कुराकानी थाल्ने उदाहरण
स्मरणार्थको निम्तोपर्ची वितरण अभियानमा:
“हामी विशेष कार्यक्रमको निम्तो दिन आएको। त्यो कार्यक्रम यही आउने अप्रिल १४ तारिख हुँदैछ। त्यो दिन यहाँ मात्र होइन संसारभरि नै थुप्रै मानिसहरू येशूको मृत्युको वार्षिकी मनाउन ठाउँ-ठाउँमा भेला हुन्छन्। त्यतिबेला तपाईंले निश्शुल्क रूपमा बाइबलआधारित भाषण पनि सुन्न पाउनुहुनेछ। यो पर्चीमा त्यो समारोह हुने ठेगाना र समय दिइएको छ, राखेर हेर्नुस् न!”
प्रहरीधरहरा अप्रिल १
“हामी सबैसित भेटेर कुरा गर्दैछौं। तपाईंलाई थाह छ? हामी सबै मान्छेमा एउटा कुरा समान छ नि। हुन त हामी सबैको धर्म फरक-फरक छ, तैपनि हामी सबै जना भगवान्लाई पुकार्छौं। तपाईंलाई कस्तो लाग्छ, भगवान्ले हाम्रो पुकारा सुन्नु होला? अथवा मनको शान्तिको लागि मात्र प्रार्थना गर्ने हो कि? [जवाफ दिने मौका दिनुहोस्] यो विषयमा बाइबलमा कस्तो कुरा लेखिएको छ, हेर्नुस् त! [१ यूहन्ना ५:१४ पढ्नुहोस्] अनि प्रार्थना गर्दा हुने फाइदाहरूबारे यस पत्रिकामा लेखिएको छ। राखेर पढ्नुहोस्।”
ब्यूँझनुहोस्! अप्रिल-जुन
“हामी सबैसित भेटेर एउटा समस्याको बारेमा कुरा गर्दैछौं। तपाईंलाई पनि कहिलेकाहीं ‘समय नै पुग्दैन’ भन्ने लाग्छ होला नि, हगि। हो, कहिलेकाहीं कामको चापाचाप हुन्छ अनि कहिलेकाहीं त्यतिकै समय खेर गइरहेको हुन्छ। यसले गर्दा काम भ्याउन पनि मुस्किल हुन्छ। तपाईंलाई पनि यस्तै लागेको छ कि? [जवाफ दिने मौका दिनुहोस्] तपाईंलाई अचम्म लाग्ला, बाइबलमा समयको सदुपयोग गर्ने विषयमा एकदमै राम्रो सल्लाह दिइएको छ। यहाँ हेर्नुस् त! [फिलिप्पी १:१०क पढ्नुहोस्] यस पत्रिकामा समयको सदुपयोग गर्ने चार तरिका दिइएका छन्। यसले थुप्रैलाई मदत गरेको छ।”