प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • पावल र महाप्रेषितहरू (१-१५)

      • प्रेषितको रूपमा पावलले भोगेका कठिनाइ (१६-३३)

२ कोरिन्थी ११:२

फुटनोट

  • *

    शा., “परमेश्‍वरको जोसले।”

  • *

    वा “शुद्ध।”

मार्जिनल रेफरेन्स

  • +मर्कु २:१९; एफि ५:२३; प्रका २१:२, ९

२ कोरिन्थी ११:३

फुटनोट

  • *

    वा “शुद्धता।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३:४, ५; युह ८:४४
  • +१ ति ६:३-५; हिब्रू १३:९; २प ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    “परमेश्‍वरको प्रेम”, पृ. २२०

    प्रहरीधरहरा,

    १०/१५/२००२, पृ. ८

२ कोरिन्थी ११:४

फुटनोट

  • *

    अर्थात्‌, परमेश्‍वरको शक्‍तिले।

मार्जिनल रेफरेन्स

  • +गला १:७, ८

२ कोरिन्थी ११:५

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:२३

२ कोरिन्थी ११:६

मार्जिनल रेफरेन्स

  • +२कोरि. १०:१०

२ कोरिन्थी ११:७

मार्जिनल रेफरेन्स

  • +प्रे १८:३; १कोरि. ९:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १४८-१५०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१९, पृ. ४

२ कोरिन्थी ११:८

फुटनोट

  • *

    शा., “अरू मण्डलीलाई लुटेँ।”

मार्जिनल रेफरेन्स

  • +फिलि ४:१०

२ कोरिन्थी ११:९

मार्जिनल रेफरेन्स

  • +फिलि ४:१५, १६
  • +१थि २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १५१

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. २७-२८

२ कोरिन्थी ११:१०

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:१४, १५

२ कोरिन्थी ११:१२

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:११, १२

२ कोरिन्थी ११:१३

मार्जिनल रेफरेन्स

  • +रोमी १६:१७, १८; २प २:१

२ कोरिन्थी ११:१४

मार्जिनल रेफरेन्स

  • +गला १:८; २थि २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००४, पृ. ४-५

    ३/१/२००२, पृ. ११

२ कोरिन्थी ११:१५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२७; फिलि ३:१८, १९; २ति ४:१४

२ कोरिन्थी ११:१८

फुटनोट

  • *

    अर्थात्‌, मानवीय कुराहरूमा।

२ कोरिन्थी ११:२२

मार्जिनल रेफरेन्स

  • +प्रे २२:३
  • +रोमी ११:१; फिलि ३:४, ५

२ कोरिन्थी ११:२३

मार्जिनल रेफरेन्स

  • +रोमी ११:१३; १कोरि. १५:१०
  • +प्रे १६:२३, २४
  • +प्रे ९:१५, १६; २कोरि. ६:४, ५; १प २:२०, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२१, पृ. २५-२६

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. २६-२७

२ कोरिन्थी ११:२४

मार्जिनल रेफरेन्स

  • +व्य २५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. २६-२७

२ कोरिन्थी ११:२५

मार्जिनल रेफरेन्स

  • +प्रे १६:२२
  • +प्रे १४:१९
  • +प्रे २७:४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. २६-२७

    १/१/१९९१, पृ. २१, २५

२ कोरिन्थी ११:२६

मार्जिनल रेफरेन्स

  • +प्रे २०:३; २३:१०
  • +प्रे १४:५, ६
  • +प्रे १३:५०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. २६-२७

    १२/१/१९९२, पृ. ४

    प्रहरीधरहरा

२ कोरिन्थी ११:२७

फुटनोट

  • *

    वा “लुगाको अभाव।”

मार्जिनल रेफरेन्स

  • +प्रे २०:३१
  • +१कोरि. ४:११
  • +२कोरि. ६:४, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. २६-२७

२ कोरिन्थी ११:२८

मार्जिनल रेफरेन्स

  • +२कोरि. २:४; कल २:१

२ कोरिन्थी ११:३३

मार्जिनल रेफरेन्स

  • +प्रे ९:२४, २५

अरू

२ कोरि. ११:२मर्कु २:१९; एफि ५:२३; प्रका २१:२, ९
२ कोरि. ११:३उत्प ३:४, ५; युह ८:४४
२ कोरि. ११:३१ ति ६:३-५; हिब्रू १३:९; २प ३:१७
२ कोरि. ११:४गला १:७, ८
२ कोरि. ११:५२कोरि. ११:२३
२ कोरि. ११:६२कोरि. १०:१०
२ कोरि. ११:७प्रे १८:३; १कोरि. ९:१८
२ कोरि. ११:८फिलि ४:१०
२ कोरि. ११:९फिलि ४:१५, १६
२ कोरि. ११:९१थि २:९
२ कोरि. ११:१०१कोरि. ९:१४, १५
२ कोरि. ११:१२१कोरि. ९:११, १२
२ कोरि. ११:१३रोमी १६:१७, १८; २प २:१
२ कोरि. ११:१४गला १:८; २थि २:९
२ कोरि. ११:१५मत्ति १६:२७; फिलि ३:१८, १९; २ति ४:१४
२ कोरि. ११:२२प्रे २२:३
२ कोरि. ११:२२रोमी ११:१; फिलि ३:४, ५
२ कोरि. ११:२३रोमी ११:१३; १कोरि. १५:१०
२ कोरि. ११:२३प्रे १६:२३, २४
२ कोरि. ११:२३प्रे ९:१५, १६; २कोरि. ६:४, ५; १प २:२०, २१
२ कोरि. ११:२४व्य २५:३
२ कोरि. ११:२५प्रे १६:२२
२ कोरि. ११:२५प्रे १४:१९
२ कोरि. ११:२५प्रे २७:४१
२ कोरि. ११:२६प्रे २०:३; २३:१०
२ कोरि. ११:२६प्रे १४:५, ६
२ कोरि. ११:२६प्रे १३:५०
२ कोरि. ११:२७प्रे २०:३१
२ कोरि. ११:२७१कोरि. ४:११
२ कोरि. ११:२७२कोरि. ६:४, ५
२ कोरि. ११:२८२कोरि. २:४; कल २:१
२ कोरि. ११:३३प्रे ९:२४, २५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी ११:१-३३

दोस्रो कोरिन्थी

११ मेरो थोरै अव्यावहारिकतालाई तिमीहरूले सहिदिए हुने थियो। तर वास्तवमा तिमीहरूले मलाई सहिरहेका पनि छौ! २ किनकि म ईश्‍वरीय डाहले* तिमीहरूको निम्ति डाही भएको छु किनकि एक जना पुरुष अर्थात्‌ ख्रिष्टसित म आफैले तिमीहरूको मगनी गराइदिएको छु ताकि तिमीहरूलाई एउटी चोखो* कुमारी केटीको रूपमा उहाँलाई सुम्पन सकूँ।+ ३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्‍ने डर मलाई लागेको छ।+ ४ किनकि यदि कोही आएर तिमीहरूलाई हामीले जुन येसुको प्रचार गरेका थियौँ, त्योभन्दा बेग्लै येसुको प्रचार गर्छ वा जुन शक्‍तिले* तिमीहरूको मनोभावलाई प्रभावमा पारेको थियो, त्योभन्दा बेग्लै शक्‍तिले तिमीहरूको मनोभावलाई प्रभावमा पार्न खोज्छ वा तिमीहरूले जुन सुसमाचार सुनेका थियौ, त्योभन्दा बेग्लै सुसमाचार सुनाउँछ भने+ तिमीहरू सजिलै उसको कुरा पत्याउँछौ। ५ म आफूलाई तिमीहरूका महाप्रेषितहरूभन्दा कुनै कुरामा कम ठान्दिनँ।+ ६ म बोल्नमा त्यति सिपालु नहुँला+ तर ज्ञानमा त पक्कै छु। हामीले सबै कुरामा हरतवरले तिमीहरूलाई त्यो ज्ञान प्रकट गरेका छौँ।

७ अथवा तिमीहरू उचालिओ भनेर आफैलाई होच्याएर अनि सित्तैँमा तिमीहरूलाई परमेश्‍वरको सुसमाचार खुसीसाथ घोषणा गरेर+ के मैले पाप गरेँ? ८ तिमीहरूको सेवा गर्न सकूँ भनेर मैले अरू मण्डलीको मदत स्विकारेँ।*+ ९ अनि तिमीहरूमाझ भएको बेला जब म खाँचोमा परेँ, तब तिमीहरूमध्ये कसैको पनि बोझ बनिनँ। किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो आवश्‍यकता प्रशस्तगरि पूरा गरिदिएका थिए।+ हो, कुनै किसिमले तिमीहरूको लागि बोझ नबन्‍ने मैले कोसिस गरेँ र त्यस्तै गरिरहनेछु।+ १० ख्रिष्टको सत्य ममा छ भन्‍ने कुरा जत्तिको पक्का छ, अखैयाका इलाकाहरूमा म यस कुराबारे घमन्ड गर्न छोड्‌नेछैनँ+ भन्‍ने कुरा पनि त्यत्ति नै पक्का छ। ११ म किन तिमीहरूको बोझ बनिनँ? के मैले तिमीहरूलाई प्रेम नगरेकोले हो? परमेश्‍वर जान्‍नुहुन्छ, म तिमीहरूलाई प्रेम गर्छु।

१२ म जे गर्दै छु, त्यही नै गरिरहनेछु+ ताकि आफ्नो ओहदाको घमन्ड गरेर हामीसित बराबर हुन खोज्नेहरूले कुनै मौका नपाऊन्‌। १३ किनकि यिनीहरू झूटा प्रेषितहरू अनि छली काम गर्ने मानिसहरू हुन्‌ र यिनीहरू आफूलाई ख्रिष्टका प्रेषितहरूको भेषमा परिवर्तन गर्छन्‌।+ १४ अनि यसमा अचम्म मान्‍नुपर्ने कुनै कारण छैन किनकि सैतानले पनि आफूलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन गर्छ।+ १५ तसर्थ त्यसका सेवकहरूले पनि आफूलाई धार्मिकताका* सेवकहरूको भेषमा परिवर्तन गर्नु कुनै नौलो कुरा होइन। तर तिनीहरूले आफ्नो कामअनुसारको फल पाउनेछन्‌।+

१६ म फेरि भन्छु: कुनै मानिसले मलाई अव्यावहारिक नठानोस्‌। तर यदि तिमीहरू त्यस्तै ठान्छौ भने पनि म अव्यावहारिक नै हुँ भनी सम्झेर मलाई स्वीकार गर ताकि मैले पनि थोरै घमन्ड गर्न सकूँ। १७ म अब जे भन्छु, प्रभुको उदाहरण अनुकरण गरेर होइन तर अव्यावहारिक मानिसले झैँ अति विश्‍वस्त भई घमन्ड गरेर भन्छु। १८ थुप्रै मानिस सांसारिक कुराहरूमा* घमन्ड गर्छन्‌, त्यसैले म पनि घमन्ड गर्नेछु। १९ तिमीहरू यति “व्यावहारिक” छौ कि अव्यावहारिक मानिसहरूलाई तिमीहरू खुसीसाथ सहन्छौ। २० भनौँ भने तिमीहरू यस्ता जोसुकैलाई सहन्छौ, जसले तिमीहरूलाई दास बनाउँछ, जसले तिमीहरूलाई लुट्‌छ, जसले तिमीहरूसित भएको कुरा खोस्छ, जसले तिमीहरूको टाउकोमा टेक्छ र जसले तिमीहरूलाई अनुहारमा झापड हान्छ।

२१ मैले यस्तो भन्‍नु हाम्रो लागि लाजमर्दो कुरा हो किनकि कसै-कसैलाई हामी कमजोर छौँ भन्‍ने लाग्दो रहेछ।

तर म अव्यावहारिक मानिसले झैँ भन्दै छु, यदि कसैले केही कुरामा घमन्ड गर्छ भने म पनि त्यस्तो घमन्ड गर्न सक्छु। २२ के तिनीहरू हिब्रू हुन्‌? म पनि हुँ।+ के तिनीहरू इस्राएली हुन्‌? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्‌? म पनि हुँ।+ २३ के तिनीहरू ख्रिष्टका सेवक हुन्‌? बौलाहा मानिसले झैँ म चिच्याएर भन्छु, म झनै हुँ: मैले तिनीहरूले भन्दा धेरै परिश्रम गरेको छु,+ म धेरै पटक झ्यालखानामा थुनिएको छु,+ मैले अनगिन्ती कुटाइ खाएको छु र थुप्रै पटक मृत्युको मुखमा परेको छु।+ २४ मैले यहुदीहरूको हातबाट पाँच चोटि ३९-३९ कोर्रा खाएँ,+ २५ तीन खेप म डन्डाले पिटिएँ,+ एक खेप मलाई ढुङ्‌गाले हानियो,+ तीन चोटि म चढेको जहाज क्षतिग्रस्त भयो,+ एक रात एक दिन मैले खुला समुद्रमा बिताएँ। २६ बारम्बार यात्राको खतरामा, नदीहरूको खतरामा, डाँकुहरूको खतरामा, आफ्नै जातिको खतरामा,+ अन्यजातिको खतरामा,+ सहरको खतरामा,+ निर्जनभूमिको खतरामा, समुद्रको खतरामा, झूटा भाइहरूबीचको खतरामा म परेको छु। २७ मैले मजदुरी अनि कडा मेहनत गरेको छु, कति चोटि अनिदो रात काटेको छु,+ भोक अनि प्यास सहेको छु,+ धेरै चोटि नखाई बसेको छु,+ जाडो अनि नग्नता* खपेको छु।

२८ यी बाहिरी कुराहरूबाहेक सबै मण्डलीको चिन्ताले मलाई दिनदिनै सताउँछ।+ २९ को कमजोर हुँदा मचाहिँ कमजोर भइनँ र? कसले ठेस खाँदा मलाई चाहिँ औडाहा भएन र?

३० घमन्ड गर्नु नै छ भने म आफ्ना कमजोरीहरू प्रकट हुने कुराहरूमा घमन्ड गर्नेछु। ३१ मैले झूट बोलेको होइनँ भनेर प्रभु येसुका परमेश्‍वर अनि बुबा जान्‍नुहुन्छ, जसको सदासर्वदा प्रशंसा गरिनुपर्छ। ३२ दमिसकमा छँदा, राजा अरितसका राज्यपालले मलाई पक्रन दमिसक सहरमा पहरा दिएका थिए ३३ तर भाइहरूले मलाई टोकरीमा राखेर पर्खालको झ्यालबाट तल ओराले+ अनि म तिनको हातबाट उम्केँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने