प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रेषित विषयवस्तु

      • पावलमाथि लगाइएका आरोपहरू (१-९)

      • पावल फेलिक्ससामु सफाइ पेस गर्छन्‌ (१०-२१)

      • पावलको मुद्दालाई दुई वर्षसम्म थाती राखिन्छ (२२-२७)

प्रेषित २४:१

फुटनोट

  • *

    वा “वकिलसित।”

मार्जिनल रेफरेन्स

  • +प्रे २३:२
  • +प्रे २३:२६

प्रेषित २४:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९२

प्रेषित २४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९२

प्रेषित २४:५

फुटनोट

  • *

    शा., “महामारी।”

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:११; प्रे १६:२०, २१; १७:६, ७
  • +लुका २३:१, २
  • +मत्ति २:२३; प्रे २८:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९२

    प्रहरीधरहरा,

    १२/१५/२००१, पृ. २२-२३

प्रेषित २४:६

मार्जिनल रेफरेन्स

  • +प्रे २१:२७, २८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९२

    प्रहरीधरहरा,

    १२/१५/२००१, पृ. २२-२३

प्रेषित २४:७

फुटनोट

  • *

    अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

प्रेषित २४:१०

मार्जिनल रेफरेन्स

  • +फिलि १:७

प्रेषित २४:११

मार्जिनल रेफरेन्स

  • +प्रे २१:१७, २६

प्रेषित २४:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१५; प्रे ३:१३; २ति १:३
  • +प्रे २८:२३; रोमी ३:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. १३-१४

प्रेषित २४:१५

फुटनोट

  • *

    वा “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्नेहरू र नगर्नेहरू।”

मार्जिनल रेफरेन्स

  • +लुका २३:४३
  • +यसै २६:१९; मत्ति २२:३१, ३२; लुका १४:१३, १४; युह ५:२८, २९; ११:२५; हिब्रू ११:३५; प्रका २०:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ७७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. १६-१७, २०, २२, २६

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३०

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. १३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ७

    प्रहरीधरहरा,

    ६/१/२०१४, पृ. १०-११

    ३/१५/२०१२, पृ. ११

    ७/१/२००६, पृ. ६

    ७/१५/२००१, पृ. ६

    ७/१५/२०००, पृ. १३-१४

    ४/१/१९९९, पृ. १८

    ७/१/१९९८, पृ. २२

    २/१५/१९९५, पृ. ८-१२

    सिकाउँछ, पृ. ७७-७९

    बाइबलले सिकाउँछ, पृ. ७२-७३

    प्रकाशको चरमोत्कर्ष, पृ. २९७-२९८

    ज्ञान, पृ. १८५-१८६

    पार्थिव प्रमोदवन, पृ. १७०-१७२, १७९-१८०

प्रेषित २४:१६

फुटनोट

  • *

    वा “निर्दोष।”

मार्जिनल रेफरेन्स

  • +प्रे २३:१; १कोरि. ४:४; हिब्रू १३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. १४-१५

प्रेषित २४:१७

मार्जिनल रेफरेन्स

  • +२कोरि. ८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६९

प्रेषित २४:१८

मार्जिनल रेफरेन्स

  • +प्रे २१:२४, २६

प्रेषित २४:१९

मार्जिनल रेफरेन्स

  • +प्रे २५:१६

प्रेषित २४:२१

मार्जिनल रेफरेन्स

  • +प्रे २३:६

प्रेषित २४:२२

फुटनोट

  • *

    अर्थात्‌, ख्रिष्टियन मार्गबारे।

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१, २; १९:९

प्रेषित २४:२४

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९४-१९५

प्रेषित २४:२५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे १७:३०, ३१; २कोरि. ५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९४-१९५

    प्रहरीधरहरा,

    ८/१/१९९३, पृ. २५-२६

प्रेषित २४:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२००१, पृ. २३

प्रेषित २४:२७

मार्जिनल रेफरेन्स

  • +प्रे २५:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९५

अरू

प्रेषि. २४:१प्रे २३:२
प्रेषि. २४:१प्रे २३:२६
प्रेषि. २४:५मत्ति ५:११; प्रे १६:२०, २१; १७:६, ७
प्रेषि. २४:५लुका २३:१, २
प्रेषि. २४:५मत्ति २:२३; प्रे २८:२२
प्रेषि. २४:६प्रे २१:२७, २८
प्रेषि. २४:१०फिलि १:७
प्रेषि. २४:११प्रे २१:१७, २६
प्रेषि. २४:१४प्रस्थ ३:१५; प्रे ३:१३; २ति १:३
प्रेषि. २४:१४प्रे २८:२३; रोमी ३:२१
प्रेषि. २४:१५लुका २३:४३
प्रेषि. २४:१५यसै २६:१९; मत्ति २२:३१, ३२; लुका १४:१३, १४; युह ५:२८, २९; ११:२५; हिब्रू ११:३५; प्रका २०:१२
प्रेषि. २४:१६प्रे २३:१; १कोरि. ४:४; हिब्रू १३:१८
प्रेषि. २४:१७२कोरि. ८:४
प्रेषि. २४:१८प्रे २१:२४, २६
प्रेषि. २४:१९प्रे २५:१६
प्रेषि. २४:२१प्रे २३:६
प्रेषि. २४:२२प्रे ९:१, २; १९:९
प्रेषि. २४:२४मत्ति १०:१८
प्रेषि. २४:२५प्रे १७:३०, ३१; २कोरि. ५:१०
प्रेषि. २४:२७प्रे २५:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रेषित २४:१-२७

प्रेषितहरूका कार्य

२४ पाँच दिनपछि केही धर्मगुरु र तर्तुल्लस नाम गरेका अधिवक्‍तासित* प्रधानपुजारी हननिया+ तल ओर्ले र तिनीहरूले पावलविरुद्ध राज्यपालसामु+ आफ्नो मुद्दा पेस गरे। २ जब तर्तुल्लसलाई बोल्न भनियो, तब उनले यसो भन्दै पावललाई आरोप लगाउन थाले:

“हे महामहिम फेलिक्स, हजुरको कृपाले गर्दा हामीले ठूलो शान्ति अनुभव गरेका छौँ र हजुरको दूरदर्शिताको परिणामस्वरूप यस राष्ट्रमा सुधारहरू भइरहेका छन्‌। ३ यसको फाइदा हामीले हरबखत अनि हरठाउँमा अनुभव गरिरहेका छौँ, जसको लागि हामी हजुरप्रति अत्यन्तै आभारी छौँ। ४ तर म हजुरको धेरै समय लिन चाहन्‍नँ, त्यसैले हजुरले आफ्नो थोरै समय दिएर दया गरी हाम्रो कुरा सुनिदिन म बिन्ती बिसाउँछु। ५ यो मानिस समस्याको जड* हो;+ यसले पृथ्वीभरि रहेका यहुदीहरूलाई राजद्रोह गर्न उक्साउँदै हिँडेको+ हामीले पायौँ। अनि यो नासरी गुटको+ नाइके हो। ६ यसले मन्दिरलाई पनि बिटुलो पार्ने दुष्प्रयास गऱ्‍यो। त्यसकारण हामीले यसलाई पक्र्‌यौँ।+ ७ *— ८ अब हजुर आफैले यसलाई केरकार गर्नुभयो भने हामीले यसमाथि लगाएका यी सबै आरोप सत्य रहेछन्‌ भनेर थाह पाउनुहुनेछ।”

९ उनले भनेको कुरामा सहमति जनाउँदै यहुदीहरू पनि पावलविरुद्ध बोल्न थाले। १० अनि राज्यपालले मुन्टो हल्लाएर बोल्ने इसारा गरेपछि पावलले भने:

“धेरै वर्षदेखि हजुर यस जातिको न्यायाधीश हुनुहुन्छ भनेर मलाई थाह छ, त्यसैले म खुसीसाथ तपाईँसामु आफ्नो सफाइ पेस गर्छु।+ ११ हजुर आफैले पनि यो पत्ता लगाउन सक्नुहुन्छ कि म उपासना गर्न यरुसलेम उक्लिएको+ १२ दिनभन्दा बढी भएको छैन १२ अनि यिनीहरूले मलाई न मन्दिरमा कसैसित वादविवाद गरिरहेको फेला पारेका हुन्‌ न त सभाघरहरूमा वा सहरमा हुलदङ्‌गा गरिरहेको नै फेला पारेका हुन्‌। १३ न यिनीहरूले मलाई अहिले जे-जे आरोप लगाउँदै छन्‌, त्यसको प्रमाण नै हजुरलाई दिन सक्छन्‌। १४ तर हजुरसामु म यो कुरा स्विकार्छु कि जुन मार्गलाई यिनीहरू गुट भन्छन्‌, त्यहीबमोजिम मेरा पुर्खाहरूका परमेश्‍वरलाई+ म पवित्र सेवा चढाउँदै छु किनकि मोसाको व्यवस्थामा दिइएका र भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएका+ सबै कुरामा म विश्‍वास गर्छु। १५ अनि धर्मी र अधर्मी*+ दुवै फेरि जीवित हुनेछन्‌+ भनेर यी मानिसहरूले जस्तै मैले पनि परमेश्‍वरमा आशा राखेको छु। १६ त्यसकारण परमेश्‍वर र मानिसहरूसामु आफ्नो अन्तस्करण सफा* राखिरहन म हरबखत प्रयास गर्दै छु।+ १७ मेरो आफ्नै जातिका मानिसहरूलाई दान दिन र भेटी चढाउन+ धेरै वर्षपछि म आएँ। १८ जब म त्यसो गर्दै थिएँ, यिनीहरूले मलाई शुद्धीकरणको विधिअनुसार शुद्ध भइसकेपछि+ मन्दिरमा फेला पारेका हुन्‌ तर कुनै भीडसित वा होहल्ला मच्चाइरहेको अवस्थामा होइन। एसिया प्रान्तका केही यहुदी पनि त्यहाँ थिए। १९ यदि तिनीहरूसित मेरो विरुद्धमा भन्‍नुपर्ने केही कुरा भएको भए तिनीहरू आफै हजुरसामु हाजिर भएर मलाई आरोप लगाउनुपर्ने थियो।+ २० होइन भने म न्यायपरिषद्‌सामु खडा हुँदा ममा के दोष भेट्टाइयो, यहाँ भएकाहरूले नै भनून्‌। २१ ‘मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌ भनेर मैले विश्‍वास गरेको हुनाले आज मेरो न्याय हुँदै छ!’+ भनी यिनीहरूसामु खडा भएर मैले ठूलो स्वरमा भनेको थिएँ। यसबाहेक अरू कुनै कुरामा यिनीहरूले मलाई दोष लगाउन सक्दैनन्‌।”

२२ यस ‘मार्ग’-बारे*+ वास्तविक कुरा के हो, त्यो राम्ररी थाह भएकोले फेलिक्सले यसो भन्दै तिनीहरूलाई पन्छ्याउन थाले: “सेनापति लायसिअस तल आएपछि म तिमीहरूको मुद्दा छिनोफानो गरिदिउँला।” २३ अनि पावललाई पहरा दिएर राखे तापनि ज्यादै कडिकडाउ नगर्नू अनि तिनका मानिसहरूमध्ये कसैले तिनको सेवा-सुसार गर्न चाहे भने अनुमति दिनू भनेर उनले सैनिक अफिसरलाई आदेश दिए।

२४ केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लासित आए, जो यहुदी थिइन्‌। अनि फेलिक्सले पावललाई बोलाए र पावलले ख्रिष्ट येसुमाथि विश्‍वास गर्ने विषयमा बताउँदा+ उनले सुने। २५ तर जब तिनले धार्मिकता,* आत्मसंयम र आउँदै गरेको न्यायको विषयमा बताए,+ तब फेलिक्स डराए र यसो भने: “अहिलेलाई तिमी जाऊ, पछि मौका मिल्यो भने फेरि तिमीलाई बोलाउन पठाउँला।” २६ साथै उनले पावलबाट पैसा पाइहाल्छु कि भन्‍ने आशा पनि गरेका थिए। त्यसैले उनी तिनलाई घरीघरी बोलाउँथे र तिनीसित कुराकानी गर्थे। २७ तर दुई वर्ष बितेपछि फेलिक्सको ठाउँमा पोर्सिअस फेस्तस आए। फेलिक्स यहुदीहरूलाई खुसी पार्न चाहन्थे।+ त्यसैले उनले पावललाई कैदमै छोडे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने