प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • भेटीसम्बन्धी नियम (१-२१)

        • इस्राएलीहरू र विदेशीहरूको निम्ति एउटै नियम (१५, १६)

      • अनजानमा गरेको पापको निम्ति भेटी (२२-२९)

      • जानाजानी गरेको पापको सजाय (३०, ३१)

      • विश्रामदिन नमान्‍नेलाई मारिन्छ (३२-३६)

      • लुगाको किनारमा फुर्का हाल्नुपर्ने (३७-४१)

गन्ती १५:२

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८

गन्ती १५:३

फुटनोट

  • *

    शा., “शान्त पार्ने।”

मार्जिनल रेफरेन्स

  • +लेवी १:९
  • +लेवी १:२, ३
  • +लेवी ७:१६; २२:१८, १९, २१
  • +लेवी २३:४; गन २८:१६; २९:१; व्य १६:१३, १६

गन्ती १५:४

फुटनोट

  • *

    एपाको दस भागको एक भाग भनेको २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    एक हिन भनेको ३.६७ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:४०; लेवी २:१, ११

गन्ती १५:५

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +गन २८:६, ७, ११, १४

गन्ती १५:८

मार्जिनल रेफरेन्स

  • +लेवी १:३
  • +लेवी ७:१६
  • +लेवी ३:१, ३; ७:११

गन्ती १५:९

मार्जिनल रेफरेन्स

  • +लेवी ६:१४; गन २८:११, १२; २९:६

गन्ती १५:१०

मार्जिनल रेफरेन्स

  • +गन २८:११, १४

गन्ती १५:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:४९; लेवी २४:२२; गन ९:१४

गन्ती १५:१५

मार्जिनल रेफरेन्स

  • +लेवी १९:३४

गन्ती १५:१९

मार्जिनल रेफरेन्स

  • +यहो ५:११, १२

गन्ती १५:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१९; लेवी २:१४; गन १८:८, १२; व्य २६:१, २; हित ३:९

गन्ती १५:२४

मार्जिनल रेफरेन्स

  • +गन १५:८-१०
  • +गन २८:१५

गन्ती १५:२५

मार्जिनल रेफरेन्स

  • +लेवी ४:२०; हिब्रू २:१७; १ युह २:१, २

गन्ती १५:२७

मार्जिनल रेफरेन्स

  • +लेवी ४:२७, २८

गन्ती १५:२८

मार्जिनल रेफरेन्स

  • +लेवी ४:३२, ३५

गन्ती १५:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:४९; लेवी २४:२२; गन ९:१४; १५:१५

गन्ती १५:३०

फुटनोट

  • *

    वा “मार्नै पर्छ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २१:१४; व्य १७:१२; हिब्रू १०:२६, २७

गन्ती १५:३१

मार्जिनल रेफरेन्स

  • +हिब्रू १०:२८
  • +इज १८:२०

गन्ती १५:३२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:९, १०; ३५:२; व्य ५:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२२, पृ. २-३

गन्ती १५:३४

मार्जिनल रेफरेन्स

  • +लेवी २४:११, १२

गन्ती १५:३५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:१४
  • +लेवी २४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२२, पृ. २-३

गन्ती १५:३८

मार्जिनल रेफरेन्स

  • +व्य २२:१२; मत्ति २३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०११, पृ. १२

    ८/१/२००४, पृ. २६

    ७/१५/२००३, पृ. १३

गन्ती १५:३९

फुटनोट

  • *

    साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +व्य ११:१८
  • +प्रस्थ ३४:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०११, पृ. १२-१३

    ७/१५/२००३, पृ. १३

गन्ती १५:४०

मार्जिनल रेफरेन्स

  • +लेवी ११:४४; रोमी १२:१; १प १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२००३, पृ. १३

गन्ती १५:४१

मार्जिनल रेफरेन्स

  • +उत्प १७:८; प्रस्थ २९:४५; लेवी २५:३८
  • +प्रस्थ ३:१५; ६:२, ३

अरू

गन्ती १५:२उत्प १५:१८
गन्ती १५:३लेवी १:९
गन्ती १५:३लेवी १:२, ३
गन्ती १५:३लेवी ७:१६; २२:१८, १९, २१
गन्ती १५:३लेवी २३:४; गन २८:१६; २९:१; व्य १६:१३, १६
गन्ती १५:४प्रस्थ २९:४०; लेवी २:१, ११
गन्ती १५:५गन २८:६, ७, ११, १४
गन्ती १५:८लेवी १:३
गन्ती १५:८लेवी ७:१६
गन्ती १५:८लेवी ३:१, ३; ७:११
गन्ती १५:९लेवी ६:१४; गन २८:११, १२; २९:६
गन्ती १५:१०गन २८:११, १४
गन्ती १५:१४प्रस्थ १२:४९; लेवी २४:२२; गन ९:१४
गन्ती १५:१५लेवी १९:३४
गन्ती १५:१९यहो ५:११, १२
गन्ती १५:२०प्रस्थ २३:१९; लेवी २:१४; गन १८:८, १२; व्य २६:१, २; हित ३:९
गन्ती १५:२४गन १५:८-१०
गन्ती १५:२४गन २८:१५
गन्ती १५:२५लेवी ४:२०; हिब्रू २:१७; १ युह २:१, २
गन्ती १५:२७लेवी ४:२७, २८
गन्ती १५:२८लेवी ४:३२, ३५
गन्ती १५:२९प्रस्थ १२:४९; लेवी २४:२२; गन ९:१४; १५:१५
गन्ती १५:३०प्रस्थ २१:१४; व्य १७:१२; हिब्रू १०:२६, २७
गन्ती १५:३१हिब्रू १०:२८
गन्ती १५:३१इज १८:२०
गन्ती १५:३२प्रस्थ २०:९, १०; ३५:२; व्य ५:१३, १४
गन्ती १५:३४लेवी २४:११, १२
गन्ती १५:३५प्रस्थ ३१:१४
गन्ती १५:३५लेवी २४:१४
गन्ती १५:३८व्य २२:१२; मत्ति २३:५
गन्ती १५:३९व्य ११:१८
गन्ती १५:३९प्रस्थ ३४:१५
गन्ती १५:४०लेवी ११:४४; रोमी १२:१; १प १:१५
गन्ती १५:४१उत्प १७:८; प्रस्थ २९:४५; लेवी २५:३८
गन्ती १५:४१प्रस्थ ३:१५; ६:२, ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती १५:१-४१

गन्ती

१५ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘मैले तिमीहरूलाई दिन्छु भनेको देशमा जब तिमीहरू पुग्छौ+ ३ अनि यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना आओस्‌ भनेर+ आफ्नो गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा जनावर लिएर त्यसलाई यहोवा परमेश्‍वरको निम्ति आगोमा बलि चढाउँछौ—चाहे त्यो अग्निभेटी,+ विशेष भाकलको बलि, स्वैच्छिकभेटी+ वा विभिन्‍न चाडपर्वमा चढाइने भेटी+ होस्‌— ४ तब एपाको दस भागको एक भाग* मसिनो पीठोलाई+ एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि यहोवा परमेश्‍वरलाई चढाउनू। ५ तिमीहरूले अग्निभेटी चढाउँदा वा भेडाको पाठो बलि चढाउँदा मद्यभेटी पनि चढाउनू। यसको लागि एक चौथाइ हिन दाखमद्य* ल्याउनू।+ ६ अथवा तिमीहरूले थुमाको बलि चढाउँदा एपाको दस भागको दुई भाग मसिनो पीठोलाई एक तिहाइ हिन तेलमा मुछेर अन्‍नभेटी चढाउनू। ७ अनि यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर एक तिहाइ हिन दाखमद्यचाहिँ मद्यभेटीको रूपमा चढाउनू।

८ “‘तर अग्निभेटीको लागि,+ विशेष भाकलको बलिको लागि+ वा मेलबलिको लागि+ यहोवा परमेश्‍वरलाई बहर चढाउने हो भने ९ यसको साथमा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई आधा हिन तेलमा मुछेर अन्‍नभेटी पनि चढाउनू।+ १० साथै यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर मद्यभेटीको रूपमा आधा हिन दाखमद्य आगोमा खन्याउनू।+ ११ बहर, थुमा, भेडाको पाठो वा बाख्रो बलि चढाउँदा तिमीहरूले यसै गर्नू। १२ तिमीहरूले जति वटा बलि चढाए पनि प्रत्येक बलिको निम्ति यसै गर्नू। १३ यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर आगोमा बलि चढाउँदा हरेक इस्राएलीले यसै गरोस्‌।

१४ “‘यदि तिमीहरूमाझ बसोबास गरिरहेको कुनै विदेशी अथवा तिमीहरूमाझ वर्षौँदेखि बसोबास गरिरहेको कुनै व्यक्‍ति यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर आगोमा बलि चढाउन चाहन्छ भने तिमीहरू जसो गर्छौ, उसले पनि त्यसै गरोस्‌।+ १५ तिमीहरूको निम्ति र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति एउटै नियम होस्‌। तिमीहरूको पुस्तौँपुस्तासम्म यही नियम लागू होस्‌। यहोवा परमेश्‍वरको नजरमा विदेशीहरू पनि तिमीहरूसरह होऊन्‌।+ १६ तिमीहरूको निम्ति र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति एउटै नियम लागू हुनेछ र दुवैले एउटै फैसला पालन गर्नुपर्नेछ।’”

१७ यहोवा परमेश्‍वरले मोसालाई अझ भन्‍नुभयो: १८ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘मैले तिमीहरूलाई दिन्छु भनेको देशमा जब तिमीहरू पुग्छौ १९ र त्यहाँको उब्जनी खान्छौ,+ तब तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति भेटी चढाउनू। २० तिमीहरूले आफ्नो पहिलो उब्जनीको खस्रो पीठोबाट सेल आकारको रोटी बनाएर भेटी चढाउनू।+ तिमीहरू खलाबाट ल्याइएको अन्‍न जसरी चढाउँछौ, यसलाई पनि त्यसरी नै चढाउनू। २१ तिमीहरूले पहिलो उब्जनीबाट खस्रो पीठोको रोटी यसरी नै पुस्तौँपुस्तासम्म यहोवा परमेश्‍वरलाई भेटीस्वरूप चढाउनू।

२२ “‘यदि तिमीहरूले कुनै गल्ती गऱ्‍यौ र यहोवा परमेश्‍वरले मोसालाई दिनुभएका यी सबै आज्ञा पालन गर्न चुक्यौ २३ अर्थात्‌ यहोवा परमेश्‍वरका ती सबै आज्ञा, जुन यहोवाले तिमीहरूलाई मोसामार्फत दिनुभएको दिनदेखि नै लागू भयो र तिमीहरूपछिका पुस्तौँपुस्तालाई पनि लागू हुनेछ, ती पालन गर्न चुक्यौ २४ अनि यो गल्ती अनजानमा भयो र समुदायलाई यसबारे थाह छैन तर पछि थाह भयो भने पूरै समुदायले अग्निभेटीको रूपमा एउटा बहर चढाओस्‌ र त्यो यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना होस्‌। साथै समुदायले अन्‍नभेटी र मद्यभेटी पनि चढाओस्‌। यी सबै भेटी तिनीहरूले नियमित प्रक्रियाअनुरूपै चढाऊन्‌।+ यसबाहेक तिनीहरूले पापभेटीको लागि बाख्राको एउटा पाठो पनि चढाऊन्‌।+ २५ पुजारीले इस्राएलीहरूको सारा समुदायको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र तिनीहरूले क्षमा पाउनेछन्‌+ किनकि तिनीहरूले जानाजानी गल्ती गरेका थिएनन्‌। साथै तिनीहरूले यहोवा परमेश्‍वरसामु आगोमा भेटी चढाए र आफ्नो गल्तीको लागि यहोवा परमेश्‍वरसामु पापभेटी चढाए। २६ अनजानमा त्यो गल्ती भएको हुँदा इस्राएलीहरूको सारा समुदाय र तिनीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूलाई क्षमा दिइनेछ।

२७ “‘कुनै व्यक्‍तिले अनजानमा पाप गऱ्‍यो भने उसले पापभेटीस्वरूप बाख्राको एक वर्षे पाठी चढाओस्‌।+ २८ अनि अनजानमा पाप गर्ने त्यस व्यक्‍तिको लागि पुजारीले यहोवा परमेश्‍वरसामु पापको प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाओस्‌।+ २९ अनजानमा पाप गर्ने व्यक्‍ति चाहे इस्राएली होस्‌ वा तिनीहरूमाझ बसोबास गरिरहेको विदेशी, दुवैलाई एउटै नियम लागू होस्‌।+

३० “‘तर कुनै इस्राएली वा विदेशीले जानाजानी पाप गऱ्‍यो भने+ उसले यहोवा परमेश्‍वरको निन्दा गरेको हुन्छ र उसलाई समुदायबाट हटाउनै पर्छ।* ३१ यहोवा परमेश्‍वरको वचन तिरस्कार गरेकोले र उहाँको आज्ञा तोडेकोले उसलाई समुदायबाट हटाउनै पर्छ।+ उसले आफ्नो गल्तीको सजाय भोग्नेछ।’”+

३२ इस्राएलीहरू निर्जनभूमिमा छँदा एक जना मानिसले विश्रामदिनमा* दाउरा बटुलिरहेको तिनीहरूले देखे।+ ३३ दाउरा बटुलिरहेको त्यस व्यक्‍तिलाई तिनीहरूले मोसा, हारुन र सारा समुदायसामु ल्याए। ३४ त्यस व्यक्‍तिलाई के गर्नुपर्छ भन्‍नेबारे स्पष्ट नियम नभएकोले तिनीहरूले उसलाई हिरासतमा राखे।+

३५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यस मानिसलाई मार्नै पर्छ।+ उसलाई छाउनीबाहिर लगेर सारा समुदायले ढुङ्‌गाले हानेर मारोस्‌।”+ ३६ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै सारा समुदायले उसलाई छाउनीबाहिर लगे र ढुङ्‌गाले हानेर मारे।

३७ यहोवा परमेश्‍वरले मोसालाई अझ भन्‍नुभयो: ३८ “इस्राएलीहरूलाई आफ्नो लुगाको किनारमा फुर्का बनाउन र फुर्काको माथिपट्टि निलो धागोको फित्ता गाँस्न भन्‍नू।+ यो नियम तिनीहरूले पुस्तौँपुस्तासम्म पालन गरून्‌। ३९ ‘तिमीहरूको लुगामा फुर्का हुनै पर्छ किनकि ती फुर्का देख्दा तिमीहरूले यहोवा परमेश्‍वरका सबै आज्ञा सम्झनेछौ र ती पालन गर्नेछौ।+ आफ्नो मन र आँखाको अभिलाषाको पछि नलाग नत्र तिमीहरू वेश्‍यावृत्तिमा लाग्नेछौ।*+ ४० तिमीहरूले मेरा सबै आज्ञा सम्झन र पालन गर्न सक अनि तिमीहरू आफ्ना परमेश्‍वरको निम्ति पवित्र हुन सक भनेर मैले फुर्का हाल्ने यो नियम दिएको हुँ।+ ४१ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। म तिमीहरूका परमेश्‍वर हुँ भनी साबित गर्न मैले नै तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएको हुँ।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने