कुराकानी थाल्ने उदाहरण
स्मरणार्थको निम्तोपर्ची वितरण अभियानमा:
“तपाईंको परिवारलाई एउटा निम्तो दिन आएका हौं। मार्च २६ मा संसारभरि एउटा महत्त्वपूर्ण समारोह हुँदै छ। त्यो हो, येशूको मृत्युको वार्षिकी। येशूको मृत्युले हाम्रो लागि कस्तो अर्थ राख्छ, त्यसबारे बाइबलआधारित भाषण दिइनेछ। उपस्थित हुन कुनै शुल्क लाग्दैन। सभा हुने ठेगाना र समय यस निम्तोपर्चीमा दिइएको छ।”
प्रहरीधरहरा जनवरी-मार्च
“के तपाईंलाई कुनै दिन पृथ्वी आगोले भस्म हुनेछ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] बाइबलमा दिइएको यस प्रतिज्ञाले हामीलाई आशा दिन्छ। [पृष्ठ ५ मा भएको भजन ३७:२९ पढ्नुहोस्] संसारको अन्तबारे मानिसहरूले अक्सर सोध्ने केही प्रश्नको जवाफ यस पत्रिकाले दिन्छ।”
ब्यूँझनुहोस्! जनवरी-मार्च
“सुखी परिवारको एउटा महत्त्वपूर्ण पाटो स्पष्ट कुराकानी हो भनेर सहमत नहुने कोही पनि छैन होला। तर थुप्रैलाई किशोरकिशोरीसित कुराकानी गर्न गाह्रो लाग्छ। यसको कारण के होला? [जवाफ दिने मौका दिनुहोस्] कुराकानी गर्ने सीप विकास गर्न यस पत्रिकामा केही सुझाव दिइएका छन्।” [याकूब १:१९ पढ्नुहोस्] पत्रिका प्रस्तुत गर्नुहोस्।