प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 फेब्रुअरी p. ५
  • यहोवाका कार्यहरूलाई सम्झनु धेरै नै लाभदायक हुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका कार्यहरूलाई सम्झनु धेरै नै लाभदायक हुन्छ!
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आफ्नो शिक्षाको विषयमा होशियार रह
    हाम्रो राज्य सेवकाई—१९९४
  • सबैभन्दा महान पुरुषबारे सिक्न अरूहरूलाई मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • पढ्‌ने काममा लागिरहनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 फेब्रुअरी p. ५

यहोवाका कार्यहरूलाई सम्झनु धेरै नै लाभदायक हुन्छ!

१ भजन ४८-को प्रेरित लेखकले इस्राएलका मानिसहरूलाई यो आग्रह गरे: ‘सियोनको चारैतिर डुल, र त्यसलाई परिक्रमा गर, त्यहाँका धरहराहरू गन। त्यसका पर्खालहरूमाथि राम्ररी दृष्टि लगाओ, त्यहाँका महलहरूलाई ध्यान लगाएर हेर जसबाट तिमीहरूले पछि हुने पुस्तालाई बताउन सक।’ यहोवालाई तिनीहरूले प्रेम गरेको हुनाले ईश्‍वरतान्त्रिक शासनको त्यो पार्थिव केन्द्रको हरेक कुरालाई तिनीहरूले विशेष ध्यान दिनु परेको थियो। त्यहाँको एकएक कुराले तिनीहरूका लागि ठूलो महत्त्व राख्थ्यो। आखिर त्यो थियो स्वयं यहोवाको नाउँसित सम्बन्धित शहर! यस बारे तिनीहरूले कुरा गरिरहने थिए र आ-आफ्नो हृदयमा साँचेर राखेका यी जम्मै कुराहरू आफ्ना छोराछोरीलाई पक्कै पनि बताउने थिए।—भजन ४८:१२, १३।

२ तर आज भने यहोवाबाट नियुक्‍त मसीहको ईश्‍वरतान्त्रिक शासनको केन्द्र पार्थिव सियोनमा नभएर स्वर्गीय यरूशलेममा छ। (हिब्रू १२:२२) येशू ख्रीष्टद्वारा सञ्चालित यहोवाको राज्यले सन्‌ १९१४ देखि शासन गरिरहेको छ। (प्रकाश १२:१०) उक्‍त राज्यको गतिविधि हाम्रो निम्ति विशेष चासोको विषय हो। साथै, यहोवाले पृथ्वीमा आफ्ना सेवकहरूलाई डोऱ्‍याउँदै ल्याउनु भएको विषयमा हाम्रो गहिरो चासो छ। किनभने त्यस प्रकारको डोऱ्‍याइले गर्दा नै तिनीहरूले पनि परमेश्‍वरको राज्यको दृश्‍य प्रतिनिधिको रूपमा उहाँको इच्छालाई पूरा गर्न सकेका छन्‌। यसको रोमाञ्चकारी विवरण हाम्रो नयाँ पुस्तक जेहोवास विट्‌नेसेस्‌—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम-मा प्रस्तुत गरिएको छ। हालसालै हाम्रो “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मलेनमा उपरोक्‍त पुस्तक पाउँदा हामी कति रमाएका थियौं!

३ सेप्टेम्बर १ सम्म त विश्‍वभरि २० वटा भाषाहरूमा यो पुस्तकको विमोचन भइसकेको थियो। यसबाहेक अझ अन्य १३ वटा भाषाहरूमा यसको अनुवाद र प्रकाशन शुरु भइसकेको थियो। यसको एक प्रति तपाईंको परिवारले पाएको छ भने, के तपाईंले त्यसलाई पढनु हुँदैछ? त्यसबाट सिकेका कुराहरूबारे के तपाईं अरूहरूसित कुरा गर्नु हुँदैछ?

४ सम्मेलनमा दिएको सल्लाहअनुसार, थुप्रै भाइ बहिनीहरूले पुस्तकका नक्साहरू र नक्सामनि दिएका उपशीर्षकहरू हेरिसकेपछि सरासर पुस्तकको मूल पाठ पढन थाले। यसपछि तिनीहरूले के कस्ता टिप्पणीहरू गरेका छन्‌? पढ्‌नु होस्‌ ती टिप्पणीहरूका एक दुईवटा उदाहरणहरू।

५ एउटी बहिनीले यसप्रकार लेखिपठाइन्‌: “यो एकमात्र पुस्तक हो जसलाई म अहिले पनि ठूलो उत्सुक्‍ता साथ पढिरहेछु र फेरि पनि दोहोऱ्‍याएर पढ्‌न चाहन्छु। म अहिले २५-औं अध्याय पढिरहेछु। जति पढ्‌छु उति आँसु झर्छ र हृदयबाटै यहोवाका लागि माया जागेर आउँछ। यो पुस्तकले उत्साह र विश्‍वास दुवैलाई बढाउँदछ।”

६ चालीस वर्षभन्दा बढी समयदेखि यहोवाको सेवा गर्दै आएका एक जना भाइले यसो भने: “यो पुस्तकले यति मग्न पार्नेछ भनेर मैले सोचेकै थिइन। राती अबेरसम्म र एकबिहानै उठेर पढदै मैले यो पुस्तक दुई हप्तामा सिद्धयाइ दिएँ। मैले आजसम्म पढेका पुस्तकहरूमध्ये यो पुस्तक वास्तवमा एउटा अति नै हृदयग्राही पुस्तक हो। यो अनुसन्धानको करामत मात्र नभएर प्रोत्साहनको खजाना पनि हो।”

७ पढ्‌ने नियमित कार्यक्रम: यस पुस्तकलाई चाँड-चाँडै पढ्‌ने केही व्यक्‍तिहरूले फेरि एक पटक यसलाई आरामले पढ्‌ने फैसला गरेका छन्‌।

८ तपाईंको परिवारमा एक जनाभन्दा बढी सदस्य सच्चाइमा छन्‌ भने सायद तपाईंले यस पुस्तकका केही भागहरूलाई आफ्नो पारिवारिक अध्ययनमा पनि चलाउन सक्नु हुन्छ। जस्तो कि केही परिवारहरूले यसको एकप्रति सम्मेलनमा पाएको एकदुई दिनपछि नै प्रयोग गर्न थाले। यसको अर्थ प्रहरीधरहरा अध्ययनका लागि तयारी गर्न छाडनु भनेको होइन। बरु प्रोक्लेमर्स पुस्तकबाट लिएका केही विषयलाई पढ्‌न र छलफल गर्न थप १५ वा २० मिनेट बिताउनु हो।

९ अन्य केही परिवारहरूले चाहिं प्रत्येक बेलुकी, खाना खाइसके पछि बसेर यस पुस्तकबाट एक वा दुई पाना अथवा एकदुई वटा उपशीर्षकमनिका कुराहरू पढ्‌ने र त्यसमाथि छलफल गर्ने गर्छन्‌। व्यक्‍तिगत रूपमा तिनीहरूले सायद यस पुस्तकलाई पूरै पढिसकेका हुन सक्छन्‌ तर अब भने तिनीहरूले यसलाई बिस्तारै पढेर यसमाथि छलफल गर्दै लाभ उठाउने गर्छन्‌। यसो गर्ने व्यक्‍तिहरूमध्ये कति ले त धेरै वर्षदेखि यहोवाको सेवा गर्दै आएका छन्‌। अतः पढदै जाँदा तिनीहरूको मनमा थुप्रै मीठामीठा सम्झनाहरू झलझली आउन थाल्छन्‌। पढिरहेका घटनाहरूमा तिनीहरूले स्वयं निभाएको भूमिकाबारे कुरा गर्दा तिनीहरूको हृदय द्रवित हुन्छ।

१० घरका परिस्थितहरूको कारण सायद तपाईं एकलै बसेर पढ्‌ने गर्नु हुन्छ होला। सोसाईटीलाई एउटी बहिनीले यसप्रकार लेखि पठाइन्‌: “प्रत्येक राति सुत्न जानभन्दाअघि मैले यस पुस्तकलाई अलिअलि गर्दै पढिरहेकी छु। यस पुस्तकले मेरो हृदयमा सच्चाइका लागि गहिरो मूल्याँङ्‌कनको भाव र प्रेम बढाइ रहेछ। यहोवासित म बढी घनिष्ठता महसुस गर्दछु र उहाँको सङ्‌गठनको भाग हुन पाएकोमा म अति नै कृतज्ञ छु। प्रत्यक पानाको म स्वाद लिंदै पढ्‌छु।”

११ पुस्तक हेर्नमा ठूलो भए तापनि यसका विभिन्‍न भागहरू चाहिं ठूलो छैनन्‌। प्रथम भागले हाबिलको समयदेखि सन्‌ १९९२ सम्मका घटनाहरूको विवरण सङ्‌क्षिप्त तर रोमाञ्चकारी ढङ्‌गमा—मात्र १०८ पानाहरूमा—दिन्छ। अरू भागहरू १३ देखि १५० पाना लामो छन्‌। प्रत्येक भाग विभिन्‍न अध्यायहरूमा विभाजित छन्‌। सरसरती पढ्‌नुको सट्टा, एक एक भाग वा अध्याय वा उप-शीर्षकको भाग पढ्‌ने गर्नु होस्‌; आरामले पढनु होस्‌; त्यसको रस लिनु होस्‌।

१२ आफूले पढेको कुराबारे सोच्ने समय लिनुहोस्‌: पढ्‌दै जाँदा तपाईंको उद्देश्‍य के हुनेछ? तपाईंको उद्देश्‍य थुप्रै पानाहरू ढाक्न अथवा पूरै पुस्तक पढेर सिध्याउन मात्र हुनु भएन। प्रोक्लेमर्स पुस्तकमा तपाईंले पाउनु भएको आध्यात्मिक सम्पत्तिको इतिहास दिइएको छ। यसलाई तपाईंले राम्ररी बुझ्नु आवश्‍यक छ। पढ्‌नु हुँदै गएको कुराको सार बुझ्ने कोशिश गर्नु होस्‌। यहोवाका पुरातन साक्षीहरूको गतिविधिबारे मनन गर्न र तिनीहरूको विश्‍वासको अनुकरण गर्न समय बिताउनु होस्‌। (हिब्रू १२:१, २) त्यो ठूलो धर्मत्यागको वृद्धिबारे पढ्‌नु हुँदा मानिसहरू त्यसको शिकार कुन्‌ कुन्‌ कारणले भए, सो राम्ररी विचार गर्नु होस्‌ ताकि तपाईंले पनि आफ्नो आध्यात्मिकतालाई जोगाएर राख्न सक्नु हुनेछ। आधुनिक समयको इतिहास पढ्‌नु हुँदा परमेश्‍वरले प्रयोग गर्नु भएका जनहरूका आध्यात्मिक गुणहरूमाथि ध्यान दिनु होस्‌। तिनीहरूको जीवनमा परमेश्‍वरको इच्छा पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो भनेर तिनीहरूले कसरी प्रदर्शित गरे र परमेश्‍वरले हुन दिनु भएका केही अति नै कठिन परिस्थितिहरूको सामुन्‍ने तिनीहरूले के कस्तो प्रतिक्रिया देखाए, सो विशेष ध्यान दिएर पढ्‌नु होस्‌।—हिब्रू १३:७.

१३ यहोवाले आफ्ना जनहरूलाई बाइबलसम्बन्धी सत्यकुराहरू आजसम्म बुझाउँदै आउनु भएको विस्तृत जानकारीसित परिचित हुनु भयो भने त्यसले तपाईंको विश्‍वासलाई बलियो पार्नेछ। सङ्‌गठनको विकासक्रमलाई राम्ररी बुझ्दै जानुहुँदा यहोवाले प्रयोग गर्नुहुने दृश्‍य प्रबन्धका लागि तपाईंको मूल्याङ्‌कन बढ्‌नेछ। भविष्यवाणी पूरा गर्दै सुसमाचारको प्रचार पृथ्वीको पल्लो छेउसम्म भएको पढ्‌दा तपाईंको हृदय आनन्दले गद्‌गद्‌ हुनेछ। संसारका सबै ठाउँमा राज्यको घोषणा गर्न जोशका साथ काम गर्ने विश्‍वासी जनहरूका अनुभवहरू पढेर तपाईंको हृदय द्रबित हुनेछ। यहोवाको प्रेमको खातिर विश्‍वासी भाइ र बहिनीहरूले सहेका अनेकौं कुराहरूबारे पढ्‌दा तपाईंले पनि व्यक्‍तिगत रूपमा भोग्नु परेका दुःखकष्टहरूको सामना गर्ने बल पाउनु हुनेछ।

१४ यस पुस्तकको केही भाग पढी सक्नु भएपछि सबै जना मिलेर त्यसको महत्त्वबारे छलफल र पुनःरावलोकन गर्ने समय बिताउनु होस्‌। तपाईंका साना छोराछोरी छन्‌ भने चित्रहरूको व्याख्या गर्न र त्यहाँ देखाइएका मानिसहरूबारे तिनीहरू के जान्दछन्‌ सो तिनीहरूलाई भन्‍न लगाउनु होस्‌। तपाईं एक्लै नै पढिरहनु भएको छ भने पनि तपाईंले सिकेका कुराहरू अरूहरूलाई भन्‍ने गर्नु होस्‌। उपयुक्‍त भएमा पुनर्भेटमा जाँदा र गृह बाइबल अध्ययन गर्दा यस विषयलाई प्रयोग गर्नु होस्‌। त्यसलाई यसरी दोहोऱ्‍याउँनु हुँदा तपाईंको मन र हृदयमा त्यसको अझ गहिरो छाप बस्नेछ र त्यसबाट अरूहरूले पनि लाभ उठाउँने छन्‌।

१५ विस्तृत विवरणहरूमा चासो लिनु होस्‌: द प्रोक्लेमर्स पुस्तक पढ्‌नमा तपाईंले बिताउनु हुने समय दुवै आनन्ददायी र लाभप्रद हुनु पर्छ।

१६ आफ्नो परिवारले यहोवाका साक्षीहरूको मुख्य कार्यालयको भ्रमण गरेको के तपाईं चाहनु हुन्छ? एक शताब्दीअघि पिट्‌सवर्ग क्षेत्रमा सोसाइटीले प्रयोग गरेका कार्यालयहरूको नक्सा २०८-९ पानाहरूमा पाउनु हुनेछ। पछि ब्रूकलिनमा प्रयोग गरिएका भवनहरूसित तपाईंलाई २१६-१७-पानाहरूले परिचित गराउँछ। आजको मुख्य कार्यालयबारे कल्पना गर्ने मदत तपाईंलाई ३५२-६-पानाहरूले दिन सक्छन्‌। बेथेलमा गरिने कामकुराको विस्तृत जानकारी २६ र २७ अध्यायहरूमा पाउनु हुनेछ र २९५-८ पानाहरूमा चाहिं बेथेल जीवनसम्बन्धी थप विवरण दिइएको छ।

१७ सोसाइटीका धेरै जसो शाखाहरूको भ्रमण गर्ने मौका हामीमध्ये धेरै जनाले पाएका छैनौं। तर द प्रोक्लेमर्स पुस्तकको ३५७-४०१-पानाहरूले तपाईंलाई विश्‍व-भ्रमण गराउनेछ। यसलाई हतार हतार हेर्न खाँचो छैन। प्रत्येक देशमा केही समय बिताउनु होस्‌ र त्यसको आनन्द लिनु होस्‌। प्रत्येक ठाउँलाई ठम्याउन ४१५-१७-पानाहरूमा दिएको विश्‍व मानचित्र प्रयोग गर्नु होस्‌। प्रत्येक शाखाको चित्र सङ्‌गसङ्‌गै दिएका टिप्पणीहरू पढ्‌नु होस्‌। प्रत्येक देशबारे अझ चाखलाग्दो जानकारी सूची-पत्रद्वारा तपाईं पाउन सक्नुहुन्छ। अरू देशहरूमा बस्ने तपाईंको आत्मिक परिवारका सदस्यहरूबारे सिकने यो मौका छोप्नु होस्‌।

१८ मानिसहरू आपसमा भेट-घाट गर्दा तिनीहरू कहिलेकाहीं सांसारिक ज्ञानसम्बद्ध खेलहरू खेल्छन्‌। तर यो भन्दा बढी लाभदायक त यहोवाका जनहरूको आधुनिक इतिहासमा घटेका स्मरणीय तिथिहरू र घटनाहरूबारे जानकारी लिनु हुनेछ, होइन र? यस्ता धेरै तथ्यहरूको सूची तपाईंले द प्रोक्लेमर्स पुस्तकका ७१८-२३ पानाहरूमा पाउनु हुनेछ। यो सूचीले एउटा प्राथमिक रूपरेखाको काम गर्दछ; पुस्तकको बाँकी भागमा पाइने विवरणबाट लिएका थप कुराहरू पनि तपाईं यस सूचीमा थप्न सक्नुहुन्छ। यिनै कुराहरूलाई पुनःरावलोकनको आधार बनाउनु होस्‌। तिनलाई परिवारका केटाकेटीहरूले सायद चाँडै नै मुखस्त भन्‍न सक्नेछन्‌। सो गर्न हामीमध्येका केही पाकाहरूलाई अलिक समय लाग्ला। तथापि यिनीहरू ईश्‍वरतान्त्रिक इतिहासका विवरणहरू हुन्‌ जसबारे सिक्नाले हामी सबै नै लाभान्वित हुनेछौं। तिथिहरू र आधारभूत तथ्यहरू बुझ्नु भएपछि तिनीसित सम्बन्धित कुराहरूको ज्ञान अझ बढाउँदै लैजानु होस्‌। प्रत्येक घटनाबारे तपाईंले कतिवटा कुराहरू सम्झनु सक्नुहुन्छ, सो स्वयंलाई जाँच गरिहेर्नुहोस्‌। अनि ती प्रत्येक घटनाद्वारा परमेश्‍वरको इच्छा कसरी पूरा भयो, सो कुरा गर्नु होस्‌। यसपछि त्यसले तपाईंको जीवनमाथि के प्रभाव पारेको छ र यहोवाले जे गर्नु हुँदैछ त्यसमा तपाईंको के भूमिका छ, जम्मै छलफल गर्नु होस्‌।

१९ तपाईंका लागि उपलब्ध अवसरहरू बुझ्नु होस्‌: जेहोवास विट्‌नेसेस्‌—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम-लाई पढ्‌दै छलफल गर्नु हुँदा यशैया ६०:२२-को महान पूर्तिको दृश्‍य बिस्तारै तपाईंको सामुन्‍ने खुल्नेछ। पुस्तकको ५१९-पानामा यसो भनिएको छ: “‘थोरै चाहिं हजार हुनेछ’ भन्‍ने प्रतिज्ञाको पूर्ति निश्‍चय पनि भएको छ र त्यो पनि अति नै ठूलो मात्रामा! ‘थोरै’ पनि नभएका अर्थात्‌ १९१९-मा यहोवाको एउटै साक्षी पनि नभएका, बिल्कुलै प्रचार नगरिएका ५० भन्दा बढी देशहरूमा आज यहोवाका हजारभन्दा थुप्रै प्रशंशकहरू छन्‌। यीमध्येका केही देशहरूमा अहिले यहोवाका दशौं हजार अथवा लाखभन्दा पनि बढी साक्षीहरूले जोशका साथ परमेश्‍वरको राज्यको घोषणा गर्दैछन्‌! विश्‍वभरि यहोवाका साक्षीहरू ‘एउटा सामर्थी जाति’ भएका छन्‌। यसलाई एउटा एकताबद्ध विश्‍वव्यापी मण्डलीको रूपमा हेर्ने हो भने यसको जन सङ्‌खया कमसेकम ८० स्वशाशित राष्ट्रहरूमध्ये कुनै एउटाको जनसंख्याभन्दा बढी छ।”

२० राज्य वृद्धिको यो काम कुनै हालतमा पनि शेष भएको छैन। बरु यसलाई यहोवाले अतुलनीय ढङ्‌गमा गतिशील पार्नु भएको छ। यस काममा तपाईं कुन्‌ हद्‌सम्म भाग लिनु हुन्छ? तपाईंका लागि खुलेको सबै नै मौकाहरूबारे के तपाईंलाई जानकारी छ? अरूहरूले गरिरहेका कुराहरूबारे सिकेर तपाईं पनि हाम्रा मायालु परमेश्‍वरले येशू ख्रीष्टद्वारा आजको दिनमा निर्देशित गर्नु भएको महान काममा पूर्ण रीतिले भाग लिन अग्रसर हुनु होस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने