प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • यहोवाकहाँ फर्कने (१-१०)

      • यहोवाको आज्ञा पालन गर्न धेरै गाह्रो छैन (११-१४)

      • जीवन कि मृत्यु रोज्ने (१५-२०)

व्यवस्था ३०:१

मार्जिनल रेफरेन्स

  • +व्य ११:२६-२८; २८:२, १५
  • +२रा १७:६; २इ ३६:२०
  • +१रा ८:४७; नहे १:९; इज १८:२८; योए २:१३

व्यवस्था ३०:२

मार्जिनल रेफरेन्स

  • +यसै ५५:७; १ युह १:९
  • +व्य ४:२९

व्यवस्था ३०:३

मार्जिनल रेफरेन्स

  • +यर्मि २९:१४
  • +वि ३:२२
  • +एज्रा १:२, ३; भज १४७:२; यर्मि ३२:३७; इज ३४:१३

व्यवस्था ३०:४

मार्जिनल रेफरेन्स

  • +व्य २८:६४; सप ३:२०

व्यवस्था ३०:५

मार्जिनल रेफरेन्स

  • +नहे १:९

व्यवस्था ३०:६

फुटनोट

  • *

    शा., “हृदयको खतना गर्नुहुनेछ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:३७, ३९
  • +व्य ६:५

व्यवस्था ३०:७

मार्जिनल रेफरेन्स

  • +उत्प १२:२, ३; यर्मि २५:१२; वि ३:६४; रोमी १२:१९

व्यवस्था ३०:९

मार्जिनल रेफरेन्स

  • +यसै ६५:२१, २२; मला ३:१०
  • +यर्मि ३२:३७, ४१

व्यवस्था ३०:१०

मार्जिनल रेफरेन्स

  • +नहे १:९; प्रे ३:१९

व्यवस्था ३०:११

फुटनोट

  • *

    शा., “तिमीहरूबाट धेरै टाढा छैन।”

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००९, पृ. ३१

व्यवस्था ३०:१२

मार्जिनल रेफरेन्स

  • +रोमी १०:६

व्यवस्था ३०:१४

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:२१; या १:२५
  • +रोमी १०:८

व्यवस्था ३०:१५

मार्जिनल रेफरेन्स

  • +व्य ११:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००९, पृ. ३१

व्यवस्था ३०:१६

मार्जिनल रेफरेन्स

  • +व्य ६:५
  • +लेवी १८:५
  • +लेवी २५:१८; व्य ३०:५

व्यवस्था ३०:१७

मार्जिनल रेफरेन्स

  • +व्य २९:१८; हिब्रू ३:१२
  • +व्य ४:१९

व्यवस्था ३०:१८

मार्जिनल रेफरेन्स

  • +व्य ८:१९; यहो २३:१५; १स १२:२५

व्यवस्था ३०:१९

मार्जिनल रेफरेन्स

  • +व्य ११:२६; २७:२६; २८:२, १५
  • +व्य ३२:४७; यहो २४:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ४४

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या २ २०१८ पृ. १४-१५

    प्रहरीधरहरा,

    २/१/२०१०, पृ. ३०

    ६/१/२००६, पृ. २७

    ७/१५/१९९९, पृ. ११-१२

    ६/१५/१९९६, पृ. १२-१७

व्यवस्था ३०:२०

मार्जिनल रेफरेन्स

  • +व्य ४:४
  • +व्य १०:१२
  • +उत्प १२:७; १५:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ४४

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या २ २०१८ पृ. १४-१५

    प्रहरीधरहरा,

    २/१/२०१०, पृ. ३०

    १२/१/२००९, पृ. ३१

    ६/१/२००६, पृ. २८-२९

    ७/१५/१९९९, पृ. ११-१२

अरू

व्यव. ३०:१व्य ११:२६-२८; २८:२, १५
व्यव. ३०:१२रा १७:६; २इ ३६:२०
व्यव. ३०:११रा ८:४७; नहे १:९; इज १८:२८; योए २:१३
व्यव. ३०:२यसै ५५:७; १ युह १:९
व्यव. ३०:२व्य ४:२९
व्यव. ३०:३यर्मि २९:१४
व्यव. ३०:३वि ३:२२
व्यव. ३०:३एज्रा १:२, ३; भज १४७:२; यर्मि ३२:३७; इज ३४:१३
व्यव. ३०:४व्य २८:६४; सप ३:२०
व्यव. ३०:५नहे १:९
व्यव. ३०:६यर्मि ३२:३७, ३९
व्यव. ३०:६व्य ६:५
व्यव. ३०:७उत्प १२:२, ३; यर्मि २५:१२; वि ३:६४; रोमी १२:१९
व्यव. ३०:९यसै ६५:२१, २२; मला ३:१०
व्यव. ३०:९यर्मि ३२:३७, ४१
व्यव. ३०:१०नहे १:९; प्रे ३:१९
व्यव. ३०:११यसै ४५:१९
व्यव. ३०:१२रोमी १०:६
व्यव. ३०:१४मत्ति ७:२१; या १:२५
व्यव. ३०:१४रोमी १०:८
व्यव. ३०:१५व्य ११:२६
व्यव. ३०:१६व्य ६:५
व्यव. ३०:१६लेवी १८:५
व्यव. ३०:१६लेवी २५:१८; व्य ३०:५
व्यव. ३०:१७व्य २९:१८; हिब्रू ३:१२
व्यव. ३०:१७व्य ४:१९
व्यव. ३०:१८व्य ८:१९; यहो २३:१५; १स १२:२५
व्यव. ३०:१९व्य ११:२६; २७:२६; २८:२, १५
व्यव. ३०:१९व्य ३२:४७; यहो २४:१५
व्यव. ३०:२०व्य ४:४
व्यव. ३०:२०व्य १०:१२
व्यव. ३०:२०उत्प १२:७; १५:१८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ३०:१-२०

व्यवस्था

३० “मैले तिमीहरूको अगाडि राखिदिएको आशिष्‌ र सरापबारे जे-जे भनेँ, ती सबै तिमीहरूमाथि पूरा हुनेछन्‌।+ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई जातिजातिमाझ तितरबितर पार्नुभएपछि+ तिमीहरूले ती सबै कुरा सम्झनेछौ।+ २ अनि तिमीहरू यहोवा आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ+ र मैले आज बताएका उहाँका सबै आज्ञा तिमीहरू र तिमीहरूका छोराहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले पालन गर्नेछौ।+ ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+ ४ तिमीहरू पृथ्वीको पल्लो छेउसम्म तितरबितर भए पनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जम्मा गर्नुहुनेछ र फर्काएर ल्याउनुहुनेछ।+ ५ तिमीहरूका पुर्खाले अधिकार गरेको देशमा यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्याउनुहुनेछ र तिमीहरूले त्यसलाई आफ्नो बनाउनेछौ। उहाँले तिमीहरूका पुर्खाहरूको भन्दा तिमीहरूको फलिफाप गराउनुहुनेछ र तिमीहरूको सङ्‌ख्या धेरै गुणा बढाउनुहुनेछ।+ ६ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको र तिमीहरूका सन्तानको हृदय शुद्ध पार्नुहुनेछ,*+ जसले गर्दा तिमीहरूले यहोवा परमेश्‍वरलाई आफ्नो सारा हृदयले अनि आफ्नो सारा ज्यानले प्रेम गर्न सक्नेछौ र तिमीहरू जीवित रहनेछौ।+ ७ तब यहोवा तिमीहरूका परमेश्‍वरले यी सबै सराप तिमीहरूका शत्रुहरूमाथि खन्याउनुहुनेछ, जसले तिमीहरूलाई घृणा गरे र तिमीहरूको खेदो गरे।+

८ “तिमीहरू यहोवा परमेश्‍वरकहाँ फर्कनेछौ, उहाँको कुरा सुन्‍नेछौ र उहाँका सबै आज्ञा पालन गर्नेछौ, जुन आज म तिमीहरूलाई बताउँदै छु। ९ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा प्रचुर मात्रामा आशिष्‌ बर्साउनुहुनेछ।+ उहाँले तिमीहरूका छोराछोरी, गाईवस्तु र भूमिको उब्जनी बढाउनुहुनेछ। जसरी यहोवा परमेश्‍वरले खुसीसाथ तिमीहरूका पितापुर्खाको फलिफाप गराउनुभएको थियो, त्यसरी नै तिमीहरूको पनि खुसीसाथ फलिफाप गराउनुहुनेछ।+ १० किनकि तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको कुरा सुन्‍नेछौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र नियमहरू पालन गर्नेछौ अनि तिमीहरू आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ।+

११ “मैले आज तिमीहरूलाई दिएको आज्ञा बुझ्न वा पालन गर्न धेरै गाह्रो छैन।*+ १२ के यो आज्ञा स्वर्गमा छ र, ताकि तिमीहरूले यसो भन्‍नुपरोस्‌, ‘यो आज्ञा सुन्‍न र त्यसअनुसार चल्न स्वर्गमा उक्लेर कसले त्यो ल्याइदेला?’+ १३ अथवा के यो आज्ञा समुद्रपारि छ र, ताकि तिमीहरूले यसो भन्‍नुपरोस्‌, ‘यो आज्ञा सुन्‍न र त्यसअनुसार चल्न समुद्रपारि गएर कसले त्यो ल्याइदेला?’ १४ तिमीहरूले पालन गर्न सक भनेर+ व्यवस्थाको यो सन्देश तिमीहरूकै नजिक, तिमीहरूकै मुखमा र तिमीहरूकै हृदयमा छ।+

१५ “हेर! आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष्‌ रोज कि मृत्यु र सराप।+ १६ यहोवा परमेश्‍वरलाई प्रेम गरेर,+ उहाँको मार्गमा हिँडेर अनि उहाँका आज्ञा, नीतिनियम र फैसला पालन गरेर आज मैले तिमीहरूलाई दिने यहोवा परमेश्‍वरका आज्ञाहरू सुन्यौ भने तिमीहरू जीवित रहनेछौ+ र तिमीहरूको वृद्धि हुनेछ। अनि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।+

१७ “तर तिमीहरूको मन बहकियो+ र तिमीहरूले परमेश्‍वरको कुरा सुनेनौ अनि अरू देवीदेवतातर्फ आकर्षित भएर उनीहरूलाई ढोग्न थाल्यौ र उनीहरूकै सेवा गर्न थाल्यौ भने+ १८ आज म तिमीहरूलाई भन्छु, तिमीहरू पक्कै नाश हुनेछौ।+ तिमीहरूले यर्दनपारि जुन देश अधिकार गर्नेछौ, त्यहाँ तिमीहरू लामो समयसम्म बस्न पाउनेछैनौ। १९ आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष्‌ रोज कि मृत्यु र सराप।+ तिमीहरू जे रोज्छौ, त्यसको साक्षी आकाश र पृथ्वी छन्‌। तिमीहरूले जीवनै रोज, तब तिमीहरू र तिमीहरूका सन्तान जीवित रहनेछौ।+ २० त्यसको लागि तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको कुरा सुन्‍नू, उहाँप्रति वफादार रहनू+ र उहाँलाई प्रेम गरिरहनू+ किनकि तिमीहरूलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। अनि यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, त्यस देशमा उहाँले नै तिमीहरूलाई लामो समयसम्म रहिरहन दिनुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने