भजनसङ्ग्रह
निर्देशकलाई; कोरहवंशीको भजन।+ मास्किल।*
४४ हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौँ,
उहिले-उहिलेको समयमा
हाम्रा पुर्खाहरूको पालामा तपाईँले गर्नुभएका कामहरूबारे
तिनीहरूले हामीलाई बताएका छन्।+
२ आफ्नै हातले तपाईँले जातिजातिका मानिसहरूलाई धपाउनुभयो;+
तपाईँले उनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो, उनीहरूलाई लघार्नुभयो।+
अनि हाम्रा पुर्खाहरूलाई त्यहाँ बसाल्नुभयो।+
३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्+
अनि आफ्नो शक्तिले जित हासिल गरेका थिएनन्।+
बरु तपाईँकै दाहिने हात+ र शक्तिले अनि तपाईँकै आशिष्ले जितेका थिए
किनकि तपाईँ तिनीहरूसित प्रसन्न हुनुहुन्थ्यो।+
४ हे परमेश्वर, तपाईँ मेरा राजा हुनुहुन्छ;+
याकुबले सानदार जित हासिल गरोस् भनी हुकुम गर्नुहोस्।
५ तपाईँकै शक्तिले हामी आफ्ना शत्रुहरूलाई धपाउँछौँ;+
हामीविरुद्ध उठ्नेहरूलाई तपाईँकै नाममा कुल्चन्छौँ।+
६ म आफ्नो धनुमा भर पर्दिनँ
अनि मेरो तरबारले मलाई बचाउन सक्दैन।+
७ तपाईँले नै हामीलाई शत्रुहरूदेखि बचाउनुभयो,+
हामीलाई घृणा गर्नेहरूलाई तपाईँले नै लाजमा पार्नुभयो।
८ हामी निरन्तर परमेश्वरकै प्रशंसा गर्नेछौँ
अनि हामी सधैँ उहाँकै नामको जयजयकार गाउनेछौँ। (सेला)
९ तर अहिले तपाईँले हामीलाई त्याग्नुभएको छ र लाजमा पार्नुभएको छ
अनि हाम्रा सेनाहरूलाई पनि तपाईँ साथ दिनुहुन्न।
१० तपाईँले हामीलाई शत्रुहरूदेखि पछि हट्ने तुल्याउनुभएको छ;+
हामीलाई घृणा गर्नेहरूले आफूलाई जे-जे मन लाग्छ, त्यो हामीबाट लुटेका छन्।
११ तपाईँले हामीलाई अरूको आहार हुन भेडालाई झैँ सुम्पनुभएको छ;
जातिजातिहरूको बीचमा हामीलाई तितरबितर पार्नुभएको छ।+
१२ तपाईँले आफ्ना मानिसहरूलाई सस्तो मूल्यमा बेच्नुभएको छ;+
तिनीहरूलाई बेचेर तपाईँले कुनै नाफा कमाउनुभएको छैन।
१३ तपाईँले हामीलाई छिमेकीहरूको अगाडि निन्दाको पात्र बनाउनुभएको छ,
वरपरका मानिसहरूको अगाडि गिल्ला र हाँसोको पात्र बनाउनुभएको छ।
१४ जातिजातिहरूको बीचमा तपाईँले हामीलाई ठट्टाको पात्र* बनाउनुभएको छ,+
मानिसहरूले खिसी गर्दै मुन्टो हल्लाउने कारण बनाउनुभएको छ।
१५ दिनभरि म अपमानित महसुस गर्छु
अनि लाजले म आफ्नो मुख लुकाउँछु।
१६ गिल्ला र बेइज्जत गर्नेहरूको आवाजले गर्दा
अनि बदला लिने शत्रुहरूले गर्दा म त्यसो गर्छु।
१७ यी सब हामीमाथि आइपरेका छन्, तैपनि हामीले तपाईँलाई बिर्सेका छैनौँ,
तपाईँसित गरेको वाचा तोडेका छैनौँ।+
१८ हाम्रो हृदय तपाईँबाट तर्किएको छैन,
हाम्रो पाइला तपाईँको मार्गबाट चुकेको छैन।
१९ स्यालहरूको ओडारमा तपाईँले हामीलाई थचार्नुभएको छ;
तपाईँले हामीलाई घोर अन्धकारले ढपक्कै ढाकिदिनुभएको छ।
२० यदि हामीले हाम्रा परमेश्वरको नाम बिर्सेको भएदेखि
अथवा अरू देवतासामु आफ्नो हात फैलाएको भएदेखि
२२ तपाईँको खातिर हामी दिनभरि मृत्युको मुखमा पर्छौँ,
हामी काट्न लागिएका भेडाहरूझैँ भएका छौँ।+
२४ तपाईँ किन आफ्नो अनुहार अन्तै फर्काउनुहुन्छ?
हामीमाथि आइपरेको दुःख अनि अत्याचार किन बिर्सनुहुन्छ?
२५ किनकि हामीलाई जमिनमा पछारिएको छ,
हामीलाई भुईँमा लम्पसार पारिएको छ।+