प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मर्कुस​—⁠विषयवस्तु

      • येसुको रूप परिवर्तन (१-१३)

      • प्रेतले सताएको केटोलाई निको पारिन्छ (१४-२९)

        • जोसित विश्‍वास छ, उसको लागि सबै कुरा सम्भव छ (२३)

      • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३०-३२)

      • चेलाहरू सबैभन्दा ठूलो को हो भनेर बहस गर्छन्‌ (३३-३७)

      • जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ (३८-४१)

      • ठेस पुऱ्‍याउने कुराहरू (४२-४८)

      • “आफूलाई नुनिलो बनाओ” (४९, ५०)

मर्कुस ९:१

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२८; लुका ९:२७

मर्कुस ९:२

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:१-८; लुका ९:२८-३६

मर्कुस ९:७

मार्जिनल रेफरेन्स

  • +लुका ३:२२; युह १२:२८
  • +भज २:७; यसै ४२:१; मत्ति ३:१७; २प १:१७
  • +व्य १८:१५; मत्ति १७:५; लुका ९:३५; प्रे ३:२२, २३

मर्कुस ९:९

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:१५, १६; १७:९; मर्कु ८:२९, ३०; लुका ९:३६

मर्कुस ९:१०

फुटनोट

  • *

    वा सम्भवतः “तिनीहरूले यो कुरा कसैलाई बताएनन्‌।”

मर्कुस ९:११

मार्जिनल रेफरेन्स

  • +मला ४:५, ६; मर्कु ८:२७, २८
  • +मत्ति १७:१०

मर्कुस ९:१२

मार्जिनल रेफरेन्स

  • +दा ९:२६
  • +मत्ति १७:११
  • +भज २२:६, ७; यसै ५०:६; ५३:३; लुका २३:११

मर्कुस ९:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:१३, १४; लुका १:१३, १७
  • +मत्ति १७:१२

मर्कुस ९:१४

मार्जिनल रेफरेन्स

  • +लुका ९:३७

मर्कुस ९:१७

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:१४-१७; लुका ९:३८-४२

मर्कुस ९:१९

मार्जिनल रेफरेन्स

  • +व्य ३२:२०
  • +मत्ति १७:१७; लुका ९:४१

मर्कुस ९:२३

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:२०; मर्कु ११:२३; लुका १७:६; युह ११:४०; प्रे १४:९, १०

मर्कुस ९:२४

मार्जिनल रेफरेन्स

  • +लुका १७:५

मर्कुस ९:२५

फुटनोट

  • *

    वा “त्यस केटोलाई गुँगो र बहिरो बनाउने प्रेत।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:१८; मर्कु १:२३-२५; लुका ४:३४, ३५; प्रे १०:३८

मर्कुस ९:२८

मार्जिनल रेफरेन्स

  • +मत्ति १७:१९, २०

मर्कुस ९:३१

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२
  • +मत्ति १६:२१; १७:२२, २३; मर्कु ८:३१; लुका ९:४४, ४५

मर्कुस ९:३३

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:१-५; लुका ९:४६-४८; २२:२४

मर्कुस ९:३५

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२६-२८; मर्कु १०:४३-४५; फिलि २:८, ९

मर्कुस ९:३७

मार्जिनल रेफरेन्स

  • +लुका १८:१६
  • +मत्ति १०:४०; लुका ९:४८; युह १३:२०

मर्कुस ९:३८

मार्जिनल रेफरेन्स

  • +लुका ९:४९

मर्कुस ९:४०

मार्जिनल रेफरेन्स

  • +लुका ९:५०

मर्कुस ९:४१

मार्जिनल रेफरेन्स

  • +मत्ति २५:४०
  • +मत्ति १०:४२

मर्कुस ९:४२

फुटनोट

  • *

    वा “त्यसलाई त गधाले घुमाउने जाँतो।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:६; लुका १७:१, २

मर्कुस ९:४३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:३०; १८:८; कल ३:५

मर्कुस ९:४४

फुटनोट

  • *

    अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

मर्कुस ९:४५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२८; २३:३३; लुका १२:५

मर्कुस ९:४६

फुटनोट

  • *

    अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

मर्कुस ९:४७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गला ५:२४
  • +मत्ति ५:२९; १८:९; रोमी ८:१३

मर्कुस ९:४८

मार्जिनल रेफरेन्स

  • +यसै ६६:२४

मर्कुस ९:४९

मार्जिनल रेफरेन्स

  • +लुका १७:२९

मर्कुस ९:५०

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:१३; लुका १४:३४, ३५
  • +कल ४:६
  • +रोमी १२:१८; एफि ४:२९; १थि ५:१३; हिब्रू १२:१४

अरू

मर्कु. ९:१मत्ति १६:२८; लुका ९:२७
मर्कु. ९:२मत्ति १७:१-८; लुका ९:२८-३६
मर्कु. ९:७लुका ३:२२; युह १२:२८
मर्कु. ९:७भज २:७; यसै ४२:१; मत्ति ३:१७; २प १:१७
मर्कु. ९:७व्य १८:१५; मत्ति १७:५; लुका ९:३५; प्रे ३:२२, २३
मर्कु. ९:९मत्ति १२:१५, १६; १७:९; मर्कु ८:२९, ३०; लुका ९:३६
मर्कु. ९:११मला ४:५, ६; मर्कु ८:२७, २८
मर्कु. ९:११मत्ति १७:१०
मर्कु. ९:१२दा ९:२६
मर्कु. ९:१२मत्ति १७:११
मर्कु. ९:१२भज २२:६, ७; यसै ५०:६; ५३:३; लुका २३:११
मर्कु. ९:१३मत्ति ११:१३, १४; लुका १:१३, १७
मर्कु. ९:१३मत्ति १७:१२
मर्कु. ९:१४लुका ९:३७
मर्कु. ९:१७मत्ति १७:१४-१७; लुका ९:३८-४२
मर्कु. ९:१९व्य ३२:२०
मर्कु. ९:१९मत्ति १७:१७; लुका ९:४१
मर्कु. ९:२३मत्ति १७:२०; मर्कु ११:२३; लुका १७:६; युह ११:४०; प्रे १४:९, १०
मर्कु. ९:२४लुका १७:५
मर्कु. ९:२५मत्ति १७:१८; मर्कु १:२३-२५; लुका ४:३४, ३५; प्रे १०:३८
मर्कु. ९:२८मत्ति १७:१९, २०
मर्कु. ९:३१मत्ति २६:२
मर्कु. ९:३१मत्ति १६:२१; १७:२२, २३; मर्कु ८:३१; लुका ९:४४, ४५
मर्कु. ९:३३मत्ति १८:१-५; लुका ९:४६-४८; २२:२४
मर्कु. ९:३५मत्ति २०:२६-२८; मर्कु १०:४३-४५; फिलि २:८, ९
मर्कु. ९:३७लुका १८:१६
मर्कु. ९:३७मत्ति १०:४०; लुका ९:४८; युह १३:२०
मर्कु. ९:३८लुका ९:४९
मर्कु. ९:४०लुका ९:५०
मर्कु. ९:४१मत्ति २५:४०
मर्कु. ९:४१मत्ति १०:४२
मर्कु. ९:४२मत्ति १८:६; लुका १७:१, २
मर्कु. ९:४३मत्ति ५:३०; १८:८; कल ३:५
मर्कु. ९:४५मत्ति १०:२८; २३:३३; लुका १२:५
मर्कु. ९:४७गला ५:२४
मर्कु. ९:४७मत्ति ५:२९; १८:९; रोमी ८:१३
मर्कु. ९:४८यसै ६६:२४
मर्कु. ९:४९लुका १७:२९
मर्कु. ९:५०मत्ति ५:१३; लुका १४:३४, ३५
मर्कु. ९:५०कल ४:६
मर्कु. ९:५०रोमी १२:१८; एफि ४:२९; १थि ५:१३; हिब्रू १२:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुस ९:१-५०

मर्कुसका अनुसार

९ उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्‌, जसले परमेश्‍वरको राज्य स्थापित भइसकेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्‌।”+ २ छ दिनपछि येसुले पत्रुस, याकुब र युहन्‍नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन। तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो।+ ३ उहाँको लुगा यति सेतो र चम्किलो भयो कि त्यति सेतो त संसारको कुनै पनि धोबीले बनाउन सक्दैन। ४ साथै एलिया र मोसा एकसाथ तिनीहरूसामु देखिए र उनीहरू येसुसित कुराकानी गरिरहेका थिए। ५ तब पत्रुसले येसुलाई भने: “रब्बी, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। त्यसैले हामीलाई तीन वटा पाल टाँग्न दिनुहोस्‌। एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ६ वास्तवमा तिनी के भन्‍ने भनेर अलमल्लमा परेका थिए किनकि तिनीहरू असाध्यै डराएका थिए। ७ अनि बादलले तिनीहरूलाई ढाक्यो र बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌।+ उनको कुरा सुन।”+ ८ यो सुन्‍नेबित्तिकै तिनीहरूले यताउता हेरे तर तिनीहरूले येसुबाहेक अरू कसैलाई देखेनन्‌।

९ डाँडाबाट ओर्लँदै गर्दा उहाँले तिनीहरूलाई मानिसको छोरा मृत्युबाट नब्युँतेसम्म तिनीहरूले देखेको यो कुरा कसैलाई नबताउन स्पष्ट चेतावनी दिनुभयो।+ १० तिनीहरूले यो कुरा हृदयमा राखे* तर उहाँ मृत्युबाट ब्युँतनुको अर्थ के हुन सक्छ भनेर आपसमा छलफल गरे। ११ तिनीहरूले उहाँलाई यस्तो प्रश्‍न सोध्न थाले: “पहिला एलिया+ आउनु आवश्‍यक छ भनेर शास्त्रीहरू किन भन्छन्‌ त?”+ १२ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “एलिया साँच्चै पहिला आउनेछन्‌ र सबै कुरा पुनर्स्थापना गर्नेछन्‌।+ तर मानिसको छोराको विषयमा उसले थुप्रै दुःख भोग्नुपर्नेछ+ र उसलाई तुच्छ ठानिनेछ भनेर किन लेखिएको छ त?+ १३ तर म तिमीहरूलाई भन्छु, वास्तवमा एलिया+ आइसकेका छन्‌ अनि धर्मशास्त्रमा उनको विषयमा लेखिएझैँ तिनीहरूले उनीसित मनपरी व्यवहार गरे।”+

१४ जब उहाँहरू अरू चेलाहरू भएको ठाउँ नजिक पुग्नुभयो, तब एउटा ठूलो जमात ती चेलाहरूको वरिपरि जम्मा भएको र शास्त्रीहरूले तिनीहरूसित वादविवाद गरिरहेको उहाँहरूले देख्नुभयो।+ १५ तर भीडमा भएका सबै जना उहाँलाई देख्नेबित्तिकै छक्क परे अनि उहाँलाई स्वागत गर्न दौडेर गए। १६ उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू के वादविवाद गरिरहेका छौ?” १७ भीडबाट एक जनाले उहाँलाई यस्तो जवाफ दियो: “गुरुज्यू, मैले आफ्नो छोरालाई तपाईँकहाँ ल्याएको थिएँ किनकि प्रेतले* सताएकोले ऊ गुँगो भएको छ।+ १८ अनि त्यसले उसलाई जहाँ छोप्छ, त्यहीँ नै ऊ भुईँमा पछारिन्छ, फीँज काढ्‌छ, दाह्रा किट्‌छ अनि शिथिल हुन्छ। त्यसैले मैले तपाईँका चेलाहरूलाई त्यसलाई धपाइदिन भनेको थिएँ तर तिनीहरूले सकेनन्‌।” १९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “ए अविश्‍वासी पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”+ २० त्यसैले तिनीहरूले उसलाई उहाँकहाँ ल्याए। तर उहाँलाई देखेपछि त्यो प्रेतले उसलाई अँठ्‌यायो अनि ऊ भुईँमा पछारियो र लडीबुडी गर्दै फीँज काढ्‌न थाल्यो। २१ अनि उहाँले उसको बुबालाई सोध्नुभयो: “उसलाई यस्तो हुन थालेको कति भयो?” तिनले भने: “बच्चैदेखि। २२ त्यसले उसलाई कहिले आगोमा त कहिले पानीमा खसालेर मार्न खोज्छ। यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गर्नुहोस्‌ र हामीलाई मदत गर्नुहोस्‌।” २३ येसुले तिनलाई भन्‍नुभयो: “तिमी किन ‘यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने’ भन्छौ? जससित विश्‍वास छ, उसको लागि सबै कुरा सम्भव छ।”+ २४ त्यस केटाको बुबाले ठूलो स्वरमा तुरुन्तै यसो भने: “मसित विश्‍वास छ! तर मेरो विश्‍वासलाई अझै बलियो बनाइदिनुहोस्‌!”+

२५ तब मानिसहरूको एउटा भीड उहाँहरूतिर दौडँदै आएको देखेर उहाँले त्यस प्रेतलाई हप्काउँदै यसो भन्‍नुभयो: “ए गुँगो र बहिरो प्रेत,* म तँलाई आदेश दिन्छु, उसबाट निस्केर आइज र फेरि कहिल्यै उसमा बास नगर्‌!”+ २६ अनि ठूलो स्वरले त्यो चिच्यायो र उसलाई अँठ्‌याउनुसम्म अँठ्‌याएपछि ऊबाट निस्केर गयो। त्यसपछि ऊ मुर्दासरी भयो र धेरै जनाले यसो भन्‍न थाले: “केटो त मऱ्‍यो!” २७ तर येसुले हात समाएर उसलाई उठाउनुभयो र ऊ उठ्‌यो। २८ उहाँ एउटा घरभित्र पस्नुभएपछि उहाँका चेलाहरू आएर उहाँलाई सुटुक्क सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?”+ २९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यस किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन्छ।”

३० त्यो ठाउँ छोडेपछि उहाँहरू गालिल भएर जानुभयो तर उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाह नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। ३१ किनकि उहाँ आफ्ना चेलाहरूलाई यो कुरा सिकाउँदै हुनुहुन्थ्यो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मार्नेछन्‌+ तर मारिए तापनि तीन दिनपछि ऊ ब्युँतनेछ।”+ ३२ तर तिनीहरूले उहाँको कुरा बुझेनन्‌ र तिनीहरू उहाँलाई सोध्न पनि डराए।

३३ तब उहाँहरू कफर्नहुम पुग्नुभयो। अनि उहाँ घरभित्र छँदा उहाँले तिनीहरूलाई सोध्नुभयो: “बाटोमा तिमीहरू के कुरामा बहस गर्दै थियौ?”+ ३४ तिनीहरू चुपचाप बसे किनकि तिनीहरू बाटोमा आफूहरूमध्ये को ठूलो हो भनेर बहस गर्दै थिए। ३५ तब उहाँ बस्नुभयो अनि ती १२ जनालाई बोलाएर भन्‍नुभयो: “यदि कोही सबैभन्दा ठूलो बन्‍न चाहन्छ भने ऊ सबैभन्दा सानो बन्‍नै पर्छ र सबैको सेवक हुनै पर्छ।”+ ३६ उहाँले एउटा सानो बालकलाई ल्याएर तिनीहरूको बीचमा उभ्याउनुभयो र उसलाई अङ्‌गालो हाल्दै तिनीहरूलाई यसो भन्‍नुभयो: ३७ “जसले मेरो नाममा यस्तै कोही एउटा सानो बालकलाई स्विकार्छ,+ उसले मलाई पनि स्विकार्छ; अनि जसले मलाई स्विकार्छ, उसले मलाई मात्र होइन तर मलाई पठाउनुहुनेलाई पनि स्विकार्छ।”+

३८ युहन्‍नाले उहाँलाई भने: “गुरुज्यू, एक जना मानिसले तपाईँको नाम लिएर प्रेतहरूलाई धपाइरहेको हामीले देख्यौँ र हामीले उसलाई रोक्न खोज्यौँ किनकि ऊ हाम्रो पछि लाग्दैन।”+ ३९ तर येसुले भन्‍नुभयो: “उसलाई रोक्न नखोज किनकि जसले मेरो नाम लिएर शक्‍तिशाली काम गर्छ, उसले हतपती मेरो बदनाम गर्दैन; ४० किनकि जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ।+ ४१ अनि जसले तिमीहरू ख्रिष्टका चेलाहरू हौ भनी सम्झेर तिमीहरूलाई एक कचौरा पानी पिउन दिन्छ,+ म तिमीहरूलाई साँच्चै भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।+ ४२ तर यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई ठेस पुऱ्‍याउँछ भने त्यस्तालाई त ठूलो जाँतो* घाँटीमा झुन्ड्‌याएर समुद्रमा फ्याँकिदिनु नै बेस हो।+

४३ “यदि तिम्रो हातले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटिदेऊ किनकि दुवै हातसहित सधैँ बलिरहने गेहेन्‍नाको* आगोमा फ्याँकिनुभन्दा डुँडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+ ४४ *— ४५ यदि तिम्रो खुट्टाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटिदेऊ किनकि दुवै खुट्टासहित गेहेन्‍नामा*+ फ्याँकिनुभन्दा लङ्‌गडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो। ४६ *— ४७ यदि तिम्रो आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ+ किनकि दुवै आँखासहित गेहेन्‍नामा* फ्याँकिनुभन्दा कानो भएर परमेश्‍वरको राज्यमा पस्न पाउनु नै तिम्रो लागि बेस हो।+ ४८ किनकि गेहेन्‍नामा किरा कहिल्यै मर्दैन र आगो कहिल्यै निभ्दैन।+

४९ “नुन छर्केझैँ सबै मानिसमा आगो छर्किनै पर्छ।+ ५० नुन राम्रो हो तर यदि नुनको नुनिलोपन हरायो भने त्यसलाई तिमीहरू फेरि केले नुनिलो बनाउनेछौ?+ आफूलाई नुनिलो बनाओ+ र आपसमा शान्ति कायम राख।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने