प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 सेप्टेम्बर p. ८
  • बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • गृह बाइबल अध्ययन सञ्चालन गर्न
    हाम्रो राज्य सेवकाई—१९९३
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • सरल तरिकामा सिकाउनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 सेप्टेम्बर p. ८

ख्रीष्टियन जीवन

बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस्‌

छापिएको संस्करण
एक जना भाइ आफ्नो विद्यार्थीसित धेरै बोल्दै

धेरै बोल्ने: सबै कुराको व्याख्या तपाईंले नै गर्नुपर्छ भन्‍ने नसोच्नुहोस्‌। मानिसहरूलाई सोच्न लगाउन र सही निष्कर्षमा पुग्न मदत दिन येशूले प्रश्‍नहरू प्रयोग गर्नुभयो। (मत्ती १७:२४-२७) प्रश्‍नहरू प्रयोग गर्दा अध्ययन अझ प्रभावकारी हुन्छ र विद्यार्थीले कत्तिको बुझे अनि तिनी के कुरामा विश्‍वास गर्छन्‌ भनेर थाह पाउन सक्छौं। (be पृ. २५३ अनु. २-३) प्रश्‍न सोधेपछि धैर्य गर्नुहोस्‌ र जवाफको लागि पर्खनुहोस्‌। विद्यार्थीले गलत जवाफ दिएमा त्यसको सही जवाफ आफैले दिनुको सट्टा थप प्रश्‍नहरू सोधेर सही जवाफ पत्ता लगाउन मदत दिनुहोस्‌। (be पृ. २३८ अनु. १-२) नयाँ जानकारी दिंदै हुनुहुन्छ भने विद्यार्थीले बुझ्न सक्ने गतिमा बोल्नुहोस्‌।—be पृ. २३० अनु. ४.

हामी किन बूढो हुन्छौं भन्‍ने विषयमा एकदमै जटिल विवरण

अध्ययनलाई जटिल बनाउने: आफूलाई थाह भएको सबै कुरा बताउनुपर्छ भनेर नसोच्नुहोस्‌। (यूह १६:१२) अनुच्छेदको मुख्य बुँदामा मात्र ध्यान खिच्नुहोस्‌। (be पृ. २२६ अनु. ४-५) रोचक जानकारी भए पनि त्यसलाई लम्बेतान व्याख्या गर्दा त्यसले मुख्य बुँदालाई ओझेलमा पार्न सक्छ। (be पृ. २३५ अनु. ३) विद्यार्थीले मुख्य बुँदा बुझेका छन्‌ भने अलमल नगरी अर्को अनुच्छेदमा जानुहोस्‌।

एक जना भाइले तीनथुप्रो विषयवस्तु ढाकेकोले विद्यार्थी अलमलमा पर्दै

विषयवस्तु मात्र ढाक्ने: हाम्रो उद्देश्‍य विषयवस्तु ढाक्नु होइन, विद्यार्थीको मनसम्म पुग्नु हो। (लूका २४:३२) अध्यायको मुख्य बाइबल पदहरूलाई जोड दिएर परमेश्‍वरको वचनको शक्‍ति अनुभव गर्न दिनुहोस्‌। (२को १०:४; हिब्रू ४:१२; be पृ. १४४ अनु. १-३) सरल दृष्टान्तहरू प्रयोग गर्नुहोस्‌। (be पृ. २४५ अनु. २-४) विद्यार्थीले के-कस्ता चुनौती सामना गर्दै छन्‌, तिनी के कुरामा विश्‍वास गर्छन्‌, त्यसलाई पनि विचार गर्नुहोस्‌ अनि विद्यार्थीलाई त्यसैअनुसार मदत गर्नुहोस्‌। यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: “तपाईंले सिकिरहनुभएको कुरा तपाईंलाई कस्तो लाग्छ?” “यसले यहोवाबारे हामीलाई के सिकाउँछ?” “यो सल्लाह पालन गर्दा हामीलाई कस्तो फाइदा होला?”—be पृ. २३८ अनु. ३-५; २५९ अनु. २.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने