बाइबल—तथ्य तथा भविष्यवाणीको पुस्तक
यहोवाको संगठनले प्रबन्ध गरेको भिडियो प्रस्तुतिहरूमध्ये बाइबल—तथ्य तथा भविष्यवाणीको पुस्तक भिडियोको एउटा शृङ्खला हो: म्यानकाइन्ड्स ओल्डेस्ट मोडर्न बूक (मानिसजातिको सबैभन्दा पुरानो आधुनिक पुस्तक)। यो भिडियो हेरेपछि यी प्रश्नहरूको जवाफ दिनुहोस्।
(१) आधुनिक विज्ञानसित बाइबल कुन-कुन तरिकामा मेल खान्छ? (२) हाल उपलब्ध बाइबल मूल लेखोटसित दुरुस्त मिल्छ भनेर हामी कसरी निश्चित हुन सक्छौं? (३) उहिले-उहिले लेखिएको बाइबलको उल्लेखनीय पक्ष के हो? (४) जोन विक्लिफ, योहानेस गुटेनबर्ग, विलियम टिन्डेल, जोन हुश, मार्टिन लुथर, क्यासीदोरो दे रेइना तथा चार्ल्स टेज रसलले संसारभरि परमेश्वरको वचन फैलाउन के-कस्ता योगदान पुऱ्याए तर चर्चले यसको कसरी घोर विरोध गऱ्यो? (५) बाइबलको व्यावहारिक सल्लाहले स्वास्थ्य समस्या (भज. ३४:८), जुवाको लत (१ तिमो. ६:९, १०), टुक्रिएको वैवाहिक सम्बन्ध र विवाहबाहिर राखिएको सम्बन्ध (१ कोरि. १३:४, ५; एफि. ५:२८-३३) तथा धनसम्पत्तिको लोभ (मत्ती १६:२६) जस्ता समस्याहरूको सामना गर्न कसरी मदत गरेको छ? (६) बाइबलका सिद्धान्तहरू पालन गर्दा राष्ट्रिय, साम्प्रदायिक तथा जातीय घृणाको सामना गर्न सकिन्छ भन्ने के प्रमाण छ (लूका १०:२७)? (७) बाइबल सिद्धान्त पालन गर्दा तपाईंले कुन-कुन तरिकामा अपार आनन्द अनुभव गर्नुभएको छ? (८) अरूलाई मदत गर्न तपाईं यो भिडियो कसरी प्रयोग गर्न सक्नुहुन्छ?—हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००६, पृष्ठ ८ हेर्नुहोस्।