प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • यरुसलेम, रक्‍तदोषी सहर (१-१६)

      • इस्राएल, कसरजस्तै बेकार (१७-२२)

      • अगुवा र मानिसहरूलाई सजाय सुनाइन्छ (२३-३१)

इजकिएल २२:२

फुटनोट

  • *

    शा., “सहरको न्याय गर्छौ, त्यसको न्याय गर्छौ?”

मार्जिनल रेफरेन्स

  • +२रा २१:१६; यर्मि २:३४; मत्ति २३:३७
  • +इज १६:५१

इजकिएल २२:३

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +इज २४:६
  • +२रा २१:११
  • +इज १२:२५

इजकिएल २२:४

मार्जिनल रेफरेन्स

  • +उत्प ९:६
  • +लेवी २६:३०; इज २३:३७
  • +व्य २८:३७; १रा ९:७; भज ८०:६; इज २३:३२; दा ९:१६

इजकिएल २२:५

मार्जिनल रेफरेन्स

  • +भज ७९:४

इजकिएल २२:६

मार्जिनल रेफरेन्स

  • +यसै १:२३; मिका ३:१-३; सप ३:३

इजकिएल २२:७

फुटनोट

  • *

    वा “बुबा गुमाएको बच्चामाथि।”

मार्जिनल रेफरेन्स

  • +व्य २७:१६
  • +प्रस्थ २२:२१, २२; भज ८२:३; यसै १:१७

इजकिएल २२:८

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १९:३०

इजकिएल २२:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१; लेवी १९:१६
  • +यर्मि १३:२७

इजकिएल २२:१०

फुटनोट

  • *

    शा., “आफ्नो बुबाको लाज उदाङ्‌ग पार्छन्‌।”

मार्जिनल रेफरेन्स

  • +लेवी १८:७; २०:११
  • +लेवी १८:१९; २०:१८

इजकिएल २२:११

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२०; २०:१०; यर्मि ५:८
  • +लेवी १८:१५
  • +लेवी २०:१७

इजकिएल २२:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:८; व्य २७:२५; यसै १:२३
  • +व्य २३:१९
  • +प्रस्थ २२:२५; लेवी ६:४, ५

इजकिएल २२:१४

मार्जिनल रेफरेन्स

  • +इज २१:७

इजकिएल २२:१५

मार्जिनल रेफरेन्स

  • +व्य ४:२७; २८:२५
  • +यसै १:२५; इज २३:२७

इजकिएल २२:१६

मार्जिनल रेफरेन्स

  • +इज ६:१३

इजकिएल २२:१८

मार्जिनल रेफरेन्स

  • +हित १७:३; यर्मि ६:२८-३०

इजकिएल २२:१९

मार्जिनल रेफरेन्स

  • +भज ११९:११९; हित २५:४

इजकिएल २२:२०

मार्जिनल रेफरेन्स

  • +इज २१:३१

इजकिएल २२:२१

मार्जिनल रेफरेन्स

  • +व्य ४:२४; भज २१:९; यर्मि २१:१२
  • +भज ६८:२

इजकिएल २२:२५

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:३१; ६:१३, १४
  • +मिका ३:५

इजकिएल २२:२६

मार्जिनल रेफरेन्स

  • +यर्मि २:८; वि ४:१३; मिका ३:११
  • +लेवी २०:३; २२:२
  • +लेवी १०:१०
  • +लेवी ११:४६, ४७

इजकिएल २२:२७

मार्जिनल रेफरेन्स

  • +मिका ३:१-३; सप ३:३

इजकिएल २२:२८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ३०:१०; यर्मि २३:२५; वि २:१४; इज १३:९, १०

इजकिएल २२:२९

मार्जिनल रेफरेन्स

  • +यसै १:२३; ३:१४; यर्मि २१:१२; मिका २:२

इजकिएल २२:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:११; भज १०६:२३

अरू

इज. २२:२२रा २१:१६; यर्मि २:३४; मत्ति २३:३७
इज. २२:२इज १६:५१
इज. २२:३इज २४:६
इज. २२:३२रा २१:११
इज. २२:३इज १२:२५
इज. २२:४उत्प ९:६
इज. २२:४लेवी २६:३०; इज २३:३७
इज. २२:४व्य २८:३७; १रा ९:७; भज ८०:६; इज २३:३२; दा ९:१६
इज. २२:५भज ७९:४
इज. २२:६यसै १:२३; मिका ३:१-३; सप ३:३
इज. २२:७व्य २७:१६
इज. २२:७प्रस्थ २२:२१, २२; भज ८२:३; यसै १:१७
इज. २२:८लेवी १९:३०
इज. २२:९प्रस्थ २३:१; लेवी १९:१६
इज. २२:९यर्मि १३:२७
इज. २२:१०लेवी १८:७; २०:११
इज. २२:१०लेवी १८:१९; २०:१८
इज. २२:११लेवी १८:२०; २०:१०; यर्मि ५:८
इज. २२:११लेवी १८:१५
इज. २२:११लेवी २०:१७
इज. २२:१२प्रस्थ २३:८; व्य २७:२५; यसै १:२३
इज. २२:१२व्य २३:१९
इज. २२:१२प्रस्थ २२:२५; लेवी ६:४, ५
इज. २२:१४इज २१:७
इज. २२:१५व्य ४:२७; २८:२५
इज. २२:१५यसै १:२५; इज २३:२७
इज. २२:१६इज ६:१३
इज. २२:१८हित १७:३; यर्मि ६:२८-३०
इज. २२:१९भज ११९:११९; हित २५:४
इज. २२:२०इज २१:३१
इज. २२:२१व्य ४:२४; भज २१:९; यर्मि २१:१२
इज. २२:२१भज ६८:२
इज. २२:२५यर्मि ५:३१; ६:१३, १४
इज. २२:२५मिका ३:५
इज. २२:२६यर्मि २:८; वि ४:१३; मिका ३:११
इज. २२:२६लेवी २०:३; २२:२
इज. २२:२६लेवी १०:१०
इज. २२:२६लेवी ११:४६, ४७
इज. २२:२७मिका ३:१-३; सप ३:३
इज. २२:२८यसै ३०:१०; यर्मि २३:२५; वि २:१४; इज १३:९, १०
इज. २२:२९यसै १:२३; ३:१४; यर्मि २१:१२; मिका २:२
इज. २२:३०प्रस्थ ३२:११; भज १०६:२३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २२:१-३१

इजकिएल

२२ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, के तिमी त्यो हत्यारा सहरमाथि न्यायदण्ड सुनाउन तयार छौ?*+ त्यसका घिनलाग्दा कामहरूबारे बताउन के तिमी तयार छौ?+ ३ तिमीले भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “ए सहर! तिमी आफ्नै मानिसहरूको हत्या गर्छ्यौ,+ घिनलाग्दा मूर्तिहरू* बनाएर आफैलाई बिटुलो पार्छ्यौ,+ अब तिम्रो इन्साफको समय आएको छ।+ ४ तिमीले गरेको हत्याले गर्दा तिमी दोषी ठहरिएकी छ्यौ+ र तिम्रा घिनलाग्दा मूर्तिहरूले तिमीलाई अशुद्ध बनाएको छ।+ तिमीले आफ्नै विनाश निम्त्याएकी छ्यौ। तिम्रो अधर्मले गर्दा तिम्रो नाश नजिकै आएको छ। त्यसैले म तिमीलाई सबै जातिमाझ घृणाको पात्र बनाउनेछु र देशहरूले तिम्रो खिसी गर्नेछन्‌।+ ५ ए बदनामी र उपद्रवले भरिएकी सहर! तिम्रो वरपरका र टाढा-टाढाका देशहरूले तिम्रो खिसी गर्नेछन्‌।+ ६ तिमीमाझ भएका इस्राएलका हरेक कुलनायकले आफ्नो अख्तियारको दुरुपयोग गर्दै अरूको हत्या गर्छन्‌।+ ७ तिनीहरू आफ्नो बुबा र आफ्नी आमाको अपमान गर्छन्‌,+ विदेशीहरूलाई ठग्छन्‌ अनि विधवा र अनाथमाथि* अत्याचार गर्छन्‌।”’”+

८ “‘मेरा पवित्र ठाउँहरूलाई तिमी तुच्छ ठान्छ्यौ र मेरो विश्रामदिनलाई* बिटुलो पार्छ्यौ।+ ९ अरूलाई दोषी ठहराएर हत्या गर्न खोज्ने मानिसहरू तिमीमाझ छन्‌।+ तिनीहरू डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खान्छन्‌ र छाडा काम गर्न छोड्‌दैनन्‌।+ १० तिनीहरू आफ्नै बुबाकी पत्नीसित सुत्छन्‌*+ र महिनावारीले अशुद्ध भएकी स्त्रीसित सम्बन्ध राख्छन्‌।+ ११ एउटाले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो व्यवहार गर्छ+ भने अर्कोले आफ्नै बुहारीसित छाडा काम गरेर उसलाई बिटुलो पार्छ+ अनि अर्कोचाहिँ आफ्नै बुबाबाट जन्मिएकी बहिनीको इज्जत लुट्‌छ।+ १२ अरूको हत्या गर्न तिम्रा मानिसहरू घुस लिन्छन्‌।+ तिमी ब्याज लिन वा नाफा कमाउन सापटी दिन्छ्यौ+ र आफ्ना छिमेकीहरूको पैसा धुत्छ्यौ।+ हो, तिमीले मलाई चटक्कै बिर्सेकी छ्यौ,’ ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ।

१३ “‘हेर, तिमीहरूको बेइमानीको कमाइ र तिमीहरूले गरेको रक्‍तपात देखेर म घिनाउँदै थपडी मार्छु। १४ मैले सजाय दिँदा के तिमी आफ्नो मुटु र पाखुरा दह्रो बनाइरहन सक्छ्यौ?+ म यहोवाले नै यसो भनेको हुँ र म तिमीलाई सजाय दिन्छु। १५ म तिमीलाई जातिजातिको बीचमा र ठाउँठाउँमा तितरबितर पारिदिनेछु+ र तिम्रो घिनलाग्दो कामको अन्त्य गरिदिनेछु।+ १६ अनि जातिजातिमाझ तिमीले बेइज्जती भोग्नुपर्नेछ। तब म नै यहोवा हुँ भनेर तिमीले जान्‍नेछ्यौ।’”+

१७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १८ “हे मानिसको छोरा, इस्राएलको घराना मेरो लागि कसरजस्तै बेकार भएको छ। तिनीहरू सबै आरनमा हालिएको तामा, टिन, फलाम र सिसाजस्तै छन्‌। तिनीहरू चाँदीको कसरझैँ भएका छन्‌।+

१९ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीहरू कसरजस्तै बेकार+ भएकाले म तिमीहरूलाई यरुसलेममा जम्मा गर्नेछु। २० जसरी चाँदी, तामा, फलाम, सिसा र टिनलाई जम्मा गरेर आरनमा हालिन्छ र आगो दन्काएर गलाइन्छ, म पनि मेरो रिस र मेरो क्रोध खन्याउँदै तिमीहरूलाई जम्मा गर्नेछु र आगो दन्काएर गाल्नेछु।+ २१ तिमीहरूलाई यरुसलेममा जम्मा गरेर म आफ्नो क्रोधको आगो तिमीहरूमाथि दन्काउनेछु+ र त्यहाँ तिमीहरू गल्नेछौ।+ २२ जसरी आरनमा चाँदी गल्छ, त्यसरी नै तिमीहरू पनि यरुसलेममा गल्नेछौ। तब म यहोवाले नै तिमीहरूमाथि क्रोध खन्याएको हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”

२३ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २४ “हे मानिसको छोरा, यरुसलेमलाई यसो भन, ‘मेरो क्रोधको दिनमा तिमी पखालिनेछैनौ र तिमीमाथि झरी बर्सनेछैन। २५ तिम्रा भविष्यवक्‍ताहरू षड्‌यन्त्र रच्छन्‌।+ तिनीहरू गर्जँदै आफ्नो सिकारलाई लुछलाछ पार्ने सिंहजस्ता छन्‌।+ ती भविष्यवक्‍ताहरू मानिसहरूलाई निल्न तिनीहरूमाथि जाइलाग्छन्‌। खरखजाना र बहुमूल्य कुराहरू तिनीहरू खोसेर लिन्छन्‌। तिनीहरूले गर्दा धेरै जना विधवा भएका छन्‌। २६ तिम्रा पुजारीहरूले मेरा आज्ञाहरू तोडेका छन्‌+ र तिनीहरू मेरा पवित्र ठाउँहरूलाई बिटुलो पार्छन्‌।+ कुन कुरालाई पवित्र मान्‍नुपर्छ अनि कुनलाई पर्दैन, त्यसको तिनीहरूलाई वास्तै छैन।+ शुद्ध के हो र अशुद्ध के हो, त्यो तिनीहरूले अरूलाई सिकाएकै छैनन्‌।+ तिनीहरू मेरो विश्रामदिन पालन गर्दैनन्‌। तिनीहरूले मेरो अपमान गरेका छन्‌। २७ तिम्रा शासकहरू आफ्नो सिकारलाई च्यातचुत पार्ने ब्वाँसाजस्ता छन्‌। तिनीहरू नाफा कमाउनलाई अरूको रगत बगाउँछन्‌ र ज्यान लिन्छन्‌।+ २८ तर तिम्रा भविष्यवक्‍ताहरू भने ती शासकहरूका कुकर्मलाई चुनले पोतेर ढाकछोप गर्छन्‌। तिनीहरू झूटा दर्शन* देख्छन्‌ र झूटा जोखना हेर्छन्‌+ अनि यहोवाले केही भन्दै नभन्‍नुभए पनि “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ” भन्छन्‌। २९ तिम्रा मानिसहरूले जालसाजी गरेका छन्‌ र अरूलाई लुटेका छन्‌।+ गरिब र खाँचोमा परेकाहरूसित तिनीहरूले निर्दयी व्यवहार गरेका छन्‌। तिनीहरूले परदेशीहरूमाथि अन्याय गरेका छन्‌ र तिनीहरूलाई ठगेका छन्‌।’

३० “‘सहरको पर्खाल मर्मत गरेर वा पर्खाल चर्केको ठाउँमा पहरा दिएर रक्षा गर्ने मानिस कोही छ कि भनेर मैले खोजेँ+ तर कोही पनि पाइनँ। ३१ त्यसैले म तिनीहरूमाथि आफ्नो रिस पोख्नेछु र मेरो क्रोधको आगोले तिनीहरूलाई भस्म गर्नेछु। तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याउनेछु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने