प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • धर्मीहरूको लागि इन्साफ र आशा (१-२४)

        • यहोवा न्यायकर्ता, कानुनदाता र राजा हुनुहुन्छ (२२)

        • कसैले यसो भन्‍नेछैन: “म बिरामी छु।” (२४)

यसैया ३३:१

मार्जिनल रेफरेन्स

  • +२रा १८:१३; यसै १०:५
  • +यसै १०:१२; नहु ३:७

यसैया ३३:२

मार्जिनल रेफरेन्स

  • +भज १२३:२
  • +भज ४४:३; यसै ५२:१०
  • +भज ४६:१; नहु १:७

यसैया ३३:३

मार्जिनल रेफरेन्स

  • +भज ४६:६; ६८:१; यसै १७:१३

यसैया ३३:६

मार्जिनल रेफरेन्स

  • +भज २७:१
  • +हित १९:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२४, पृ. २२

यसैया ३३:७

फुटनोट

  • *

    यसले यहुदालाई सङ्‌केत गरेको हुनुपर्छ।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. १३-१४, १८

यसैया ३३:८

फुटनोट

  • *

    यसले शत्रुहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +२रा १८:१९, २०

यसैया ३३:९

फुटनोट

  • *

    वा सम्भवतः “देश सुकेको छ।”

मार्जिनल रेफरेन्स

  • +यसै ३७:२४
  • +नहु १:४

यसैया ३३:१०

मार्जिनल रेफरेन्स

  • +भज ४६:१०

यसैया ३३:११

मार्जिनल रेफरेन्स

  • +यसै ५:२४

यसैया ३३:१२

मार्जिनल रेफरेन्स

  • +यसै ९:१८

यसैया ३३:१४

मार्जिनल रेफरेन्स

  • +व्य २८:६६, ६७
  • +व्य ३२:२२; नहु १:६; हिब्रू १२:२९

यसैया ३३:१५

मार्जिनल रेफरेन्स

  • +इज १८:१७
  • +१इ २९:१७
  • +प्रस्थ २३:८; व्य १६:१९

यसैया ३३:१६

फुटनोट

  • *

    वा “अग्लो किल्ला।”

मार्जिनल रेफरेन्स

  • +१रा १९:५, ६; भज ३४:९, १०; यसै ६५:१३

यसैया ३३:१८

फुटनोट

  • *

    वा “मनन गरेर।”

मार्जिनल रेफरेन्स

  • +२रा १५:१९

यसैया ३३:१९

मार्जिनल रेफरेन्स

  • +व्य २८:४९, ५०; यसै २८:११; यर्मि ५:१५

यसैया ३३:२०

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ६
  • +भज १२५:१

यसैया ३३:२२

मार्जिनल रेफरेन्स

  • +उत्प १८:२५; भज ५०:६; ९८:९
  • +लेवी २६:३; या ४:१२
  • +भज ४४:४; ९७:१; प्रका ११:१५, १७
  • +यसै १२:२; सप ३:१७

यसैया ३३:२३

फुटनोट

  • *

    अर्थात्‌, शत्रुहरूका।

मार्जिनल रेफरेन्स

  • +यसै ३३:४

यसैया ३३:२४

मार्जिनल रेफरेन्स

  • +व्य ७:१५; प्रका २१:४; २२:१, २
  • +यर्मि ५०:२०; मिका ७:१८, १९

अरू

यसै. ३३:१२रा १८:१३; यसै १०:५
यसै. ३३:१यसै १०:१२; नहु ३:७
यसै. ३३:२भज १२३:२
यसै. ३३:२भज ४४:३; यसै ५२:१०
यसै. ३३:२भज ४६:१; नहु १:७
यसै. ३३:३भज ४६:६; ६८:१; यसै १७:१३
यसै. ३३:६भज २७:१
यसै. ३३:६हित १९:२३
यसै. ३३:८२रा १८:१९, २०
यसै. ३३:९यसै ३७:२४
यसै. ३३:९नहु १:४
यसै. ३३:१०भज ४६:१०
यसै. ३३:११यसै ५:२४
यसै. ३३:१२यसै ९:१८
यसै. ३३:१४व्य २८:६६, ६७
यसै. ३३:१४व्य ३२:२२; नहु १:६; हिब्रू १२:२९
यसै. ३३:१५इज १८:१७
यसै. ३३:१५१इ २९:१७
यसै. ३३:१५प्रस्थ २३:८; व्य १६:१९
यसै. ३३:१६१रा १९:५, ६; भज ३४:९, १०; यसै ६५:१३
यसै. ३३:१८२रा १५:१९
यसै. ३३:१९व्य २८:४९, ५०; यसै २८:११; यर्मि ५:१५
यसै. ३३:२०व्य १२:५, ६
यसै. ३३:२०भज १२५:१
यसै. ३३:२२उत्प १८:२५; भज ५०:६; ९८:९
यसै. ३३:२२लेवी २६:३; या ४:१२
यसै. ३३:२२भज ४४:४; ९७:१; प्रका ११:१५, १७
यसै. ३३:२२यसै १२:२; सप ३:१७
यसै. ३३:२३यसै ३३:४
यसै. ३३:२४व्य ७:१५; प्रका २१:४; २२:१, २
यसै. ३३:२४यर्मि ५०:२०; मिका ७:१८, १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ३३:१-२४

यसैया

३३ धिक्कार तिमीलाई, जो अरूलाई नाश गर्छौ तर आफूचाहिँ नाश भएका छैनौ;+

जो अरूलाई धोका दिन्छौ तर आफूले चाहिँ धोका पाएका छैनौ!

तिमीले नाश गरेपछि तिमीलाई पनि नाश गरिनेछ।+

तिमीले अरूलाई धोका दिएपछि तिमीलाई पनि धोका दिइनेछ।

 २ हे यहोवा, हामीमाथि कृपा देखाउनुहोस्‌।+

हामीले तपाईँमै आशा गरेका छौँ।

हरेक बिहानी तपाईँ हाम्रो बाहुबल बन्‍नुहोस्‌,+

दुःखको समयमा हाम्रो उद्धारक बन्‍नुहोस्‌।+

 ३ तपाईँ गर्जनुहुँदा जातिजातिका मानिसहरू भाग्छन्‌;

तपाईँ उठ्‌नुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्‌।+

 ४ भोका सलहहरू बालीमाथि जाइलागेझैँ मानिसहरू तिमीहरूको लुटको मालमाथि जाइलाग्नेछन्‌;

सलहको बथानले झैँ तिनीहरू त्यसमाथि झम्टिनेछन्‌।

 ५ यहोवा उच्च पारिनुहुनेछ

किनकि उहाँ उच्च ठाउँमा विराजमान हुनुहुन्छ।

उहाँले सियोनलाई न्याय र सुकर्मले भरिपूर्ण पार्नुहुनेछ।

 ६ अनि उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ;

प्रशस्त मात्रामा उद्धार,+ बुद्धि र ज्ञानका साथै यहोवाको निम्ति श्रद्धा दिनुहुनेछ+

—यही नै तिमीहरूको सम्पत्ति हुनेछ।

 ७ हेर, तिनीहरूका* शूरवीरहरू सडकमा रुँदै छन्‌;

शान्तिका दूतहरू धुरुधुरु रुँदै छन्‌।

 ८ राजमार्ग सुनसान भएको छ;

बाटोमा हिँड्‌नेहरू कोही छैन।

उसले* करार भङ्‌ग गरेको छ,

सहरहरूलाई तुच्छ ठानेको छ,

उसले मानिसलाई कुनै मोलको ठान्दैन।+

 ९ देशले विलाप गर्दै छ* र त्यो उजाड भएको छ।

लेबनान लाजमा परेको छ;+ त्यो ओइलाएको छ।

सारोनचाहिँ मरुभूमिजस्तै भएको छ

अनि बासान र कर्मेलका पातहरू झरेका छन्‌।+

१० यहोवा भन्‍नुहुन्छ, “अब म उठ्‌नेछु,

म आफूलाई उच्च पार्नेछु;+

म आफूलाई महिमित पार्नेछु।

११ तिमीहरू सुक्खा घाँसलाई गर्भधारण गर्छौ र ठोसोलाई जन्म दिन्छौ।

तिमीहरूको आफ्नै सोचाइले तिमीहरूलाई आगोले झैँ भस्म गर्नेछ।+

१२ अनि जातिजातिका मानिसहरूको हालत जलेको चुनझैँ हुनेछ।

काटेको काँडालाई झैँ तिनीहरूलाई आगोमा जलाइनेछ।+

१३ ए टाढा-टाढाका मानिसहरू हो, म के गर्नेछु भनेर सुन।

अनि ए नजिकका मानिसहरू हो, मेरो पराक्रमलाई स्विकार।

१४ सियोनका पापी मानिसहरू त्रसित भएका छन्‌;+

धर्मत्यागीहरू थरथर काँपेका छन्‌।

तिनीहरू एकअर्कालाई यसो भन्छन्‌: ‘भस्म गर्ने आगोसामु को टिक्न सक्छ र?+

निभाउनै नसकिने आगोसामु को खडा हुन सक्छ र?’

१५ जो सही बाटोमा हिँडिरहन्छ,+

जसले सत्य बोल्छ,+

जसले छलकपट र बेइमानीको नाफा लिन इन्कार गर्छ,

जसले घुस थाप्नदेखि आफ्नो हातलाई रोक्छ,+

जसले अरूको रगत बगाउने योजना सुन्‍नदेखि आफ्नो कान थुन्छ

अनि जसले खराब कुरा नहेर्न आफ्नो आँखा बन्द गर्छ,

१६ त्यस्तो मानिस उच्च ठाउँमा बस्नेछ,

चट्टानका गढीहरू उसको शरणस्थान* हुनेछन्‌,

उसलाई खानेकुराको कुनै कमी हुनेछैन

अनि उसलाई कहिल्यै पानीको अभाव हुनेछैन।”+

१७ अनि तिमीहरूका आँखाले राजालाई उसको पूरा वैभवसहित देख्नेछन्‌

अनि टाढाको देशलाई देख्नेछ।

१८ तिमीहरूको मनले पहिलेको त्रासलाई सम्झेर* यसो भन्‍नेछ:

“सचिव कहाँ छ?

तिरो तिर्ने मानिस कहाँ गयो?+

धरहरा गन्‍ने मानिस खै?”

१९ तिमीहरूले सोमत नभएका ती मानिसहरूलाई फेरि कहिल्यै देख्नेछैनौ,

जसको भाषा बुझ्न असाध्यै गाह्रो छ,

जसको भकभके बोली तिमीहरू बुझ्न सक्दैनौ।+

२० हामीले चाडहरू मनाउने गरेको सहर सियोनलाई हेर!+

तिमीहरूका आँखाले यरुसलेमलाई शान्त वासस्थानको रूपमा देख्नेछन्‌,

एउटा यस्तो पाल जो कहिल्यै हटाइनेछैन।+

त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्‌

अनि त्यसका डोरीहरू कहिल्यै चुँडाइनेछैनन्‌।

२१ तर हाम्रा शक्‍तिशाली परमेश्‍वर यहोवाले

हाम्रो निम्ति नदी र ठूलठूला नहर बनेर हाम्रो रक्षा गर्नुहुनेछ।

हामीसित लड्‌न युद्धपोतहरू आउनेछैनन्‌

अनि ठूलठूलो जहाज एउटै पनि त्यहाँबाट जानेछैन।

२२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+

यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+

यहोवा हाम्रा राजा हुनुहुन्छ;+

हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+

२३ तिमीहरूका* जहाजका डोरीहरू खुकुलो हुनेछन्‌;

तिनीहरूले मस्तुललाई बलियोगरि थाम्न अनि पाललाई फैलाउन सक्नेछैनन्‌।

त्यसबेला लुटका मालहरू प्रशस्तै बाँडिनेछ;

लङ्‌गडोले समेत थुप्रै मालसामान लैजानेछ।+

२४ अनि त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: “म बिरामी छु।”+

किनकि त्यहाँका मानिसहरूको पाप क्षमा गरिनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने