प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • इसहाक याकुबलाई पद्दान-अराम पठाउँछन्‌ (१-९)

      • बेथेलमा याकुबले देखेको सपना (१०-२२)

        • परमेश्‍वर याकुबसित आफ्नो प्रतिज्ञा पक्का गर्नुहुन्छ (१३-१५)

उत्पत्ति २८:१

मार्जिनल रेफरेन्स

  • +उत्प २४:३४, ३७; प्रस्थ ३४:१५, १६; १रा ११:१-३; २कोरि. ६:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९५, पृ. १३

उत्पत्ति २८:२

मार्जिनल रेफरेन्स

  • +उत्प २९:१६

उत्पत्ति २८:३

मार्जिनल रेफरेन्स

  • +उत्प १७:५; ४६:१५, १९; १इ २:१, २

उत्पत्ति २८:४

मार्जिनल रेफरेन्स

  • +उत्प १२:२, ३
  • +उत्प १२:७; १५:१३; १७:१, ८; हिब्रू ११:९

उत्पत्ति २८:५

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२०
  • +उत्प २४:२९

उत्पत्ति २८:६

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१; २कोरि. ६:१४

उत्पत्ति २८:७

मार्जिनल रेफरेन्स

  • +उत्प २७:४३

उत्पत्ति २८:८

मार्जिनल रेफरेन्स

  • +उत्प २७:४६

उत्पत्ति २८:९

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:२, ३

उत्पत्ति २८:१०

मार्जिनल रेफरेन्स

  • +उत्प ११:३१; २७:४३

उत्पत्ति २८:११

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१८, १९

उत्पत्ति २८:१२

मार्जिनल रेफरेन्स

  • +युह १:५१; हिब्रू १:७, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २८

    १०/१५/२००३, पृ. २८-२९

उत्पत्ति २८:१३

मार्जिनल रेफरेन्स

  • +उत्प २६:२४, २५
  • +उत्प १२:७; २८:४; भज १०५:९-११

उत्पत्ति २८:१४

फुटनोट

  • *

    वा “आफूमाथि आशिष्‌ ल्याउनेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१४, १६; १रा ४:२०
  • +उत्प १८:१८; २२:१५, १८

उत्पत्ति २८:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:६
  • +उत्प ३१:३; गन २३:१९; यहो २३:१४; हिब्रू ६:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०१३, पृ. २१

उत्पत्ति २८:१७

मार्जिनल रेफरेन्स

  • +भज ४७:२
  • +उत्प ३५:१

उत्पत्ति २८:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:१३

उत्पत्ति २८:१९

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वरको घर।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:६; यहो १६:१, २

उत्पत्ति २८:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १७०

अरू

उत्प. २८:१उत्प २४:३४, ३७; प्रस्थ ३४:१५, १६; १रा ११:१-३; २कोरि. ६:१४
उत्प. २८:२उत्प २९:१६
उत्प. २८:३उत्प १७:५; ४६:१५, १९; १इ २:१, २
उत्प. २८:४उत्प १२:२, ३
उत्प. २८:४उत्प १२:७; १५:१३; १७:१, ८; हिब्रू ११:९
उत्प. २८:५उत्प २५:२०
उत्प. २८:५उत्प २४:२९
उत्प. २८:६उत्प २८:१; २कोरि. ६:१४
उत्प. २८:७उत्प २७:४३
उत्प. २८:८उत्प २७:४६
उत्प. २८:९उत्प ३६:२, ३
उत्प. २८:१०उत्प ११:३१; २७:४३
उत्प. २८:११उत्प २८:१८, १९
उत्प. २८:१२युह १:५१; हिब्रू १:७, १४
उत्प. २८:१३उत्प २६:२४, २५
उत्प. २८:१३उत्प १२:७; २८:४; भज १०५:९-११
उत्प. २८:१४उत्प १३:१४, १६; १रा ४:२०
उत्प. २८:१४उत्प १८:१८; २२:१५, १८
उत्प. २८:१५उत्प ३५:६
उत्प. २८:१५उत्प ३१:३; गन २३:१९; यहो २३:१४; हिब्रू ६:१८
उत्प. २८:१७भज ४७:२
उत्प. २८:१७उत्प ३५:१
उत्प. २८:१८उत्प ३१:१३
उत्प. २८:१९उत्प ३५:६; यहो १६:१, २
उत्प. २८:२२उत्प ३५:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति २८:१-२२

उत्पत्ति

२८ त्यसकारण इसहाकले याकुबलाई बोलाए अनि तिनलाई आशिष्‌ दिनुका साथै यो आज्ञा पनि दिए: “तिमीले कनानी केटीहरूसित कुनै पनि हालतमा बिहे नगर्नू।+ २ बरु पद्दान-अराममा तिम्रा हजुरबुबा बतुएलकहाँ जाऊ र तिम्रो मामा लाबानकी छोरीहरूमध्ये एउटीसित बिहे गर।+ ३ यसो गऱ्‍यौ भने सर्वशक्‍तिमान्‌ परमेश्‍वरले तिमीलाई आशिष्‌ दिनुहुनेछ र तिम्रा धेरै सन्तान हुनेछन्‌। अनि तिम्रा सन्तानबाट विभिन्‍न कुल मिलेर बनेको एउटा ठूलो समुदाय निस्कनेछ।+ ४ उहाँले तिम्रो हजुरबुबा अब्राहामलाई दिनुभएको आशिष्‌ तिमी र तिम्रा सन्तानलाई पनि दिनुहुनेछ।+ परमेश्‍वरले अब्राहामलाई दिनुभएको यो भूमि जहाँ अहिले तिमी प्रवासी भएर बसिरहेका छौ, ती सबै तिम्रो हुनेछ।”+

५ त्यसपछि इसहाकले याकुबलाई बिदा गरे र याकुब पद्दान-अराममा लाबानकहाँ गए। लाबान अरामी+ बतुएलका छोरा अनि याकुब र एसावकी आमा रिबेकाका दाइ थिए।+

६ आफ्नो बुबा इसहाकले याकुबलाई आशिष्‌ दिएको, पद्दान-अराममा केटी खोज्न पठाएको र तिनलाई आशिष्‌ दिँदा “कनानी केटीसित कुनै हालतमा बिहे नगर्नू” भनेर आज्ञा दिएको कुरा एसावले थाह पाएका थिए।+ ७ अनि आफ्ना आमाबुबाको आज्ञा पालन गरेर याकुब पद्दान-अरामतिर लागेको कुरा पनि एसावलाई थाह थियो।+ ८ बुबालाई कनानी केटीहरू मन पर्दैन रहेछ भनेर तब एसावले बुझे।+ ९ त्यसैले तिनी अब्राहामका छोरा इस्माएलकहाँ गए र इस्माएलकी छोरी, नबायोथकी बहिनी महलाथसित तिनले बिहे गरे। एसावका अरू पत्नीहरू पनि थिए।+

१० याकुब बेर्सेबाबाट हारानतिर लागे।+ ११ हिँड्‌दा-हिँड्‌दै घाम पनि अस्तायो। त्यसैले तिनले बीच बाटोमै रात काट्‌ने विचार गरे। तिनले एउटा ढुङ्‌गा लिए र त्यसलाई सिरानी बनाएर त्यहीँ सुते।+ १२ तिनले एउटा सपना देखे। तिनले सपनामा पृथ्वीबाट स्वर्गसम्मै पुग्ने एउटा भऱ्‍याङ देखे। त्यहाँबाट स्वर्गदूतहरू ओर्लने र उक्लने गर्दा रहेछन्‌।+ १३ अनि सबैभन्दा माथि यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्‍नुभयो:

“म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्‍वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+ १४ तिम्रा सन्तान बालुवाजस्तै गन्‍नै नसक्नेगरि धेरै हुनेछन्‌।+ तिम्रा सन्तानले पूर्व-पश्‍चिम, उत्तर-दक्षिण चारैतिरको इलाका ढाक्नेछन्‌। अनि तिमी र तिम्रा सन्तानद्वारा पृथ्वीका सबै घरानाले आशिष्‌ पाउनेछन्‌।*+ १५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+

१६ तब याकुब निद्राबाट झल्याँस्स ब्युँझे र तिनले भने: “ओहो! यस ठाउँमा यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ र मलाई यो कुरा थाहै थिएन।” १७ तिनी डराए र यसो भने: “यो साधारण ठाउँ होइन, पवित्र ठाउँ हो! यो परमेश्‍वरकै घर हुनुपर्छ+ अनि स्वर्ग जाने ढोका पनि यहीँ रहेछ!”+ १८ तब याकुब बिहान सबेरै उठे र आफूले सिरानी बनाएको ढुङ्‌गा ठड्‌याएर त्यसमाथि तेल खन्याए।+ १९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+

२० त्यसपछि याकुबले यसो भनेर भाकल गरे: “हे परमेश्‍वर, यदि तपाईँ मसँग रहनुभयो, बाटोमा मेरो रक्षा गर्नुभयो अनि मलाई रोटी र लुगाफाटा जुटाइदिनुभयो २१ र अन्तमा म सकुशल बुबाको घर फर्कन पाएँ भने तपाईँ साँच्चै मेरा परमेश्‍वर यहोवा हुनुहुँदो रहेछ भनेर म थाह पाउनेछु। २२ तब मैले ठड्‌याएको यो ढुङ्‌गा तपाईँको घर हुनेछ+ र तपाईँले मलाई दिनुभएको सबै थोकको दस भागको एक भाग म सधैँ तपाईँलाई चढाउनेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने