प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रेषित विषयवस्तु

      • कर्निलियसले देखेको दर्शन (१-८)

      • शुद्ध पारिएका जनावरहरूबारे पत्रुसले देखेको दर्शन (९-१६)

      • पत्रुस कर्निलियसलाई भेट्‌छन्‌ (१७-३३)

      • पत्रुस अन्यजातिका मानिसहरूलाई सुसमाचार सुनाउँछन्‌ (३४-४३)

        • “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” (३४, ३५)

      • अन्यजातिका मानिसहरूले पवित्र शक्‍ति पाउँछन्‌ र बप्तिस्मा गर्छन्‌ (४४-४८)

प्रेषित १०:१

फुटनोट

  • *

    वा “६०० जना रोमी सैनिकको टुकडी।”

  • *

    वा “१०० जना सैनिकको नाइके।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ७०

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. १३

    ५/१/१९९०

प्रेषित १०:३

फुटनोट

  • *

    दिउँसो ३ बजेतिर।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे ३:१

प्रेषित १०:४

मार्जिनल रेफरेन्स

  • +भज ६५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. १३

प्रेषित १०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ६९

प्रेषित १०:९

फुटनोट

  • *

    मध्यान्ह १२ बजेतिर।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९०

प्रेषित १०:१०

मार्जिनल रेफरेन्स

  • +प्रे ११:५-१०

प्रेषित १०:१४

मार्जिनल रेफरेन्स

  • +लेवी ११:४, १३-२०; २०:२५; व्य १४:३, १९; इज ४:१४

प्रेषित १०:१७

मार्जिनल रेफरेन्स

  • +प्रे ११:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ७१

प्रेषित १०:१९

मार्जिनल रेफरेन्स

  • +प्रे १३:२; १५:२८; १६:६; २०:२३

प्रेषित १०:२२

मार्जिनल रेफरेन्स

  • +प्रे १०:१

प्रेषित १०:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ७१-७२, ७५

    प्रहरीधरहरा,

    ३/१५/२०१४, पृ. ३-४

प्रेषित १०:२६

मार्जिनल रेफरेन्स

  • +लुका ४:८; प्रे १४:१२-१५; प्रका १९:१०; २२:८, ९

प्रेषित १०:२८

मार्जिनल रेफरेन्स

  • +युह १८:२८
  • +प्रे १०:४५; एफि ३:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ७१-७२

प्रेषित १०:३०

फुटनोट

  • *

    दिउँसो ३ बजेतिर।

प्रेषित १०:३२

मार्जिनल रेफरेन्स

  • +प्रे ९:४३

प्रेषित १०:३३

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

प्रेषित १०:३४

मार्जिनल रेफरेन्स

  • +व्य १०:१७; २इ १९:७; रोमी २:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०२२ पृ. ६-७

    साक्षी दिनुहोस्‌, पृ. ७२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. ७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१८, पृ. ९

    प्रहरीधरहरा,

    ७/१/२०१३, पृ. १४

    २/१/२००४, पृ. ३०

प्रेषित १०:३५

मार्जिनल रेफरेन्स

  • +रोमी २:१३; १कोरि. १२:१३; गला ३:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू, लेख ६४

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या १ २०२२ पृ. ६-७

    साक्षी दिनुहोस्‌, पृ. ७२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. ७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१८, पृ. ९

    प्रहरीधरहरा,

    ७/१/२०१३, पृ. १४

    ११/१/२०१०, पृ. १०

    २/१/२००४, पृ. ३०

प्रेषित १०:३६

मार्जिनल रेफरेन्स

  • +यसै ५२:७; नहु १:१५
  • +मत्ति २८:१८; रोमी १४:९; प्रका १९:११, १६

प्रेषित १०:३७

मार्जिनल रेफरेन्स

  • +लुका ४:१४

प्रेषित १०:३८

मार्जिनल रेफरेन्स

  • +यसै ११:२; ४२:१; ६१:१; मत्ति ३:१६
  • +लुका १३:१६
  • +युह ३:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२०, पृ. ३१

    बाइबलबाट सिक्न सक्ने पाठहरू, पृ. १८६-१८७

प्रेषित १०:३९

फुटनोट

  • *

    वा “रूखमा।”

प्रेषित १०:४०

मार्जिनल रेफरेन्स

  • +योना १:१७; २:१०; प्रे २:२३, २४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ६ २०१७ पृ. ९

प्रेषित १०:४१

मार्जिनल रेफरेन्स

  • +लुका २४:३०, ३१; युह २१:१३, १४

प्रेषित १०:४२

मार्जिनल रेफरेन्स

  • +प्रे १७:३१; रोमी १४:९; २कोरि. ५:१०; २ति ४:१; १प ४:५
  • +मत्ति २८:१९, २०; प्रे १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. २३, २५

    १/१/२००५, पृ. १२

    राज्य सेवकाई,

    २/२००३, पृ. ३

प्रेषित १०:४३

मार्जिनल रेफरेन्स

  • +यसै ५३:११; यर्मि ३१:३४; दा ९:२४
  • +लुका २४:२७; प्रका १९:१०

प्रेषित १०:४४

मार्जिनल रेफरेन्स

  • +प्रे ४:३१; ८:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ७२

प्रेषित १०:४५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ७२

प्रेषित १०:४६

मार्जिनल रेफरेन्स

  • +प्रे २:१, ४; १९:६

प्रेषित १०:४७

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:११; प्रे ८:३६; ११:१७

प्रेषित १०:४८

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:१९; प्रे २:३८

अरू

प्रेषि. १०:३प्रे ३:१
प्रेषि. १०:४भज ६५:२
प्रेषि. १०:१०प्रे ११:५-१०
प्रेषि. १०:१४लेवी ११:४, १३-२०; २०:२५; व्य १४:३, १९; इज ४:१४
प्रेषि. १०:१७प्रे ११:११
प्रेषि. १०:१९प्रे १३:२; १५:२८; १६:६; २०:२३
प्रेषि. १०:२२प्रे १०:१
प्रेषि. १०:२६लुका ४:८; प्रे १४:१२-१५; प्रका १९:१०; २२:८, ९
प्रेषि. १०:२८युह १८:२८
प्रेषि. १०:२८प्रे १०:४५; एफि ३:५, ६
प्रेषि. १०:३२प्रे ९:४३
प्रेषि. १०:३४व्य १०:१७; २इ १९:७; रोमी २:११
प्रेषि. १०:३५रोमी २:१३; १कोरि. १२:१३; गला ३:२८
प्रेषि. १०:३६यसै ५२:७; नहु १:१५
प्रेषि. १०:३६मत्ति २८:१८; रोमी १४:९; प्रका १९:११, १६
प्रेषि. १०:३७लुका ४:१४
प्रेषि. १०:३८यसै ११:२; ४२:१; ६१:१; मत्ति ३:१६
प्रेषि. १०:३८लुका १३:१६
प्रेषि. १०:३८युह ३:१, २
प्रेषि. १०:४०योना १:१७; २:१०; प्रे २:२३, २४
प्रेषि. १०:४१लुका २४:३०, ३१; युह २१:१३, १४
प्रेषि. १०:४२प्रे १७:३१; रोमी १४:९; २कोरि. ५:१०; २ति ४:१; १प ४:५
प्रेषि. १०:४२मत्ति २८:१९, २०; प्रे १:८
प्रेषि. १०:४३यसै ५३:११; यर्मि ३१:३४; दा ९:२४
प्रेषि. १०:४३लुका २४:२७; प्रका १९:१०
प्रेषि. १०:४४प्रे ४:३१; ८:१४, १५
प्रेषि. १०:४६प्रे २:१, ४; १९:६
प्रेषि. १०:४७मत्ति ३:११; प्रे ८:३६; ११:१७
प्रेषि. १०:४८मत्ति १६:१९; प्रे २:३८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रेषित १०:१-४८

प्रेषितहरूका कार्य

१० सिजरियामा कर्निलियस नाम गरेका एक जना मानिस थिए। तिनी इटालेली गण* भनिने सैन्यदलका अफिसर* थिए। २ तिनी परमेश्‍वरको भक्‍त थिए अनि तिनी र तिनको घरमा हुनेजति सबैले परमेश्‍वरको भय मान्थे। तिनी धेरै दानपुण्य गर्थे अनि परमेश्‍वरलाई निरन्तर उत्कट बिन्ती चढाउँथे। ३ नवौँ घडीतिर*+ तिनले दर्शनमा* परमेश्‍वरका एक स्वर्गदूत आफूकहाँ आइरहेको प्रस्टै देखे र ती स्वर्गदूतले भने: “ए कर्निलियस!” ४ तिनले डराउँदै एकटक लगाएर ती स्वर्गदूतलाई हेरे अनि यसो भने: “हजुर प्रभु।” तब ती स्वर्गदूतले तिनलाई भने: “तिम्रो प्रार्थना अनि दानपुण्य परमेश्‍वरकहाँ+ पुगेको छ र उहाँले ती सम्झनुभएको छ। ५ त्यसैले अब जोप्पामा मानिसहरू पठाएर पत्रुस भनिने सिमोनलाई बोलाऊ। ६ तिनी समुद्रनजिकै चर्मकार सिमोनको घरमा पाहुना बसेका छन्‌।” ७ तब ती स्वर्गदूत जानेबित्तिकै कर्निलियसले दुई जना नोकरलाई र तिनको सेवामा हाजिर हुने सैनिकहरूमध्ये एक जना भक्‍तालु सैनिकलाई बोलाए ८ अनि उनीहरूलाई सबै कुरा बेलीबिस्तार सुनाए। त्यसपछि तिनले उनीहरूलाई जोप्पा पठाए।

९ भोलिपल्ट यात्रा गरेर उनीहरू सहर आइपुग्नै लाग्दा पत्रुसचाहिँ छैटौँ घडीतिर* प्रार्थना गर्न कौसीमा गएका थिए। १० असाध्यै भोकाएकोले तिनी केही खान चाहन्थे। खानेकुरा तयार हुँदै गर्दा तिनले दर्शन देखे।+ ११ तिनले आकाश उघ्रेको अनि मलमलको ठूलो तन्‍नाजस्तो केही चिज झर्दै गरेको देखे। त्यसको चारै कुना समातेर त्यसलाई तल पृथ्वीमा झारिँदै थियो। १२ त्यसमा पृथ्वीमा भएका सबै खाले चारखुट्टे जनावर, घस्रने जन्तु अनि आकाशका चराहरू थिए। १३ अनि तिनले यस्तो आवाज सुने: “उठ पत्रुस, मारेर खाऊ!” १४ तर पत्रुसले जवाफ दिए: “नाइँ प्रभु किनकि अपवित्र अनि अशुद्ध थोक+ मैले कहिल्यै खाएको छैनँ।” १५ अनि दोस्रो पटक तिनले फेरि यस्तो आवाज सुने: “परमेश्‍वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्‍न छोड।” १६ तिनले तेस्रो पटक पनि त्यस्तै आवाज सुने अनि उत्तिखेरै त्यो चिज आकाशतिर लगियो।

१७ आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अलमल्ल परिरहेको बेला कर्निलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोकामै आइपुगे।+ १८ तिनीहरूले घरधनीलाई बोलाएर त्यहाँ पत्रुस भनिने सिमोन पाहुना बसेका छन्‌ कि भनेर सोधे। १९ पत्रुसले अझै पनि आफूले देखेको दर्शनबारे सोचिरहेको बेला पवित्र शक्‍तिले+ तिनलाई यसो भन्यो: “हेर, तीन जना मानिस तिम्रो विषयमा सोधपुछ गर्दै छन्‌। २० अब उठ, तल ओर्लेर कुनै शङ्‌का नगरी ती मानिसहरूसित जाऊ किनकि तिनीहरूलाई मैले नै पठाएको हुँ।” २१ तब पत्रुस ओर्लेर ती मानिसहरूकहाँ गए अनि भने: “तपाईँहरूले खोजिरहनुभएको मानिस मै हुँ। भन्‍नुहोस्‌, के कति कारणले तपाईँहरू यहाँ आउनुभयो?” २२ तिनीहरूले जवाफ दिए: “सैनिक अफिसर कर्निलियस+ धर्मी अनि परमेश्‍वरको डर मान्‍ने मानिस हुनुहुन्छ र यहुदीहरूको सारा राष्ट्रले उहाँबारे राम्रो कुरा गर्छन्‌। तपाईँलाई बोलाएर आफ्नो घरमा ल्याउनू अनि तपाईँको कुरा सुन्‍नू भनेर पवित्र स्वर्गदूतले उहाँलाई ईश्‍वरीय निर्देशन दिएको हुनाले हामी यहाँ आएका हौँ।” २३ पत्रुसले उनीहरूलाई भित्र बोलाए र पाहुनाको रूपमा राखे।

भोलिपल्ट तिनी उठेर उनीहरूसित गए। जोप्पाका केही भाइहरू पनि तिनीसित गए। २४ त्यसको भोलिपल्ट पत्रुस सिजरिया पसे। कर्निलियस तिनलाई नै पर्खेर बसिरहेका थिए। उनले आफ्ना नातेदारहरू अनि घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए। २५ पत्रुस भित्र पस्नेबित्तिकै कर्निलियसले तिनलाई भेटे र तिनको चरणमा घोप्टो परेर दण्डवत्‌ गरे। २६ तर उनलाई उठाउँदै पत्रुसले भने: “उठ्‌नुहोस्‌, म पनि त मानिस नै हुँ।”+ २७ तब उनीसित कुरा गर्दै पत्रुस भित्र पसे र त्यहाँ थुप्रै मानिस भेला भएर बसिरहेको देखे। २८ त्यसपछि तिनले यसो भने: “यहुदी भईकन अर्को जातिको मानिससित सङ्‌गत गर्नु वा भेट्‌नु कत्तिको अनुचित कुरा हो भनेर तपाईँहरूलाई राम्ररी थाहै छ।+ तैपनि कुनै मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नु हुँदैन+ भनेर परमेश्‍वरले मलाई प्रकट गर्नुभएको छ। २९ त्यसैले मलाई यहाँ बोलाइँदा म कुनै नाइँनास्ति नगरी आएँ। त्यसकारण तपाईँहरूले मलाई बोलाउनुको कारण म जान्‍न चाहन्छु।”

३० तब कर्निलियसले जवाफ दिए: “ठीक चार दिनअघि नवौँ घडीतिर* म आफ्नो घरमा प्रार्थना गर्दै थिएँ। त्यति नै बेला चम्किलो लुगा लगाएको एक जना मानिस मेरो अगाडि उभिए ३१ र तिनले भने, ‘कर्निलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानपुण्य सम्झनुभएको छ। ३२ अब जोप्पामा मानिसहरू पठाएर पत्रुस भनिने सिमोनलाई बोलाऊ। तिनी समुद्रनजिकै चर्मकार सिमोनको घरमा पाहुना बसेका छन्‌।’+ ३३ त्यसैले मैले तुरुन्तै तपाईँलाई बोलाउन पठाएँ र यहाँ आएर तपाईँले धेरै राम्रो गर्नुभयो। यहोवा* परमेश्‍वरले तपाईँलाई जे-जे भन्‍न आज्ञा दिनुभएको छ, ती सुन्‍न अहिले हामी सबै जना यहाँ परमेश्‍वरसामु उपस्थित भएका छौँ।”

३४ तब पत्रुसले यसो भन्दै बोल्न सुरु गरे: “अब मैले राम्ररी बुझेँ, परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।+ ३५ बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।+ ३६ येसु ख्रिष्टद्वारा प्राप्त हुने शान्तिको सुसमाचार घोषणा+ गरेर उहाँले इस्राएलका सन्तानलाई यो सन्देश पठाउनुभयो कि येसु नै सबैको प्रभु हुनुहुन्छ।+ ३७ युहन्‍नाले बप्तिस्माबारे प्रचार गरेपछि गालिलदेखि+ सुरु भएर पूरै यहुदियाभरि कसको चर्चा हुन थाल्यो, त्यो त तपाईँहरूलाई थाहै छ; ३८ अर्थात्‌ नासरतबाट आउनुभएको येसुको। परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+ ३९ उहाँले यहुदीहरूको देशमा अनि यरुसलेममा के-के गर्नुभयो, ती सबैको हामी साक्षी छौँ। तर तिनीहरूले उहाँलाई खम्बामा* टाँगेर मारे। ४० परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा ब्युँताउनुभयो+ र अरूसामु प्रकट हुने अनुमति दिनुभयो। ४१ सबैकहाँ त होइन तर परमेश्‍वरले पहिल्यै रोज्नुभएका साक्षीहरू अर्थात्‌ हामीकहाँ, जसले उहाँ मृत्युबाट ब्युँतनुभएपछि उहाँसितै खानपिन गऱ्‍यौँ।+ ४२ साथै जिउँदा र मरिसकेका मानिसहरूको न्याय गर्न+ परमेश्‍वरले नियुक्‍त गर्नुभएको जन उहाँ नै हुनुहुन्छ भनेर मानिसहरूलाई प्रचार गर्न र राम्ररी साक्षी दिन उहाँले हामीलाई आदेश दिनुभयो।+ ४३ उहाँमाथि विश्‍वास गर्नेजति सबैले उहाँको नामद्वारा आफ्ना पापहरूको क्षमा पाउँछन्‌+ भनेर सबै भविष्यवक्‍ताले उहाँकै विषयमा साक्षी दिएका छन्‌।”+

४४ पत्रुसले यी कुरा भनिरहेकै बेला वचन सुन्‍नेजति सबैमाथि पवित्र शक्‍ति आयो।+ ४५ अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरले सित्तैँमा दिनुहुने पवित्र शक्‍ति पाएको देखेर पत्रुससँगै आएका ती भाइहरू छक्क परे, जसको खतना भएको थियो। ४६ किनकि अन्यजातिका मानिसहरूले विभिन्‍न भाषामा बोलेको अनि परमेश्‍वरको प्रशंसा गरेको ती भाइहरूले सुने।+ तब पत्रुसले यसो भने: ४७ “हामीले जस्तै यिनीहरूले पनि पवित्र शक्‍ति पाएका छन्‌। त्यसैले यिनीहरूले पानीमा बप्तिस्मा गर्न मिल्दैन भनेर के कसैले रोक्न सक्छ र?”+ ४८ तब पत्रुसले येसु ख्रिष्टको नाममा उनीहरूको बप्तिस्मा गराउने आदेश दिए।+ त्यसपछि उनीहरूले तिनलाई अझै केही दिन बस्न आग्रह गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने