प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • दाउदले मन्दिर बनाउनेछैनन्‌ (१-६)

      • दाउदलाई राज्य दिइने करार (७-१५)

      • दाउदको धन्यवादको प्रार्थना (१६-२७)

१ इतिहास १७:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा १:८; १इ २९:२९
  • +१इ १४:१
  • +२स ७:१-३; १इ १५:१; २इ १:४

१ इतिहास १७:४

मार्जिनल रेफरेन्स

  • +२स ७:४-७; १रा ८:१७-१९; १इ २२:७, ८

१ इतिहास १७:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    यसको अर्थ “पाल टाँगेको एउटा ठाउँबाट अर्को ठाउँमा र एउटा निवासस्थानबाट अर्को निवासस्थानमा” हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:२; गन ४:२४, २५; २स ६:१७; भज ७८:६०

१ इतिहास १७:७

मार्जिनल रेफरेन्स

  • +१स १६:११, १२; १७:१५; २५:३०; २स ७:८-११; भज ७८:७०, ७१

१ इतिहास १७:८

मार्जिनल रेफरेन्स

  • +१स १८:१४; २स ८:६
  • +१स २५:२९; २६:१०; भज ८९:२०, २२
  • +१स १८:३०

१ इतिहास १७:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:२३

१ इतिहास १७:१०

मार्जिनल रेफरेन्स

  • +न्याय २:१६
  • +भज १८:४०

१ इतिहास १७:११

मार्जिनल रेफरेन्स

  • +१रा ८:२०; भज १३२:११
  • +२स ७:१२-१७; १रा ९:५; १इ २८:५; यर्मि २३:५

१ इतिहास १७:१२

मार्जिनल रेफरेन्स

  • +१रा ५:५; १इ २२:१०
  • +भज ८९:३, ४; यसै ९:७; दा २:४४

१ इतिहास १७:१३

मार्जिनल रेफरेन्स

  • +२स ७:१४; लुका ९:३५; हिब्रू १:५
  • +१स १५:२४, २८; १इ १०:१३, १४
  • +यसै ५५:३

१ इतिहास १७:१४

मार्जिनल रेफरेन्स

  • +दा २:४४; युह १:४९; २प १:११
  • +भज ८९:३६; यर्मि ३३:२०, २१; लुका १:३२, ३३; हिब्रू १:८; प्रका ३:२१

१ इतिहास १७:१५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

१ इतिहास १७:१६

मार्जिनल रेफरेन्स

  • +२स ७:८, १८-२०

१ इतिहास १७:१७

फुटनोट

  • *

    वा “उच्च पदको व्यक्‍ति।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २२:४२; प्रे १३:३४; प्रका २२:१६

१ इतिहास १७:१८

मार्जिनल रेफरेन्स

  • +भज १३९:१

१ इतिहास १७:१९

मार्जिनल रेफरेन्स

  • +२स ७:२१-२४

१ इतिहास १७:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:११
  • +यसै ४३:१०

१ इतिहास १७:२१

मार्जिनल रेफरेन्स

  • +व्य ४:७; भज १४७:२०
  • +प्रस्थ १९:५; भज ७७:१५
  • +व्य ७:१; यहो १०:४२; २१:४४
  • +व्य ४:३४; नहे ९:१०; यसै ६३:१२; इज २०:९

१ इतिहास १७:२२

मार्जिनल रेफरेन्स

  • +१स १२:२२
  • +उत्प १७:७; व्य ७:६, ९

१ इतिहास १७:२३

मार्जिनल रेफरेन्स

  • +२स ७:२५-२९

१ इतिहास १७:२४

फुटनोट

  • *

    वा “भरोसायोग्य साबित होस्‌।”

मार्जिनल रेफरेन्स

  • +२इ ६:३३; भज ७२:१९; मत्ति ६:९; युह १२:२८
  • +भज ८९:३५, ३६

अरू

१ इति. १७:११रा १:८; १इ २९:२९
१ इति. १७:११इ १४:१
१ इति. १७:१२स ७:१-३; १इ १५:१; २इ १:४
१ इति. १७:४२स ७:४-७; १रा ८:१७-१९; १इ २२:७, ८
१ इति. १७:५प्रस्थ ४०:२; गन ४:२४, २५; २स ६:१७; भज ७८:६०
१ इति. १७:७१स १६:११, १२; १७:१५; २५:३०; २स ७:८-११; भज ७८:७०, ७१
१ इति. १७:८१स १८:१४; २स ८:६
१ इति. १७:८१स २५:२९; २६:१०; भज ८९:२०, २२
१ इति. १७:८१स १८:३०
१ इति. १७:९प्रस्थ २:२३
१ इति. १७:१०न्याय २:१६
१ इति. १७:१०भज १८:४०
१ इति. १७:१११रा ८:२०; भज १३२:११
१ इति. १७:११२स ७:१२-१७; १रा ९:५; १इ २८:५; यर्मि २३:५
१ इति. १७:१२१रा ५:५; १इ २२:१०
१ इति. १७:१२भज ८९:३, ४; यसै ९:७; दा २:४४
१ इति. १७:१३२स ७:१४; लुका ९:३५; हिब्रू १:५
१ इति. १७:१३१स १५:२४, २८; १इ १०:१३, १४
१ इति. १७:१३यसै ५५:३
१ इति. १७:१४दा २:४४; युह १:४९; २प १:११
१ इति. १७:१४भज ८९:३६; यर्मि ३३:२०, २१; लुका १:३२, ३३; हिब्रू १:८; प्रका ३:२१
१ इति. १७:१६२स ७:८, १८-२०
१ इति. १७:१७मत्ति २२:४२; प्रे १३:३४; प्रका २२:१६
१ इति. १७:१८भज १३९:१
१ इति. १७:१९२स ७:२१-२४
१ इति. १७:२०प्रस्थ १५:११
१ इति. १७:२०यसै ४३:१०
१ इति. १७:२१व्य ४:७; भज १४७:२०
१ इति. १७:२१प्रस्थ १९:५; भज ७७:१५
१ इति. १७:२१व्य ७:१; यहो १०:४२; २१:४४
१ इति. १७:२१व्य ४:३४; नहे ९:१०; यसै ६३:१२; इज २०:९
१ इति. १७:२२१स १२:२२
१ इति. १७:२२उत्प १७:७; व्य ७:६, ९
१ इति. १७:२३२स ७:२५-२९
१ इति. १७:२४२इ ६:३३; भज ७२:१९; मत्ति ६:९; युह १२:२८
१ इति. १७:२४भज ८९:३५, ३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास १७:१-२७

पहिलो इतिहास

१७ राजा दाउद आफ्नो महलमा बस्न थालेको केही समयपछि तिनले भविष्यवक्‍ता नातानलाई यसो भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर यहोवा परमेश्‍वरको करारको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+ २ नातानले दाउदलाई भने: “तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌। किनकि साँचो परमेश्‍वर तपाईँको साथमा हुनुहुन्छ।”

३ त्यही रात परमेश्‍वरको यो वचन नातानकहाँ आयो: ४ “मेरो सेवक दाउदकहाँ गएर भन: ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीले मेरो भवन, मेरो निवासस्थान बनाउनेछैनौ।+ ५ इस्राएलीहरूलाई छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले कुनै भवनमा बास गरेको छैनँ। बरु एउटा पालबाट अर्को पालमा र एउटा वासस्थानबाट* अर्को वासस्थानमा* सर्दै आएको छु।+ ६ जब म इस्राएलीहरूसँगसँगै यात्रा गरिरहेको थिएँ र मेरा मानिसहरूलाई डोऱ्‍याउन मैले न्यायकर्ताहरू नियुक्‍त गरेको थिएँ, त्यसबेला के मैले तिनीहरूमध्ये कसैलाई कहिल्यै यसो भनेँ र: ‘तिमीले किन मेरो निम्ति देवदारको भवन बनाएनौ?’”’

७ “मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ। अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ ८ तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु र तिमी यस संसारका महान्‌ मानिसहरूमा गनिनेछौ।+ ९ म मेरो प्रजा इस्राएलीहरूको लागि एउटा ठाउँ रोज्नेछु र त्यहाँ तिनीहरूलाई राख्नेछु। तिनीहरू त्यहाँ बसोबास गर्नेछन्‌ र तिनीहरूलाई फेरि कसैले दुःख दिनेछैन। दुष्ट मानिसहरूले तिनीहरूमाथि अत्याचार गर्नेछैनन्‌, जसरी विगतमा+ १० मैले मेरो प्रजा इस्राएलीहरूमाथि न्यायकर्ताहरू नियुक्‍त गरेको समयदेखि दुष्टहरूले तिनीहरूलाई सताउँदै आएका थिए।+ म तिम्रा सबै शत्रुलाई तिम्रो अधीनमा ल्याउनेछु।+ साथै म यो पनि भन्छु, ‘यहोवाले तिम्रो निम्ति एउटा राजघराना खडा गर्नुहुनेछ।’

११ “‘“जब तिम्रो मृत्यु हुनेछ र तिमी आफ्ना पितृहरूसितै मिल्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै एक जना छोरालाई तिमीपछि राजा बनाउनेछु।+ अनि म तिनको शासनलाई स्थिर पार्नेछु।+ १२ तिनले नै मेरो निम्ति एउटा भवन बनाउनेछन्‌+ र म तिनको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+ १३ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌।+ तिमीभन्दा अघिको मानिसलाई मैले अटल प्रेम देखाउन छोडेको थिएँ+ तर म तिनलाई भने अटल प्रेम देखाउन छोड्‌नेछैनँ।+ १४ म तिनलाई सदाको लागि मेरो सिंहासनमा बसाल्नेछु।+ अनि तिनको शासन र राजघरानालाई सदासर्वदा स्थिर पार्नेछु।”’”+

१५ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।

१६ तब राजा दाउद यहोवा परमेश्‍वरसामु बसे र यसो भने: “हे यहोवा! म को हुँ र? अनि मेरो घराना के हो र? तैपनि तपाईँले मेरो लागि यी सबै गर्नुभयो।+ १७ हे परमेश्‍वर! मेरो लागि यत्ति धेरै गरिसकेपछि पनि तपाईँले यस दासको घराना लामो समयसम्म रहिरहनेछ भनेर बताउनुभयो।+ अनि हे यहोवा, तपाईँले मलाई अझ उच्च पारिन लायकको* ठान्‍नुभयो। १८ तपाईँले दिनुभएको यस्तो सम्मानबारे तपाईँको यो सेवक दाउदले अरू के नै भन्‍न सक्छ र? किनकि तपाईँ आफ्नो सेवकलाई राम्ररी चिन्‍नुहुन्छ।+ १९ हे यहोवा, तपाईँले आफ्नो सेवकको खातिर आफ्नो इच्छाअनुसार यी सबै महान्‌ काम गर्नुभयो र यसरी आफ्नो महानता प्रकट गर्नुभयो।+ २० हे यहोवा, तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्‍वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ। २१ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे साँचो परमेश्‍वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको सामुन्‍नेबाट अरू जातिहरूलाई धपाउनुभयो+ अनि महान्‌ र आश्‍चर्यजनक कामहरू गर्नुभयो। यसरी तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ २२ तपाईँले इस्राएलीहरूलाई सदाको लागि आफ्नै प्रजा बनाउनुभयो+ अनि हे यहोवा, तपाईँ तिनीहरूका परमेश्‍वर हुनुभयो।+ २३ अब हे यहोवा, तपाईँले आफ्नो दास र उसको घरानाबारे गर्नुभएको प्रतिज्ञा सधैँ पूरा होस्‌; आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्‌।+ २४ तपाईँको नाम सदासर्वदा कायम रहोस्‌* अनि महिमित होस्‌+ र मानिसहरूले यसो भनून्‌, ‘इस्राएलका परमेश्‍वर, सेनाहरूका यहोवा नै इस्राएलीहरूका परमेश्‍वर हुनुहुन्छ।’ अनि तपाईँको दास दाउदको घराना तपाईँसामु स्थिर रहोस्‌।+ २५ किनकि हे मेरा परमेश्‍वर, तपाईँले आफ्नो दासको लागि राजघराना खडा गर्ने आफ्नो उद्देश्‍य प्रकट गर्नुभएको छ। त्यसैले यस दासले ढुक्क भएर तपाईँलाई यो प्रार्थना चढाउन सकेको छ। २६ हे यहोवा, तपाईँ साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँले आफ्नो दासको निम्ति यस्ता असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। २७ त्यसैले बिन्ती छ, तपाईँको यस दासको घरानालाई प्रसन्‍न हुँदै आशिष्‌ दिनुहोस्‌ र यो घराना सदासर्वदा तपाईँसामु रहोस्‌। किनकि हे यहोवा, तपाईँले नै यस घरानालाई आशिष्‌ दिनुभएको छ र यो घरानामा सधैँभरि आशिष्‌ रहनेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने