदा अनि उनीहरूको प्रगति देख्दा खुसी लाग्छ। ‘अविवाहित भाइहरूका लागि बाइबल स्कुल’-बाट फर्केपछि मैले अग्रगामी रूपमा सेवा गर्ने नयाँ असाइनमेन्ट पाएँ। हुन त अहिलेसम्म मैले बप्तिस्मासम्म प्रगति गर्ने मानिस भेट्टाएको छैन तर अरूले भेट्टाएका छन्‌। चेला बनाउने काममा पुरापुर भाग लिने योजना बनाएकोमा म असाध्यै खुसी छु।”—उप. ११:६.

तपाईंको योजनाले तपाईंलाई कहाँ डोऱ्‍याउँदै छ?

११. थुप्रै युवा पवित्र सेवाको कुन पक्षमा भाग लिंदै छन्‌?

११ पवित्र सेवाका विभिन्‍न पक्षमा भाग लिएर हामी यहोवाको सेवा गर्न सक्छौं। उदाहरणको लागि, अहिले सयौं राज्यभवनको तड्‌कारो खाँचो छ। यसको लागि थुप्रै युवा निर्माणकार्यमा मदत गर्दै छन्‌। निर्माणकार्य पवित्र सेवा हो, जसले परमेश्‍वरको महिमा गर्छ र तपाईंलाई आनन्दित बनाउँछ। पवित्र सेवाका अन्य पक्षमा जस्तै निर्माण सेवामा पनि सङ्‌गी दाजुभाइ दिदीबहिनीसित सरसङ्‌गत गरेर तपाईं आनन्दित हुन सक्नुहुन्छ। यस कार्यले सुरक्षामा ध्यान दिएर काम गर्न, लगनशील हुन र निरीक्षकसँग मिलेर काम गर्न सिकाउँछ।

युवावस्थामा पूर्ण-समय सेवामा लाग्दाका रमाइला पलहरू

पूर्ण-समय सेवामा लाग्नेहरूले थुप्रै आशिष्‌ पाउँछन्‌ (अनुच्छेद ११-१३ हेर्नुहोस्‌)

१२. अग्रगामी सेवाले अरू कस्ता सुअवसरको ढोका खोल्छ?

१२ केभिन भाइ यसो भन्छन्‌: “सानै बेलादेखि म पूर्ण-समय सेवा गर्न चाहन्थें। उन्‍नाइस वर्षको उमेरमा अग्रगामी सेवा सुरु गरें। मण्डलीमा एक जना ठेकेदार दाइ हुनुहुन्थ्यो। मैले उहाँकोमा पार्ट-टाइम काम गर्न थालें। छाना अनि झ्याल-ढोकासम्बन्धी काम सिकें। दुई वर्षजति आँधीहुरी प्रभावित क्षेत्रमा गएर राज्यभवनहरू र भाइबहिनीहरूको घर मर्मत गर्न मदत गरें। पछि दक्षिण अफ्रिकामा निर्माण स्वयंसेवकहरूको आवश्‍यकता परेको खबर सुनें। तुरुन्तै त्यसको लागि आवेदन दिएँ र त्यहाँ सेवा गर्ने निम्तो पाएँ। अहिले यहाँ राज्यभवन निर्माणकार्यमा मदत गर्दै छु। केही हप्तामै एउटा परियोजना सिद्धिन्छ अनि फेरि हामी अर्को राज्यभवन बनाउन सरिहाल्छौं। निर्माण समूह मलाई आफ्नो परिवारजस्तै लाग्छ। हामी सँगै बस्छौं, बाइबल अध्ययन गर्छौं र मिलेर काम गर्छौं। म हरेक हप्ता मण्डलीको भाइबहिनीसँगै प्रचारमा जान्छु। सानो बेला बनाएका योजनाहरूले मलाई यत्ति आनन्दित बनाउला भनेर कहिल्यै सोचेको थिइनँ।”

१३. बेथेल सेवा गरिरहेका युवाहरू किन आनन्दित छन्‌?

१३ पूर्ण-समय सेवा गर्ने योजना बनाएका कोही-कोही अहिले बेथेल सेवा गर्दै छन्‌। बेथेलमा गरिने हरेक काम यहोवाको लागि गरिने भएकोले यो एउटा आनन्दित सेवा हो। बेथेल परिवारले आध्यात्मिक भोजन बाँड्‌ने काममा सहयोग गर्छ। बेथेल सेवक भाइ डस्टिन यसो भन्छन्‌: “पूर्ण-समय सेवा गर्ने लक्ष्य मैले नौ वर्षको उमेरदेखि नै राखेको थिएँ। स्कुल सकेपछि अग्रगामी सेवा सुरु गरें। त्यसको साढे एक वर्षपछि बेथेल सेवा गर्ने निम्तो पाएँ। त्यहाँ छपाइ मेसिन चलाउन र पछि कम्प्युटरसम्बन्धी काम गर्न सिकें। संसारभरि चेला बनाउने काममा कस्तो प्रगति हुँदै छ भनेर सुन्‍न पाउँदा आनन्द लाग्छ। मलाई यो सेवा एकदमै मन पर्छ किनभने यसले मानिसहरूलाई यहोवासित नजिक हुन मदत गर्छ।”

भविष्यको लागि तपाईं कस्तो योजना बनाउनुहुन्छ?

१४. पूर्ण-समय सेवामा लाग्न तपाईं कस्तो तयारी गर्न सक्नुहुन्छ?

१४ पूर्ण-समय सेवामा लाग्न तपाईं कस्तो तयारी गर्न सक्नुहुन्छ? पूर्ण-समय सेवामा सफल हुन मदत गर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा ख्रीष्टियन गुण हो। त्यसैले लगनशील भई बाइबलको अध्ययन गर्नुहोस्‌, त्यसको अर्थमा मनन गर्नुहोस्‌ अनि सभाहरूमा आफ्नो विश्‍वास व्यक्‍त गर्ने मौकाहरू खोज्नुहोस्‌। स्कुलमा साक्षी दिएर तपाईंले कुराकानी गर्ने सीप तिखार्न सक्नुहुन्छ। मानिसहरूलाई चासो देखाउने तरिकाहरू सिक्नुहोस्‌। जस्तै: मानिसहरूको विचार बुझ्न कुशलतासाथ प्रश्‍नहरू सोधेर अनि तिनीहरूको जवाफ सुनेर। साथै राज्यभवनको सरसफाइ र मर्मत-सम्भार गर्नेजस्ता मण्डलीका विभिन्‍न काममा मदत दिन सक्नुहुन्छ। नम्र अनि इच्छुक मनोभाव भएको व्यक्‍तिलाई चलाउन यहोवा खुसी हुनुहुन्छ। (भजन ११०:३ पढ्‌नुहोस्‌; प्रेषि. ६:१-३) प्रेषित पावलले तिमोथीलाई आफूसँगै मिसनरी सेवा गर्न निम्तो दिए किनभने “भाइहरूले उनको असाध्यै तारिफ गर्थे।”—प्रेषि. १६:१-५.

१५. पार्ट-टाइम काम गर्न तपाईं के गर्न सक्नुहुन्छ?

१५ आफ्नो जीविका चलाउन पूर्ण-समय सेवकहरूलाई पनि कामको खाँचो पर्छ। (प्रेषि. १८:२, ३) पार्ट-टाइम काम गर्न केही सीपमूलक तालिम लिन सक्नुहुन्छ। आफ्नो योजनाबारे क्षेत्रीय निरीक्षक अनि अग्रगामीहरूसित कुरा गर्नुहोस्‌। अग्रगामी सेवाको लागि कस्तो काम ठीक होला भनेर उनीहरूलाई सोध्नुहोस्‌। त्यसपछि ‘आफूले गर्ने सबै काम परमप्रभुलाई सुम्पिदिनुहोस्‌ र तपाईंका योजनाहरू सफल हुनेछन्‌।’—हितो. १६:३; २०:१८.

१६. युवावस्थामै पूर्ण-समय सेवामा लाग्दा कस्तो फाइदा हुन्छ?

१६ तपाईंले ‘साँच्चैको जीवनलाई दह्रोसित पक्रिराखेको’ यहोवा चाहनुहुन्छ। (१ तिमोथी ६:१८, १९ पढ्‌नुहोस्‌) पूर्ण-समय सेवामा लाग्दा तपाईंले अरू पूर्ण-समय सेवकहरूसित सरसङ्‌गत गर्ने मौका पाउनुहुन्छ। यसले तपाईंलाई परिपक्व ख्रीष्टियन बन्‍न मदत गर्छ। युवावस्थामै पूर्ण-समय सेवा गर्दा यसले पछि वैवाहिक जीवन सुखी बनाउन मदत गर्न सक्छ। यो कुरा थुप्रैले अनुभव गरेका छन्‌। विवाहअघि अग्रगामी सेवा गरेका प्रायजसो भाइबहिनीले विवाहपछि पनि दम्पतीको रूपमा अग्रगामी सेवालाई निरन्तरता दिन सकेका छन्‌।—रोमी १६:३, ४.

१७, १८. योजना बनाउनुमा हाम्रो मन कसरी समावेश छ?

१७ योजना बनाउँदा दिमाग मात्र होइन, मन पनि लगाउनुपर्छ। यसबारे भजन २०:४ (NRV) यसो भन्छ: “उहाँले तपाईंको मनोरथ पूरा गरून्‌, र तपाईंका सबै योजनाहरू सफल गराऊन्‌।” त्यसैले तपाईं आफ्नो जीवनमा के गर्न चाहनुहुन्छ, सोच्नुहोस्‌। आज यहोवाले हाम्रो समयमा कस्तो काम गर्दै हुनुहुन्छ र त्यसमा आफूले कस्तो योगदान दिन सक्छु भनेर विचार गर्नुहोस्‌। त्यसपछि उहाँलाई खुसी तुल्याउने काम गर्न योजना बनाउनुहोस्‌।

१८ पूर्ण-समय सेवा गर्दा तपाईंले गहिरो सन्तुष्टि पाउनुहुनेछ किनभने यस्तो सेवाले परमेश्‍वरको महिमा गर्छ। त्यसैले ‘परमप्रभुमा मग्न हुनुहोस्‌ र उहाँले तपाईंको मनोरथ पूर्ण गर्नुहुनेछ।’—भज. ३७:४.

a यसलाई अहिले ‘राज्य प्रचारकहरूका लागि स्कुल’ भनिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने