प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • सुलेमान मन्दिर बनाउन थाल्छन्‌ (१-७)

      • महापवित्र कोठा (८-१४)

      • तामाका दुई वटा खम्बा (१५-१७)

२ इतिहास ३:१

मार्जिनल रेफरेन्स

  • +उत्प २२:२, १४
  • +१रा ६:१, ३७
  • +२स २४:२५; १इ २१:१८
  • +२स २४:१८; १इ २१:२२

२ इतिहास ३:३

फुटनोट

  • *

    मानक नापअनुसार एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो तर “उहिले-उहिलेको नाप”-ले लामो हातलाई जनाउँछ भनी कोही-कोही बताउँछन्‌। लामो हात भनेको ५१.८ सेन्टिमिटर (२०.४ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ६:२

२ इतिहास ३:४

फुटनोट

  • *

    केही प्राचीन पाण्डुलिपिहरूमा “१२०” लेखिएको छ। तर अरू पाण्डुलिपिहरू र केही अनुवादहरूमा “२० हात” लेखिएको छ।

मार्जिनल रेफरेन्स

  • +१रा ६:३

२ इतिहास ३:५

फुटनोट

  • *

    शा., “ठूलो घरमा।” यसले पवित्र कोठालाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +१रा ६:१५, २२
  • +१रा ६:२९
  • +१रा ६:२१

२ इतिहास ३:६

मार्जिनल रेफरेन्स

  • +१इ २९:२, ८
  • +१इ २९:३, ४

२ इतिहास ३:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:२९
  • +प्रस्थ २६:१; १रा ६:२९

२ इतिहास ३:८

फुटनोट

  • *

    एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:३३; १रा ८:६; हिब्रू ९:२४
  • +१रा ६:२०

२ इतिहास ३:९

फुटनोट

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

२ इतिहास ३:१०

मार्जिनल रेफरेन्स

  • +१रा ६:२३-२८

२ इतिहास ३:११

मार्जिनल रेफरेन्स

  • +१रा ८:६; १इ २८:१८

२ इतिहास ३:१३

फुटनोट

  • *

    अर्थात्‌, पवित्र कोठातर्फ।

२ इतिहास ३:१४

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:५१; हिब्रू १०:१९, २०
  • +प्रस्थ २६:३१, ३३

२ इतिहास ३:१५

मार्जिनल रेफरेन्स

  • +२रा २५:१३
  • +१रा ७:१५-२२; २रा २५:१७; २इ ४:११-१३; यर्मि ५२:२२, २३

२ इतिहास ३:१७

फुटनोट

  • *

    वा “दक्षिणतिर।”

  • *

    वा “उत्तरतिर।”

  • *

    यसको अर्थ हो, “उहाँले [अर्थात्‌, यहोवाले] स्थिर पारून्‌।”

  • *

    यसको अर्थ “सामर्थ्यसित” पनि हुन सक्छ।

अरू

२ इति. ३:१उत्प २२:२, १४
२ इति. ३:११रा ६:१, ३७
२ इति. ३:१२स २४:२५; १इ २१:१८
२ इति. ३:१२स २४:१८; १इ २१:२२
२ इति. ३:३१रा ६:२
२ इति. ३:४१रा ६:३
२ इति. ३:५१रा ६:१५, २२
२ इति. ३:५१रा ६:२९
२ इति. ३:५१रा ६:२१
२ इति. ३:६१इ २९:२, ८
२ इति. ३:६१इ २९:३, ४
२ इति. ३:७प्रस्थ २६:२९
२ इति. ३:७प्रस्थ २६:१; १रा ६:२९
२ इति. ३:८प्रस्थ २६:३३; १रा ८:६; हिब्रू ९:२४
२ इति. ३:८१रा ६:२०
२ इति. ३:१०१रा ६:२३-२८
२ इति. ३:१११रा ८:६; १इ २८:१८
२ इति. ३:१४मत्ति २७:५१; हिब्रू १०:१९, २०
२ इति. ३:१४प्रस्थ २६:३१, ३३
२ इति. ३:१५२रा २५:१३
२ इति. ३:१५१रा ७:१५-२२; २रा २५:१७; २इ ४:११-१३; यर्मि ५२:२२, २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ३:१-१७

दोस्रो इतिहास

३ त्यसपछि सुलेमानले यरुसलेमको मोरियाह डाँडामा+ यहोवा परमेश्‍वरको भवन बनाउन थाले।+ त्यही डाँडामा यहोवा परमेश्‍वर तिनका बुबा दाउदकहाँ प्रकट हुनुभएको थियो।+ त्यो ठाउँ यबुसी ओर्नानको खलामा पर्थ्यो+ र दाउदले तयार पारेको ठाउँ पनि त्यही थियो। २ तिनले आफ्नो शासनकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन त्यो भवन बनाउन सुरु गरे। ३ तिनले साँचो परमेश्‍वरको भवनको जग हाले। उहिले-उहिलेको नापअनुसार* जगको लम्बाइ ६० हात र चौडाइ २० हात थियो।+ ४ भवनको अगाडि भएको दलानको लम्बाइ २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। अनि त्यस दलानको उचाइ २० हात* थियो। तिनले त्यस दलानको भित्री भाग निखुर सुनले मोहोरे।+ ५ अनि तिनले ठूलो कोठामा* धुपीको फल्याक लगाए र त्यसलाई निखुर सुनले मोहोरे।+ त्यसपछि तिनले त्यस कोठालाई खजुरको बोटका आकृतिहरू+ र सिक्रीहरूले सजाए।+ ६ तिनले त्यस भवनमा सुन्दर-सुन्दर बहुमूल्य रत्नहरू पनि जडे।+ त्यस भवनमा तिनले प्रयोग गरेको सुन+ पर्वैमबाट ल्याइएको थियो। ७ तिनले त्यो भवन, त्यसका दलिनहरू, सँघारहरू, भित्ताहरू र ढोकाहरू सुनले मोहोरे।+ तिनले भित्ताहरूमा करूबहरूको आकृति खोपे।+

८ त्यसपछि तिनले महापवित्र कोठा बनाए।+ त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो। त्यसको लम्बाइ भवनको चौडाइबराबर थियो। तिनले महापवित्र कोठालाई ६०० टालेन्ट* निखुर सुनले मोहोरे।+ ९ किलाहरू बनाउन ५० शेकेल* सुन प्रयोग गरिएको थियो। सुलेमानले छतका कोठाहरू पनि सुनले मोहोरे।

१० त्यसपछि तिनले महापवित्र कोठामा करूबको दुई वटा प्रतिमा बनाए र त्यसलाई सुनले मोहोरे।+ ११ दुइटै करूबका+ पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। एउटा करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले चाहिँ अर्को करूबको एउटा पखेटा छोएको थियो। १२ त्यसैगरि अर्को करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको अर्कोपट्टिको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले पहिलो करूबको एउटा पखेटा छोएको थियो। १३ ती करूबहरूको पखेटा फिँजिएको थियो र दुइटै करूबका पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। ती करूबहरू सीधा उभिएका थिए र तिनीहरूको मुहार ठूलो कोठातर्फ* फर्किएको थियो।

१४ तिनले निलो धागो, बैजनी ऊन, गाढा रातो धागो र उच्च कोटीको मलमलको पर्दा पनि बनाए+ र त्यसमा करूबहरूको आकृति बनाए।+

१५ त्यसपछि तिनले भवनको अघिल्तिरको भागमा दुई वटा खम्बा बनाए।+ त्यसको लम्बाइ ३५ हात थियो। दुई वटै खम्बाको शिरको उचाइ पाँच-पाँच हात थियो।+ १६ तिनले हारजस्तै देखिने सिक्रीहरू बनाए र ती सिक्रीहरूले खम्बाको शिर सजाइदिए। त्यसपछि तिनले १०० वटा अनारका आकृति बनाए र ती आकृतिहरू सिक्रीहरूमा लगाइदिए। १७ तिनले ती खम्बाहरू मन्दिरको अघिल्तिरको भागमा ठड्‌याए—एउटा दायाँतिर* अनि अर्कोचाहिँ बायाँतिर।* तिनले दायाँतिरको खम्बाको नाम याकिन* राखे र बायाँतिरको खम्बाको नामचाहिँ बोअज* राखे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने