-
१ तिमोथि ३:१-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यो कुरा विश्वासयोग्य छ: यदि कुनै पुरुष निरीक्षक+ बन्न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ। २ त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको,*+ व्यवस्थित र अतिथि-सत्कार गर्ने+ हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता+ हुनुपर्छ, ३ तिनी पियक्कड+ हुनु हुँदैन, हिंस्रक हुनु हुँदैन* बरु व्यावहारिक+ हुनुपर्छ, झगडालु हुनु हुँदैन,+ पैसाको प्रेमी हुनु हुँदैन,+ ४ तिनले आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ* र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ+ ५ (किनकि यदि कुनै पुरुषले आफ्नै घरपरिवारको अगुवाइ लिन जान्दैन भने उसले कसरी परमेश्वरको मण्डलीको हेरचाह गर्न सक्छ र?), ६ तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन+ नत्र त तिनी घमन्डले फुल्नेछन् र तिनले दियाबलले पाएकै जस्तो दण्ड पाउनेछन्। ७ यसबाहेक बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ+ नत्र त तिनीमाथि दोष* लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्।
-
-
तितस १:५-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ कि तिमीले सुधार्नुपर्ने कुराहरू सुधार्न सक अनि मैले तिमीलाई दिएको यी निर्देशनबमोजिम सहर-सहरमा एल्डरहरू* नियुक्त गर्न सक: ६ यस्तो भाइलाई नियुक्त गर्नू, जसमाथि कुनै दोष लागेको छैन, जो एउटै स्त्रीको पति हुन् अनि जसका छोराछोरी प्रभुमा विश्वास गर्छन् र तिनीहरूमाथि दुराचरणमा लागेको* वा विद्रोही भएको आरोप लागेको छैन।+ ७ किनकि निरीक्षक परमेश्वरको भण्डारे भएको हुनाले तिनीमाथि कुनै आरोप लागेको हुनु हुँदैन अनि तिनी आफूखुसी चल्ने,+ झनक्क रिसाउने,+ पियक्कड, हिंस्रक* हुनु हुँदैन र तिनले बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन ८ बरु तिनी अतिथि-सत्कार गर्ने,+ भलाइको प्रेमी, सुझबुझ भएको,*+ धर्मी, वफादार,+ आत्मसंयमी,+ ९ आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्वासयोग्य वचनलाई* दह्रोसित पक्रिराख्ने हुनुपर्छ+ ताकि तिनले साँचो* शिक्षाद्वारा प्रोत्साहन* दिनुका+ साथै त्यस शिक्षाको विरोध गर्नेहरूलाई सुधार्न सकून्।+
-