प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • इसहाकको जन्म (१-७)

      • इस्माएल इसहाकको खिसी गर्छन्‌ (८, ९)

      • हागार र इस्माएललाई निकालिन्छ (१०-२१)

      • अब्राहाम अबिमेलेकसित करार गर्छन्‌ (२२-३४)

उत्पत्ति २१:१

मार्जिनल रेफरेन्स

  • +उत्प १८:१०

उत्पत्ति २१:२

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:११
  • +उत्प १७:२१; १८:१०, १४; रोमी ९:९

उत्पत्ति २१:३

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१९; यहो २४:३; रोमी ९:७

उत्पत्ति २१:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१२; लेवी १२:३; प्रे ७:८

उत्पत्ति २१:६

फुटनोट

  • *

    वा सम्भवतः “तिनीहरू मलाई हेरेर हाँस्नेछन्‌।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १४-१५

उत्पत्ति २१:९

मार्जिनल रेफरेन्स

  • +उत्प १६:४, १५
  • +उत्प १५:१३; गला ४:२२, २९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २६

उत्पत्ति २१:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १५:२, ४; गला ४:३०

उत्पत्ति २१:११

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १५

उत्पत्ति २१:१२

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१९; रोमी ९:७; हिब्रू ११:१८

उत्पत्ति २१:१३

मार्जिनल रेफरेन्स

  • +गला ४:२२
  • +उत्प १६:९, १०; १७:२०; २५:१२, १६

उत्पत्ति २१:१४

फुटनोट

  • *

    जनावरको छालाबाट बनेको थैलो।

मार्जिनल रेफरेन्स

  • +उत्प २५:५, ६
  • +उत्प २२:१९

उत्पत्ति २१:१६

फुटनोट

  • *

    वा “एक काँडको दूरी पर।” यसले काँड हान्दा काँडले पार गर्ने दूरीलाई जनाउँछ।

उत्पत्ति २१:१७

मार्जिनल रेफरेन्स

  • +उत्प १६:११
  • +उत्प १६:७, ८

उत्पत्ति २१:१८

मार्जिनल रेफरेन्स

  • +१इ १:२९-३१

उत्पत्ति २१:२०

मार्जिनल रेफरेन्स

  • +उत्प १६:१६

उत्पत्ति २१:२१

मार्जिनल रेफरेन्स

  • +गन १०:१२

उत्पत्ति २१:२२

फुटनोट

  • *

    यो पलिस्तियाली राजाहरूको उपाधि हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +उत्प २०:१७, १८; २६:२६, २८

उत्पत्ति २१:२३

फुटनोट

  • *

    वा “अटल प्रेम।”

मार्जिनल रेफरेन्स

  • +उत्प २०:१४, १५

उत्पत्ति २१:२५

मार्जिनल रेफरेन्स

  • +उत्प २६:१५, २०

उत्पत्ति २१:३१

फुटनोट

  • *

    यसको अर्थ “शपथको इनार” वा “सातको इनार” हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +उत्प २६:३२, ३३

उत्पत्ति २१:३२

मार्जिनल रेफरेन्स

  • +उत्प २६:२६, २८
  • +उत्प १०:१३, १४; २६:१

उत्पत्ति २१:३३

मार्जिनल रेफरेन्स

  • +भज ९०:२; यसै ४०:२८; १ ति १:१७
  • +उत्प १२:८, ९; २६:२५

उत्पत्ति २१:३४

फुटनोट

  • *

    शा., “धेरै दिनसम्म।”

  • *

    वा “विदेशीको रूपमा बसोबास गरे।”

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:८, ९

अरू

उत्प. २१:१उत्प १८:१०
उत्प. २१:२हिब्रू ११:११
उत्प. २१:२उत्प १७:२१; १८:१०, १४; रोमी ९:९
उत्प. २१:३उत्प १७:१९; यहो २४:३; रोमी ९:७
उत्प. २१:४उत्प १७:१२; लेवी १२:३; प्रे ७:८
उत्प. २१:९उत्प १६:४, १५
उत्प. २१:९उत्प १५:१३; गला ४:२२, २९
उत्प. २१:१०उत्प १५:२, ४; गला ४:३०
उत्प. २१:११उत्प १७:१८
उत्प. २१:१२उत्प १७:१९; रोमी ९:७; हिब्रू ११:१८
उत्प. २१:१३गला ४:२२
उत्प. २१:१३उत्प १६:९, १०; १७:२०; २५:१२, १६
उत्प. २१:१४उत्प २५:५, ६
उत्प. २१:१४उत्प २२:१९
उत्प. २१:१७उत्प १६:११
उत्प. २१:१७उत्प १६:७, ८
उत्प. २१:१८१इ १:२९-३१
उत्प. २१:२०उत्प १६:१६
उत्प. २१:२१गन १०:१२
उत्प. २१:२२उत्प २०:१७, १८; २६:२६, २८
उत्प. २१:२३उत्प २०:१४, १५
उत्प. २१:२५उत्प २६:१५, २०
उत्प. २१:३१उत्प २६:३२, ३३
उत्प. २१:३२उत्प २६:२६, २८
उत्प. २१:३२उत्प १०:१३, १४; २६:१
उत्प. २१:३३भज ९०:२; यसै ४०:२८; १ ति १:१७
उत्प. २१:३३उत्प १२:८, ९; २६:२५
उत्प. २१:३४हिब्रू ११:८, ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति २१:१-३४

उत्पत्ति

२१ आफूले भनेअनुसारै यहोवा परमेश्‍वरले सारालाई सम्झनुभयो। यहोवा परमेश्‍वरले साराको विषयमा जुन प्रतिज्ञा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो।+ २ सारा गर्भवती भइन्‌+ र अब्राहाम वृद्ध भइसकेको भए तापनि परमेश्‍वरले तोक्नुभएकै समयमा साराले अब्राहामबाट एउटा छोरा जन्माइन्‌।+ ३ साराबाट जन्मिएको छोराको नाम अब्राहामले इसहाक राखे।+ ४ अनि इसहाक आठ दिनको हुँदा अब्राहामले परमेश्‍वरको आज्ञाबमोजिम उसको खतना* गरे।+ ५ इसहाक जन्मँदा अब्राहाम १०० वर्षका थिए। ६ त्यतिखेर साराले यसो भनिन्‌: “परमेश्‍वरले मलाई रमाउने कारण दिनुभएको छ। अब ज-जसले मेरो बारेमा सुन्छन्‌, तिनीहरू पनि मसँगसँगै रमाउनेछन्‌।”* ७ उनले अझै यसो भनिन्‌: “‘अब्राहामकी पत्नी साराले आफ्नै लालाबालालाई दूध चुसाउनेछिन्‌’ भनेर कसले सोचेको थियो होला र? तैपनि उहाँको बुढेसकालमा मैले उहाँको निम्ति छोरा जन्माएँ।”

८ बालक इसहाक हुर्कँदै गयो र उसलाई दूध छुटाइयो। दूध छुटाइएको दिन अब्राहामले ठूलो भोज दिए। ९ मिश्री हागारबाट+ जन्मिएको अब्राहामको छोराले इसहाकको खिसी गरेको साराले याद गरिरहेकी थिइन्‌।+ १० त्यसैकारण उनले अब्राहामलाई भनिन्‌: “त्यो दासी र त्यसको छोरालाई घरबाट निकालिदिनुहोस्‌। किनकि त्यसको छोरा मेरो छोरा इसहाकसँग बराबरको हकवाला बन्‍न पाउनेछैन!”+ ११ छोरा इस्माएलबारे साराले भनेको कुरा अब्राहामलाई पटक्कै चित्त बुझेन।+ १२ तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो: “त्यो ठिटो र तिम्री दासीबारे साराले भनेको कुरामा नमीठो नमान। साराको कुरा सुन किनकि तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।+ १३ तर तिम्री दासीबाट+ जन्मिएको छोराबाट पनि म एउटा जाति बनाउनेछु+ किनकि ऊ पनि तिम्रै छोरा हो।”

१४ त्यसैले अब्राहाम बिहान सबेरै उठे र हागारलाई रोटी र एक मशक* पानी दिए। यी सामानहरू हागारको काँधमा बोकाएर अब्राहामले तिनी र तिनको छोरालाई पठाइदिए।+ अनि हागार त्यहाँबाट हिँडिन्‌ र बेर्सेबाको निर्जनभूमिमा भौँतारिन थालिन्‌।+ १५ मशकको पानी रित्तिएपछि हागारले आफ्नो छोरालाई झाडीमुनि छोडिदिइन्‌। १६ अनि अलि पर* गएर यसरी बिलौना गर्न थालिन्‌: “मेरो छोरा मरेको म हेर्न सक्दिनँ।” त्यसपछि तिनी डाँको छोडेर रुन थालिन्‌।

१७ तब परमेश्‍वरले त्यो ठिटो रोइरहेको सुन्‍नुभयो+ अनि स्वर्गबाट परमेश्‍वरको दूतले हागारलाई सोधे: “ए हागार, तिमी किन रोइरहेकी छ्यौ?+ नडराऊ! किनकि त्यो ठिटो बसिरहेको ठाउँबाटै परमेश्‍वरले उसको स्वर सुन्‍नुभएको छ। १८ उठ! गएर ठिटोलाई उठाऊ र उसको राम्ररी हेरविचार गर! म ऊबाट एउटा ठूलो जाति बनाउनेछु।”+ १९ त्यसपछि परमेश्‍वरले हागारको आँखा खोलिदिनुभयो र तिनले एउटा इनार देखिन्‌। तिनी इनारमा गइन्‌ र मशकमा पानी भरेर छोरालाई खुवाइन्‌। २० अनि त्यो ठिटो+ हुर्कँदै जाँदा परमेश्‍वरको निगाह त्यसमाथि रह्‍यो। ऊ धनुर्धारी बन्यो र निर्जनभूमिमा बस्न थाल्यो। २१ ऊ पारान भनिने निर्जनभूमिमा बस्थ्यो+ र उसकी आमाले उसको लागि मिश्र देशबाट पत्नी खोजेर ल्याइदिइन्‌।

२२ त्यतिखेरैको कुरा हो, एकदिन अबिमेलेक* आफ्नो सेनापति फिकोलसित अब्राहामकहाँ गए अनि तिनलाई भने: “परमेश्‍वरको आशिष्‌ले गर्दा तपाईँलाई सबै कुरा फलिफाप भएको छ।+ २३ त्यसैकारण म र मेरो शाखासन्तानसित तपाईँले छल गर्नुहुनेछैन बरु जसरी आजसम्म मैले तपाईँलाई कृपा* देखाएँ, त्यसरी नै तपाईँले पनि मलाई र तपाईँ बसिरहनुभएको यस देशका मानिसहरूलाई कृपा देखाउनुहुनेछ भनेर परमेश्‍वरको नाममा मसित कसम खानुहोस्‌।”+ २४ तब अब्राहामले अबिमेलेकले भनेझैँ कसम खाए।

२५ तर अब्राहामले अबिमेलेकका दासहरूले जबरजस्ती खोसेर लिएको इनारको विषयमा अबिमेलेकसित गुनासो गरे।+ २६ अनि अबिमेलेकले भने: “यस्तो काम कसले गऱ्‍यो, मलाई थाहै थिएन। तपाईँले पनि मलाई केही भन्‍नुभएन र मैले पनि आजसम्म कसैको मुखबाट यो कुरा सुनेको थिइनँ।” २७ त्यसपछि अब्राहामले अबिमेलेकलाई भेडा र गाईवस्तु दिए अनि दुवैले आपसमा एउटा करार गरे। २८ तब अब्राहामले आफ्नो बगालबाट सात वटा पाठी अलग्गै छुट्ट्याए। २९ यो देखेर अबिमेलेकले सोधे: “तपाईँले किन यी सात वटा पाठी अलग्गै छुट्ट्याउनुभयो?” ३० अब्राहामले जवाफ दिए: “किनकि यो इनार मैले खनेको हो भन्‍ने कुराको प्रमाणस्वरूप तपाईँले अब यी सात वटा पाठी मेरो तर्फबाट स्वीकार गर्नुपर्छ।” ३१ त्यसैले तिनले त्यस ठाउँको नाम बेर्सेबा*+ राखे किनभने त्यहीँ नै दुवैले कसम खाएका थिए। ३२ यसरी तिनीहरूले बेर्सेबामा करार गरे।+ त्यसपछि अबिमेलेक र तिनका सेनापति फिकोल पलिस्तियालीहरूको देशमा फर्के।+ ३३ अनि अब्राहामले बेर्सेबामा एउटा झ्याउको बोट रोपे र सदैव रहिरहनुहुने+ परमेश्‍वर यहोवाको नाम पुकारे।+ ३४ यसरी अब्राहाम धेरै वर्षसम्म* पलिस्तियालीहरूको देशमा बसोबास गरे।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने