प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जनवरी p. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 जनवरी p. ४

कुराकानी थाल्ने उदाहरण

फेब्रुअरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“थुप्रै मानिस अब चाँडै अवस्था सुध्रनेछ भन्‍ने आशा गर्छन्‌। के तपाईंलाई पनि त्यस्तो होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] यस प्रश्‍नको जवाफ म तपाईंलाई बाइबलबाट देखाऊँ?” घरधनीले चासो देखाएमा भजन ३७:१०, ११ पढेर सुनाउनुहोस्‌। त्यसपछि जनवरी-मार्च अङ्‌कको प्रहरीधरहरा घरधनीलाई दिनुहोस्‌ र पृष्ठ १३ को अन्तिम उपशीर्षक पढ्‌दै छलफल गर्नुहोस्‌। पत्रिका दिनुहोस्‌ र फेरि भेटेर बाँकी प्रश्‍नबारे छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा जनवरी-मार्च

पृष्ठ २४ मा भएको शीर्षक देखाउनुहोस्‌ र सोध्नुहोस्‌: “तपाईं यस प्रश्‍नको जवाफ कसरी दिनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌] बाइबलले के भन्छ कृपया ध्यान दिनुहोस्‌। [१ यूहन्‍ना ५:१९ पढ्‌नुहोस्‌] यस पदमा बताइएझैं संसारमा ‘त्यस दुष्ट’ अर्थात्‌ सैतानले शासन गरिरहेको छ। तर हाम्रो मनमा केही प्रश्‍न उठ्‌न सक्छन्‌। सैतान अर्थात्‌ दियाबल कहाँबाट आयो? के त्यो वास्तविक व्यक्‍ति हो? परमेश्‍वरले त्यसलाई कहिलेसम्म शासन गर्न दिनुहुन्छ? पृष्ठ २४ देखि २९ मा भएका लेखबाट तपाईंले यी प्रश्‍नको जवाफ पाउन सक्नुहुन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने