प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १०७ article १०
  • फेरि जन्मनु भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेरि जन्मनु भनेको के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • नयाँ गरी जन्मनु—मुक्‍तिको बाटो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • नयाँ जन्म—व्यक्‍तिगत निर्णय?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • नयाँ जन्म—कत्तिको महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • नयाँ जन्म—यसको उद्देश्‍य?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १०७ article १०
यर्दन नदीमा बप्तिस्मा गरेपछि येशू स्वर्गतिर हेर्दै

फेरि जन्मनु भनेको के हो?

बाइबलको जवाफ

“फेरि जन्मनु” भन्‍ने वाक्यांशले परमेश्‍वर र कुनै व्यक्‍तिबीच नयाँ सम्बन्ध स्थापित हुनुलाई बुझाउँछ। (यूहन्‍ना ३:३, ७) कसैले कुनै व्यक्‍तिलाई कानुनी रूपमा आफ्नो धर्मपुत्र बनाएपछि ऊ नयाँ परिवारको सदस्य बन्छ। (२ कोरिन्थी ६:१८) त्यस्तैगरि परमेश्‍वरले फेरि जन्मेका व्यक्‍तिहरूलाई आफ्नो सन्तानको रूपमा स्विकार्नुहुन्छ अनि तिनीहरू उहाँको परिवारको सदस्य बन्छन्‌।—रोमी ८:१५, १६; गलाती ४:५; १ यूहन्‍ना ३:१.

फेरि जन्मनु—यसको उद्देश्‍य?

येशूले यसो भन्‍नुभयो, “फेरि नजन्मेसम्म कसैले पनि परमेश्‍वरको राज्य देख्न सक्दैन।” (यूहन्‍ना ३:३) त्यसैले कुनै व्यक्‍ति फेरि जन्मेपछि मात्र परमेश्‍वरको राज्यमा येशूसँगै शासन गर्न योग्य हुन्छ। यस राज्यले स्वर्गबाट शासन गर्ने भएकोले बाइबलमा “नयाँ जन्म” हुनुलाई “स्वर्गमा साँचिएको” उत्तराधिकार पाउनु हो भनेर बताइएको छ। (१ पत्रुस १:३, ४) फेरि जन्मेकाहरूले येशूसँगै “राजाको रूपमा शासन” गर्न पाउनेछन्‌ भन्‍ने कुरामा परमेश्‍वरले तिनीहरूलाई विश्‍वस्त पार्नुहुन्छ।—२ तिमोथी २:१२; २ कोरिन्थी १:२१, २२.

फेरि जन्मनु—कसरी?

येशूले फेरि जन्मने व्यक्‍ति “पानी र पवित्र शक्‍तिद्वारा” जन्मनेछन्‌ भनेर बताउनुभयो। (यूहन्‍ना ३:५) यसको मतलब पानीमा बप्तिस्मा गरेपछि तिनीहरू पछि पवित्र शक्‍तिद्वारा बप्तिस्मा हुनेछन्‌।—प्रेषित १:५; २:१-४.

फेरि जन्मने पहिलो व्यक्‍ति येशू हुनुहुन्थ्यो। येशूले यर्दन नदीमा बप्तिस्मा गरेपछि परमेश्‍वरले उहाँलाई पवित्र शक्‍तिद्वारा अभिषेक गर्नुभयो। यसरी परमेश्‍वरको छोराको रूपमा येशू फेरि जन्मनुभयो अनि स्वर्गमा फर्कने आशा पाउनुभयो। (मर्कूस १:९-११) परमेश्‍वरले येशूलाई अदृश्‍य व्यक्‍तिको रूपमा पुनर्जीवित गरेर त्यो आशा पूरा गर्नुभयो।—प्रेषित १३:३३.

फेरि जन्मने अरू व्यक्‍तिले पनि पवित्र शक्‍ति पाउनुअघि पानीमा बप्तिस्मा गर्छन्‌।a (प्रेषित २:३८, ४१) त्यसपछि तिनीहरूले स्वर्गमा जीवन बिताउने पक्का आशा पाउँछन्‌। परमेश्‍वरले तिनीहरूलाई पुनर्जीवित गरेर त्यो आशा पूरा गर्नुहुनेछ।—१ कोरिन्थी १५:४२-४९.

‘फेरि जन्मनु’-बारे गलत धारणा

गलत धारणा: मुक्‍ति पाउन वा ख्रीष्टियन बन्‍न फेरि जन्मनै पर्छ।

तथ्य: येशूको फिरौतीले फेरि जन्मेकाहरूलाई मात्र नभई अरूलाई पनि मुक्‍ति दिन्छ। त्यसैले ख्रीष्टसित स्वर्गमा शासन गर्नेहरूले मात्र होइन, पृथ्वीमा रहने परमेश्‍वरका राज्यका प्रजाहरूले पनि मुक्‍ति पाउँछन्‌। (१ यूहन्‍ना २:१, २; प्रकाश ५:९, १०) यी प्रजाले सुन्दर बगैंचामा सधैंभरि बाँच्ने मौका पाउनेछन्‌।—भजन ३७:२९; मत्ती ६:९, १०; प्रकाश २१:१-५.

गलत धारणा: फेरि जन्मने निर्णय व्यक्‍ति आफैले गर्न सक्छ।

तथ्य: परमेश्‍वरसित सम्बन्ध गाँस्ने अनि मुक्‍ति पाउने मौका हामी सबैसित छ। (१ तिमोथी २:३, ४; याकूब ४:८) तर फेरि जन्मने निर्णय अर्थात्‌ पवित्र शक्‍तिद्वारा अभिषेक गर्ने निर्णय परमेश्‍वरले मात्र गर्न सक्नुहुन्छ। बाइबलअनुसार फेरि जन्मने कुरा “न त इच्छा गर्दैमा, न दौडधूप गर्दैमा पाइन्छ तर परमेश्‍वरमा निर्भर हुन्छ।” (रोमी ९:१६) “फेरि जन्मनु” भन्‍ने वाक्यांशलाई ‘माथिबाट जन्मनु’ भनेर पनि अनुवाद गर्न सकिन्छ। त्यसैले फेरि जन्मनेहरूलाई “माथिबाट” अर्थात्‌ परमेश्‍वरले नै छान्‍नुहुन्छ भनेर यसबाट स्पष्ट हुन्छ।—यूहन्‍ना ३:३, पवित्र बाइबल (TBS), फुटनोट।

a कर्नीलियस र तिनीसँग भएकाहरूले मात्र पानीमा बप्तिस्मा गर्नुअघि नै पवित्र शक्‍ति पाएका थिए।—प्रेषित १०:४४-४८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने